Home News सपनालाई बुटवलमा भब्य संमान गर्दा थाम्न सकिनन आशु,प्रहरीको इस्कटिङदेखि मन्त्रीनै ओलिए सडकमा_sapana

सपनालाई बुटवलमा भब्य संमान गर्दा थाम्न सकिनन आशु,प्रहरीको इस्कटिङदेखि मन्त्रीनै ओलिए सडकमा_sapana

210
0

सपनालाई बुटवलमा भब्य संमान गर्दा थाम्न सकिनन आशु,प्रहरीको इस्कटिङदेखि मन्त्रीनै ओलिए सडकमा sapana




याे समचार पनि पढ्नुहोस् र सेयर गराै

मंसिर १५ गतेको बैठकले पुस १० गते सकिन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यअवधि एक वर्ष थप गर्ने निर्णय पनि गरेको छ । सान्जेन जलविुत आयोजनाका लागि रसुवा जिल्लामा निर्माण हुने प्रशारण लाइनको राइट आफ वे को दायाँबायाँ ९/९ मिटर पर्ने निजी जग्गा लगायतका अन्य संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अध्यक्ष र विद्युत विकास विभागका सीडीई चिरन्जीवी झालाई सदस्य तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

त्यस्तै, सवारीचालक अनुमतिपत्रको नवीकरण एवं संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरूको जाँचपास र रुट इजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्तभित्र परेमा ढिलो भएबापत नवीकरण म्याद नाघेवापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा गर्ने निर्णय भएको छ ।

साथै, बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार–सकार (जीटूजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ ।

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक खण्डको नौबिसे–मुग्लिन खण्डका खहरे खोला, चिरौंदी खोला, गोमती खोला र हुग्दी खोला गरी जम्मा ४ वटा पुल निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले लिएको छ ।

मंसिर २३ गतेको मन्त्रिपरिषदको बैठकले प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति, २०७७–२०८८ स्वीकृत गरेको छ । नेपाल लेखापरीक्षण सेवा नियमहरू, २०७७ पनि स्वीकृत भएको छ । यस्तै निजामती सेवा नियमावली, २०५० को अनुसूचीमा हेरफेर तथा थपघट गर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको मन्त्री गुरुङले जानकारी दिए ।

मंसिर २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट सबै जिल्ला हुलाक कार्यालय मार्फत प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि आवेदन, नवीकरण तथा अनलाइन नवीकरणसम्बन्धी सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरेको मन्त्री गुरुङले बताए । यससँगै देशका जुनसुकै ठाउँबाट हुलाक मार्फत प्रेस प्रतिनिधि प्रमाणपत्र लिन र नवीकरण गर्न सकिने भएको छ ।

यस्तै, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको औपचारिक जानकारी दिइएको छ । विदेशी सरकारबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा प्राप्त गरिरहकालाई सामाजिक सुरक्षाको लाभ उपलब्ध गराउने व्यवस्था समावेश गरी अध्यादेश ल्याइएको हो । यसबाट करिब ५० हजार लाभग्राहीहरूलाई १ अर्ब ८० करोड रुपैयाँ भत्ता वितरण हुने पनि मन्त्री गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here