Home News खुशीको खबर, भर्खरै यस्तो घोषणा, सगरमाथाको उचाइ बढ्यो, कति पुग्यो त नयाँ...

खुशीको खबर, भर्खरै यस्तो घोषणा, सगरमाथाको उचाइ बढ्यो, कति पुग्यो त नयाँ उचाइ Mount everest

105
0

खुशीको खबर, भर्खरै यस्तो घोषणा, सगरमाथाको उचाइ बढ्यो, कति पुग्यो त नयाँ उचाइ Mount everest.




याे समचार पनि पढ्नुहोस् र सेयर गराै

नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुमसहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ ।जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ । बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्ने जनाइएको छ ।

ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न र उनीहरु सँधै बिएमडब्ल्यूको केन्द्रमा रहने बताइएको छ । बिएमडब्ल्यूले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेको छ ।हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, भन्दै लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने ‘हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अस्मरणिय क्षणको अनुभव दिलाउन चाहन्छौं ।’उनले ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउने जनाए ।

विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने र अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने बताइएको छ । यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूती गर्न सक्नेछन् ।ग्राहकलाई अहिलेको विषम परिस्थितिमा “कनट्याक्ट लेस” टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने सञ्चालक टोलीले बताएको छ । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने छ । ग्राहकले टेष्ट ड्राइभमा छनोट गरेको वा खरिद गरेको कार पूर्णत सेनिटाइज गरिएको हुने छ ।

उक्त कारलाई ग्राहकले छनोट गरेको स्थानमा उपलब्ध गराउनेछ । ग्राहकको कुनै पनि जिज्ञासालाई बिएमडब्ल्यूका टोलीले उपस्थित भएरै वा भर्चुयल माध्यमबाट समाधान गर्ने बताएको छ।बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहो¥याउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here