Home News हेर्नुस सिमा बार्ता कसरी हुदैछ , नेपालको क’डा प्रस्तुति, कालापानीबाट हट्न किन...

हेर्नुस सिमा बार्ता कसरी हुदैछ , नेपालको क’डा प्रस्तुति, कालापानीबाट हट्न किन ढिलाई इण्डियाका कुतर्कहरु

327
0

हेर्नुस सिमा बार्ता कसरी हुदैछ , नेपालको क’डा प्रस्तुति, कालापानीबाट हट्न किन ढिलाई इण्डियाका कुतर्कहरु



याे पनि पढ्नुहोस्

राजनीति भनेकै समाजलाई विकल्प दिनका लागि हो । राणा शासनलाई बिदा गरेर देशमा प्रजातन्त्र स्थापना गर्ने विकल्प लिएर आएको नेपाली कांग्रेसदेखि अहिले औपचारिक रूपमै आफूलाई ‘वैकल्पिक’ शक्ति भन्नेहरू सबै राजनीतिमा विकल्प दिन भनेर आएका हुन् ।

राजा महेन्द्र त्यही भन्दै आए, माले–एमाले त्यही भन्दै आएका थिए र माओवादी त त्यति बेलासम्म भएका सबैको अन्तिम विकल्प भनेर उदाएको र अस्ताएको धेरै भएकै छैन । माओवादी आन्दोलनकै नेताहरूले अझ अर्को नयाँ विकल्प भनेर आउनेसमेत कोसिस गरे । यो सबैले नपुगेर, तीन वर्षपहिले त अब लामो समयसम्मका लागि अर्को विकल्पको जरुरत नै छैन भनी एमाले र माओवादीले ‘नेकपा’ नामको अहिलेको राष्ट्रिय तमासाको सिर्जना गरे ।

आफूलाई एक मात्र राजनीतिक विकल्प भनेर दाबी गर्ने समूहहरूको संख्या सायद त्यस्तै देशमा बढी हुन्छ, जुन देशमा यथार्थमा एउटा पनि गतिलो विकल्प हुँदैन । अहिलेको नेपाल यस्तै राजनीतिक परिदृश्यको एउटा विडम्बनापूर्ण उदाहरण बनेको छ । त्यस्तो कसरी भन्नेबारे अब केही सन्दर्भसहित चर्चा गरौं ।

काठमाडांैसहित बाहिरका मुख्य सहरहरूमा हालैका दिनमा देखिँदै आएका राजावादीहरूको दक्षिणपन्थी प्रदर्शनले यो प्रश्नलाई पुन: सतहमा ल्याएको छ । एक त ती व्यक्तिहरू कसरी, कोबाट परिचालित भएका हुन् भन्ने प्रश्न छँदै छ । जब प्रदर्शनमा मान्छे आएको कुरा यथार्थ हो, के कुराले उनीहरूलाई त्यहाँ ल्याएको छ त भन्ने प्रश्न गहन हुन जान्छ । किनकि स्थायित्व र समृद्धिको वाचासहित चुनाव जितेको नेकपा आफ्नै (अपेक्षित) अन्तरविरोधका कारण आफैंबाट आन्तरिक रूपमा पराजित भइसकेको छ । कांग्रेसको हालको नेतृत्वले आफूलाई विकल्प दिने क्षमता बाँकी भएको प्रतिपक्षी भनेर आफैंले मानेको छैन, मनोवैज्ञानिक रूपमा । जुन समूहहरूले आफूलाई अबको विकल्प भनेर नयाँ राजनीतिक दलका रूपमा स्थापित हुने प्रयास गरेका छन्, जनताले किन तिनै पुराना असफल दलहरूलाई भोट दिन्छन् भनेर ती भित्रभित्र ‘अबुझ’ जनतालाई गाली गरेर बसेका छन् ।

नेपालको कुशासन, शासकीय अकर्मण्यता र दलीय यथास्थितिवादलाई चिर्न के हुनुपर्छ र के गरिनुपर्छ भनेर विगतका धेरै वर्षमा धेरै चर्चा गरिएका छन् । तसर्थ समस्या के हो भन्ने थाहा नभएको होइन । त्यसलाई कसरी सम्बोधन गरिनुपर्छ वा गर्न सकिन्छ भन्नेमा पनि नेपालका आफ्नै र बाँकी विश्वका प्रामाणिक अनुभव छन् । खास समस्या नै के भयो भने, समस्या के हो भन्ने थाहा छ तर त्यसलाई कसरी, कसले सम्बोधन गर्ने भन्नेमा नेपालको राजनीतिक समाज अहिले विकल्प दिन नसकेको स्थितिमा छ ।

यो विडम्बना बुझ्नका लागि महिनौंदेखि सधैं फुटको चर्चामा रहेको नेकपाका बारेमा केही शब्द अर्पित गरौं । यदि यो पार्टी तत्कालका लागि फुटबाट जोगिएछ भने त्यो जोगाउनमा राष्ट्रपति कार्यालयदेखि उत्तरी शुभेच्छुक शक्ति केवल सहायक कारण हुन् । मूल कारण नेकपाकै नेता–कार्यकर्ताहरूले सराप्ने दलाल पुँजीवाद हो । नेकपा एक हुँदा राज्यशक्ति र साधनका स्रोतमा यसरी पहुँच र कब्जा गर्न पाएका छन्, दुवैतिरका शीर्ष, उप–शीर्ष र अरू सबै नेताहरूले कि, त्यो सबै गुम्ने डरले जति अकर्मण्यता थपिए पनि यथास्थितिलाई लम्ब्याउनुमै उनीहरूमध्ये धेरैको भलाइ छ । नेपालको वामपन्थी आन्दोलन जोगाउन न यो एकता त्यति बेला भएको थियो, न अहिले कायम राख्ने प्रयास त्यसका लागि हो । कुनै चीज आस्थाको स्तरमा सजाएपछि त्यहाँ प्रश्न गरिन्न ।

हो, त्यस्तो प्रश्न गर्ने क्षमता नै गुमाएका कार्यकर्ताले पत्याउने एउटा कुरा, तर पार्टी एकताको यथार्थ त्यही नै हो । अब, नेकपा जति नै अकर्मण्य र कुशासनको परिचय भए पनि यसलाई कसले, कसरी सुधार्ने ? अहिलेको स्थितिमा नेकपा नेपालको भरपर्दो र राम्रो राजनीतिक विकल्प बन्न सकेन भनेर त त्यहीँभित्रकै आस्तिकहरूले समेत भन्न थाले । तर पार्टी फुटे पनि, नफुटे पनि, गरिनुपर्ने मूल विषयको सम्बोधन नहुने पक्का छ । त्यो हो— किन हाम्रा अहिलेका दलहरूले जनताका साधारण अपेक्षासम्म पूरा गर्न सक्दैनन् ? किन उल्टो उनीहरू थप भ्रष्टाचार र बेथितिका नाइके बन्छन् ? किन औसत जनताले दिनदिनै औंल्याउने बेथितिका सत्य उनीहरूका लागि असत्य लाग्छन् ? sourc: ekantipur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here