Home News मलेसियामा चन्द्र कुमारीको मृत्यु, परिवारलाई सहयोग स्वरुप रु.१ लाख २५ हजार ७०३...

मलेसियामा चन्द्र कुमारीको मृत्यु, परिवारलाई सहयोग स्वरुप रु.१ लाख २५ हजार ७०३ रुपैयाँ सहयोग।

356
0





वैदेशिक रोजगारीको क्रममा बिगत ७ बर्षदेखि मलेसियामा काम गर्दै आएकि नेपाल ठेगाना म्याग्दी धौलागिरी गाउँपालिका. ५ कि चन्द्र कुमारी छन्त्यालको मलेसियामा अल्पआयुमै मृत्यु भएको छ। मलेसियाको जोहोर राज्यमा पर्ने तेब्राउ भन्ने ठाउँमा अवस्थित (OSI optoelectronics) ओएसआई ओपटोइलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दै आएकि चन्द्र कुमारी अच्चानक सिकिस्त बिरामी परेकि थिइन्।

स्थानीय अस्पतालमा उपचाररत चन्द्र कुमारीको उपचारकै क्रममा गत सेक्टेमबर २१ तारिखका दिननै दिउसो ३:५० बजेको समयमा मृत्यु भएको अस्पतालको डाक्टरलाई उद्धत गर्दै सोही कम्पनीमा कार्यरत नेपाली कामदार चक्र मल्लले जानकारी गराउनुभयो। मलेसिया स्थित नेपाली दूतावास र रोजगारदाता कम्पनी लगायतको सहयोगमा मृतक छन्त्यालको पार्थिव शव अन्तिम दाहसंस्कारको लागी गत शुक्रवार ०४/१२/२०२० का दिन बिहानको ०६:०० बजे मलेसियाबाट नेपाल सम्मको लागी भएको नेपाल एयरलाइन्सको उडान,फ्लाइटबाट नेपाल पठाई सकिएको र परिवारको जिम्मा लगाई सकिएको बताइएको छ।

त्यसैगरी सोही कम्पनीमा कार्यरत नेपाली कामदारहरु मिलेर मृतक चन्द्र कुमारीको घरमा केही सहयोग पुगोस् भन्ने हेतुले मनकारी,सहयोगी ब्यक्तिहरुबाट आर्थिक सहयोग रकम संकलन गरि प्रदान गरेको छ। चक्र मल्लको अगुवाईमा संकलन गरिएको मलेसियन आरएम ४ हजार ४४६ रिंगेट , नेपाली रु.१ लाख २५ हजार ७०३ रुपैयाँ आर्थिक सहयोग रकम मृतकको आफन्त झगमाया छन्त्यालको नाममा बैंक मार्फत पठाई सहयोग गरिसकेको बताएको छ। Malaysiakhabar बाट साभार गरिएको हो

अर्को समचार पनि पढ्नुहोस्

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सेटिङमा नेपाली कामदारलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको भन्ने गुनासो आएको भन्दै छानबिन शुरु गरेपछि विमानस्थलले सोमबार बिहान २ बजे ८४ जना नेपालीलाई फिर्ता पठाएको छ ।

फ्लाई दुबई र नेपाल एयरलाइन्सबाट भिजिट भिसामा त्यता जान लागेका ती नेपालीलाई फिर्ता गरेपछि नाराबाजीसमेत भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मानवतस्करहरुले विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर खाडी मुलुक पठाउने गर्दा हजारौं नेपाली अलपत्र परेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेका थिए।

त्यही गुनासोका आधारमा गृह मन्त्रालयले विमानस्थलमा भएको गडबढीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो। त्यसपछि नै विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपाली कामदारलाई एकैपटक फर्काइदिएको हो । विमानस्थलमा रहेका मानवतस्करले भिजिट भिसामा त्यता जान लागेका नेपालीलाई नै उचालेर नाराबाजी गर्न लगाएका थिए । नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई फिर्ता पठाएको थियो ।

यसअघि सेटिङ गर्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारीको मिलेमतोमा नेपालीहरु कमका लागि भिजिट भिसामार्फत खाडी मुलुक जाने गरेका थिए । अहिले विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण अवैधरुपमा बसेका विदेशी कामदारलाई धमाधम सम्बन्धित देश फर्काउन थालेपछि नेपाली दूतावासहरुले अवैधरुपमा खाडी मुलुक प्रवेश गर्ने नेपालीलाई रोक्न सरकारलाई आग्रह गरेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले भने कामको खोजीका लागि भिजिट भिसामा नेपालीको ठूलो संख्या दुबई र कतार जाँदै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई फिर्ता पठाएको दाबी गरेको छ । विभिन्न म्यानपावर कम्पनीबाट सेटिङमा जान लागेका ती नेपाली कामदारलाई अध्यागमन कार्यालयले फिर्ता गरेपछि उनीहरु अहिले शक्ति केन्द्र धाउन थालेका छन् ।नेपाल समाचार पत्रमा खबर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here