Home News गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह , पुरा पढ्नुहोस्। बधाई र आफ्नो प्रतिक्रिया...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह , पुरा पढ्नुहोस्। बधाई र आफ्नो प्रतिक्रिया दिनुहोला

232
0

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदैछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।




तर गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुँदैछ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ बीच विवाह हुन लागेको हो ।

उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम रहेको छ । सो विवाहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम छ । मुख्यमन्त्री गुरुङलाई बुधबार भेटेर गाउँपालिका अध्यक्ष कर्णबहादुर र उपाध्यक्ष शर्मिलाले निम्ता गरेका छन् ।

आफूहरुबीच शुक्रबार विवाहको टुंगो भएको अध्यक्ष कर्णबहादुरले नागरिकखबरलाई बताए । ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो’ उनले भने, ‘परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’ कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए ।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । अध्यक्ष कर्णबहादुरले भने राजनीति र सामाजिक सेवाका कामले विवाह गर्न नभ्याएको प्रतिक्रिया दिँदै आएका थिए ।

याे समचार पनि पढ्नुहोस् र सेयर गराै

अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा बढी राज्यका अभियोजनकर्ताहरूले फेसबुकबिरुद्ध मुद्धा दायर गरेका छन । उनीहरुले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको भन्दै मुद्दा दर्ता गरेका हुन । यो मुद्धा फेसबुकविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी कदम मध्येको एक हो।

अधिकारीहरूले अदालतलाई उक्त कम्पनीलाई टुक्र्याउने बिषयमा सोच्न आग्रह गरेका छन्। ४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन्।

अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई किन्ने वा सिध्याउने शैली लिएको आरोप लगाएका छन्।अधिकारीहरूले फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किन्ने काम प्रतिस्पर्धा किन्ने काम भएको बताएका छन्।

तर फेसबुकले ती कम्पनी त्यसबेला निकै साना रहेको बताएको छ। फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको जनाएको छ। अधिकारीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेको बिबिसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here