Home News भक्तपुरमा मध्यरात कार टु’क्रा हुँदा बि’तेकी महिला अर्कै ड्राईभरकी पत्नी रहिछन्,ईञ्जिनियरले लगेका...

भक्तपुरमा मध्यरात कार टु’क्रा हुँदा बि’तेकी महिला अर्कै ड्राईभरकी पत्नी रहिछन्,ईञ्जिनियरले लगेका थिए (भिडियो हेर्नुहोस्)

531
0

भक्तपुरमा मध्यरात कार टु’क्रा हुँदा बि’तेकी महिला अर्कै ड्राईभरकी पत्नी रहिछन्,ईञ्जिनियरले लगेका थिए




याे समचार पनि पढ्नुहोस् र सेयर गराै

आज दिउँसाे १ः४५ मा सर्वाेच्च शिखर सगरमाथाको नयाँ नाप सार्वजनिक हुँदै छ । नेपाल र चीन सरकारले संयुक्त रूपमा सार्वजनिक गर्न लागेको नयाँ नाप नै अब सगरमाथाको उचाइ हुनेछ । यतिबेला दुई शक्तिराष्ट्र चीन र अमेरिकाले अन्तर्राष्ट्रिय मञ्चमा सगरमाथाको नापमाथि गरेको राजनीति पनि स्मरणीय हुन्छ ।

सगरमाथाको उचाइको विषयमा शक्तिराष्ट्रको चासो मात्र होइन, प्रशस्त राजनीति भएका छन् । दुई दशकअघि दुई शक्तिराष्ट्रबीच सगरमाथाको उचाइको आधिकारिताका लागि अन्तर्राष्ट्रिय मञ्चमा भएको जुहारीले राजनीतिक दाउपेच प्रष्ट पार्थ्याे । घटना सन् १९९९ देखि २००५ बीचको हो । सगरमाथाको उचाइ चीन र अमेरिकाले आ-आफ्ना नाप विश्व पर्वतारोहण महासंघमा प्रस्तुत गरेका थिए । आफ्नो नापलाई आधिकारिकता प्रदान गर्न महासंघमाथि दबाब बढाएका थिए ।

सन् १९९९ मा अमेरिकाले सगरमाथाको उचाइ बढेर ८ हजार ८ सय ५० मिटर भएको सार्वजनिक गरेको थियो । अनि चीनले सन् २००४ मा ८ हजार ८ सय ४४ मिटर नाप निकालेको थियो ।

आ-आफ्नो नापलाई आधिकारिकता दिन चीन र अमेरिकाले महासंघमा दबाब दिएका थिए तर नेपाल दुवै नापमा मौन थियो । सन् १९९९ को अमेरिका नापमा नेपालबाट नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ पनि सहभागी थिए तर नाप सार्वजनिक गर्ने बेला श्रेष्ठले पत्तै पाएनन् ।

अमेरिकी नापको टोलीमा श्रेष्ठको संलग्नता भए पनि नेपालको संलग्नता र अनुमति थिएन । चीनले पनि नेपालसँग समन्वय नगरी नाप निकालेको थियो । त्यो नापलाई चीनले आफ्नो भूमिबाट सगरमाथा आरोहण गर्नेलाई त्यही उचाइका प्रमाणपत्र दिन थाल्यो । यो क्रम सन् २००७ देखि २०१५ सम्म चल्याे ।

तर, सगरमाथाको नापमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालबिना नै छलफल भइरहेका थिए । जानकारहरूका अनुसार चीनले त्यतिबेला सगरमाथाको उचाइ नाप्नु र त्यसरी आएको उचाइ कायम गर्न महासंघसम्म पुग्नुको भित्री रहस्यचाहिँ अमेरिकी प्रस्ताव फेल गराउनुसँग जोडिएको थियो ।

सन् १९९१ देखि १९९९ सम्म ८ वर्ष लगाएर अमेरिकाको नेसनल जिओग्राफी अफ सोसाइटीका तर्फबाट डा. वासवर्नले सन् २००१ मा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर सार्वजनिक गरेका थिए। र, त्यो उचाइ कायम गराउन सन् २००५ मा अमेरिकी टोलीले महासंघमा प्रस्ताव पुर्‍याइसकेको थियो ।

सगरमाथाको उचाइ नाप्दा अमेरिकी टोलीले हिउँको मात्रासमेत नापेको थियो । तर, चीनले त्यतिबेला हिउँको मात्रा नापेन । त्यसकारण नाप ४ मिटर कम देखियो ।

विश्व महाशक्तिबीच उचाइमाथिको राजनीति झन्डै पाँच वर्षसम्म चल्यो । दुई महाशक्तिको चेपुवामा पर्‍यो महासंघ । महासंघका मानार्थ सदस्य तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा भन्छन्, ‘सगरमाथाको उचाइ शक्तिराष्ट्रको राजनीतिको चेपुवामा परेको छ । चीन र अमेरिकाबीचको यो राजनीतिमा महासंघलाई त्यतिबेला निर्णय गर्न आपत परेको थियो ।’

महासंघले सन् २०१० मा दुवै देशको उचाइ दाबीलाई मान्यता दिएन । बरु मध्यमार्गी भएर ‘जुन देशले जे कायम गर्छन्, त्यसैलाई मान्ने’ निर्णय गरिदियो । अर्थात्, अमेरिका, चीन वा नेपालले जुनजुन उचाइ दाबी गर्छन्, महासंघ त्यसमा नमुछिने बरु ती सबै प्रमाणपत्र स्वीकार्ने मनस्थितिमा पुग्यो । महासंघले निर्णय दिएको ५ वर्षसम्म चीनले उत्तरी मोहडाबाट आरोहण दलका सदस्यलाई ८ हजार ८ सय ४४ मिटरको प्रमाणपत्र दियो । र, यो बीचमा चीनले नेपाललाई त्यही उचाइ स्वीकार्न कूटनीतिक तथा राजनीतिक तहबाट दबाब दियो ।

त्यतिबेला उत्तरी मोहडाबाट चढेकाको प्रमाणपत्रलाई अन्तर्राष्ट्रिय समुदायले सगरमाथा आरोहीलाई मान्यता पनि दिएनन् । महासंघको निर्णय आफ्नो पक्षमा नआएपछि दबाबमा परेको चीन आफूले वितरण गर्ने प्रमाणपत्रलाई पनि अन्तर्राष्ट्रिय समुदायले आंशका गर्न थालेपछि सन् २०१६ मा चीन पुरानै नापमा फर्कियो ।

सन् १९५४ मा सर्भे अफ इन्डियाको टोलीले ८ हजार ८ सय ४८ मिटर उचाइ नापेको थियो । त्यही नाप अहिलेसम्म अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । चीनले त्यो उचाइलाई स्वीकार गरेको छैन । सन् १९७५ मा चाइनिज सर्भे टिमले सगरमाथाको उचाइ १३ सेन्टिमिटर बढी रहेको निष्कर्ष निकाल्यो । त्यसयता चीनले त्यसैलाई मान्दै आएको छ ।
शक्तिराष्ट्रहरू हिमालमाथिको राजनीति कसरी गर्छन ? भन्नलाई विगतमा नेपालका हिमालको आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो भने सगरमाथा आरोहणमा बेलायतको । हिमाल आरोहणको सफलता उनीहरूको औपनिवेशिक मानसिकतासँग जोडिएको हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here