Home News भर्ख’रै हेर्नुहोस्, सबै चकित् पार्ने गरि प्रधानमन्त्री गरे यस्तो घोषणा PM Kp...

भर्ख’रै हेर्नुहोस्, सबै चकित् पार्ने गरि प्रधानमन्त्री गरे यस्तो घोषणा PM Kp Sharma Oli (जानकारीका लागि सेयर गराै)

414
0

भर्ख’रै हेर्नुहोस्, सबै चकित् पार्ने गरि प्रधानमन्त्री गरे यस्तो घोषणा PM Kp Sharma Oli



याे समचार पनि पढ्नुहोस् र सेयर गराै

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा नेपाल सरकारको निशान छाप (लोगो) र शिक्षा मन्त्रालयको नाम राख्नेलाई कारबाही नगरेर प्रतिवेदन छाप्ने दुइटा संस्थालाई कारवाही प्रक्रिया अगाडि बढाएकोमा आयोगका केही सदस्यहरूले असन्तुष्टि जनाएका छन्।

तत्कालीन आयोगको सचिवालयले नै लोगो र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नाम प्रतिवेदनको पहिलो पृष्ठमा राखेको आयोग सदस्यहरूको भनाइ छ। आयोगका सदस्य श्यामकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउनुअघि आयोग सचिवालयले निशान छाप र मन्त्रालयको नाम राखेको बताए।

आयोगले २०७५ माघ १ गते प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको थिएन। सरकारले ‘लुकाएको’ प्रतिवेदन आयोगका बहुमत सदस्य (१३ जनाले) दरबार हाइस्कुलमा गत शुक्रबार सार्वजनिक गरेका थिए। सरकारले सार्वजनिक नगरेको प्रतिवेदन बाहिर ल्याएको भन्दै मंसिर २१ गते शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर प्रतिवेदन छाप्ने संस्थाहरूलाई कारबाही गरिएको बताएको थियो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालमाथि प्रतिवेदन छपाइ गर्दा निशान छाप र शिक्षा मन्त्रालयको नाम अनधिकृत रूपमा प्रयोग गरेको आरोप छ। तर आयोगका सदस्यहरूले भने आफूहरूले प्रतिवेदनको पिडिएफ फाइल उपलब्ध गराएपछि छाप्ने काम मात्रै ती संस्थाले गरेकोले कारबाही गर्न नहुने मत राखेका छन्।

‘प्रतिवेदन छापेका संस्थालाई मन्त्रालयले दुश्मनीपूर्ण व्यवहार गरेको छ। हामीले दिएको पिडिएफ फाइल उनीहरूले छाप्ने काम मात्रै गरेका हुन्,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘कारबाही गर्ने भए आयोगका सदस्य हामीलाई गर्नुस् भनेका छौं। प्रतिवेदन हामीले बाहिर ल्याएका हौं, हामी नै जिम्मेवार छौं।’ सरकारले लुकाएको प्रतिवेदनबाहिर ल्याउने आयोगका सदस्यलाई भने मन्त्रालयले केही पनि नभनेको उनले बताए।

‘प्रतिवेदनको पहिलो पृष्ठमा निशान छाप र मन्त्रालयको नाम प्रयोग गरेको भनेर कारबाही गर्न लागिएको रहेछ। निशान छाप र नाम संस्थाले नभई आयोग सचिवालयले प्रधानमन्त्रीलाई बुझाउनुअघि राखेको हो। हामीले प्रतिवेदन हस्ताक्षर गर्ने बेला पहिलो पृष्ठमा लोगो र नाम थिएन।’ लोगो र मन्त्रालयको नाम राख्नु गलत हो भने त्यसबेला आयोगका सचिवालयमा रहनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने श्रेष्ठले बताएका छन्।

‘आयोग स्वतन्त्र र स्वायत्त हो। स्वायत्त आयोगको प्रतिवेदनको कभरमा मन्त्रालयको नाम कसले घुसायो?,’ उनले भने, ‘साइनो नै नभएको मन्त्रालयको नाम किन त्यसबेला राखिएको थियो। राख्ने को हो? उनीहरूलाई कारबाही गर्न छाडेर छाप्ने संस्थाप्रति पो रिसिइबी गरिएको छ, यो हद भयो।’ आयोगका सचिवालयको गलत कामले प्रतिवेदन छपाइ गरेका संस्था मारमा परेको उनले बताए।

‘हामीलाई प्रतिवेदनको पिडिएफ फाइल दिएका थिए। हामीले त्यहीँ छाप्न दियौं,’ उनले भने, ‘पिडिएफ फाइलमा लोगो राख्नेलाई कारबाही नगरेर संस्थालाई कारबाही गरी ढाकछोप गर्न खोजिएजस्तो देखिन्छ।’प्रतिवेदन छापेका संस्थालाई एकपटक स्पष्टिकरणको मौकासमेत नदिई शिक्षा मन्त्रालयले कारबाहीका लागि भन्दै गृहलाई पत्राचार गरेको उनले बताए।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार गत मंसिर १९ मा प्रतिवेदन सार्वजनिक गरेका दुइटा संस्थालाई मन्त्रालयको नाम र निशान छाप अनधिकृत रूपमा प्रयोग गरेकोले कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइएको छ शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालसँग शिक्षा क्षेत्रमा मन्त्रालय र मातहत निकायले गर्दै आएको सहकार्य मंसिर २२ देखि तोड्नेसमेत निर्णय भइसकेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here