Home News टीका सानुले म आफै चलेकि कलाकार हुँ भनेपछि पर्‍यो ल’फाडा : ...

टीका सानुले म आफै चलेकि कलाकार हुँ भनेपछि पर्‍यो ल’फाडा : Tika Sanu Krishna Kandel indreni

479
0

टीका सानुले म आफै चलेकि कलाकार हुँ भनेपछि पर्‍यो लफाडा : Tika Sanu Krishna Kandel indreni



याे समचार पनि पढ्नुहोस्

नेकपा वाग्मती प्रदेश संसदीय दलभित्रको अन्तरद्वन्द्व लामो समयदेखि जारी छ । प्रदेश सरकार गठनदेखि नै विवादमा रहेको नेकपा संसदीय दलभित्रको विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै पुन: बढेको हो । तत्कालीन एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय नेता अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै डोरमणि पौडेल चयन भएसँगै वाग्मती प्रदेशमा सुरु भएको नेकपाभित्रको विवाद आन्तरिकरुपमा बहुमत र अल्पमतसम्म पुगिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको नेतृत्व गरेको साढे २ वर्ष बितिसक्दा पनि पार्टीको आन्तरिक विवादलाई सुल्झाउन सकेका छैनन् ।

मुख्यमन्त्री पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको दबाबमा प्रदेशसभाको अधिकारलाई पटक/पटक विभिन्न बहानामा दबाउने काम गरेको भन्दै नेकपा सांसदहरु रुष्ट छन् । माधवकुमार नेपाल निकटका सांसदहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापित र पशुपति चौलागाईंलगायत सांसदहरुले पटकपटक मुख्यमन्त्री एकलौटी ढंगबाट अगाडि बढेको आरोप लगाउँदै पौडेलको राजीनामा माग्दै आएका छन् ।

कोरोना भाइरसको त्रासलाई देखाउँदै प्रदेश सरकार प्रदेशसभाको बैठक बोलाउन पन्छिइरहेको छ । अहिले प्रदेशसभामा कुनै पनि विधेयक दर्ता भएको छैन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी विनोद आमात्यका अनुसार सदनमा अहिले एउटा मात्रै विधेयक पास हुन बाँकी रहेको छ, त्यो पनि दफावार छलफलका लागि समितिको बर्षे अधिवेशनमै पठाइएको हो । ‘उक्त विधेयक पनि समितिमा छलफल टुंगिसकेको छ,’ उनले भने । हिउँदे अधिवेशन गर्नका लागि सभामुख सानुकुमार श्रेष्ठले पटक/पटक मुख्यमन्त्री, मन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरे पनि अझै बैठकको मिति तय भएको छैन ।

‘मन्त्रिपरिषद्को बैठकबाट विभिन्न कानुन निर्माणका लागि सैद्धान्तिक सहमति प्राप्त भइरहेको छ । सोही अनुसार मन्त्रालयले कानुनको ड्राफ्ट तयार गरिरहेको छ,’ वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले अन्य प्रदेशको तुलनामा वाग्मती प्रदेशमा धेरै कानुन निर्माण भएको दाबी गरे । ‘एकल अधिकार सूचीका कानुन हामीले धमाधम बनाइरहेका छौं । साझा अधिकार सूचीका कानुन निर्माणका लागि संघीय सरकारको कानुन पनि कुर्नुपर्ने हुन्छ,’ मन्त्री जम्मकट्टेलले भने । अहिले संघीय सदन समेत अवरुद्ध रहेको छ ।

नेकपा वाग्मती प्रदेशका संसदीय दलका मुख्य सचेतक केशव पाण्डे भने प्रदेशसभाको अहिले खासै काम नभएको संसद् बैठक बस्ने प्रक्रियामै रहेको बताए । ‘प्रदेशसभाको अधिवेशन सरकारले ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ, माघ १७ गते ६ महिनामा पुग्छ हामी नियममा नै छौं,’ उनले भने, ‘नेकपाको किचलोको कारण बैठक राख्न ढिलो गरिएको होइन । बिजनेस नभएकाले हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here