Home News स्कुल बाट आउदा आउदै बाटो बाट ६ बर्षीय बालिका गायब बनायो पापिनिले...

स्कुल बाट आउदा आउदै बाटो बाट ६ बर्षीय बालिका गायब बनायो पापिनिले वडा अध्यक्षले खोले मुख

343
0

स्कुल बाट आउदा आउदै बाटो बाट ६ बर्षीय बालिका गायब बनायो पापिनिले वडा अध्यक्षले खोले मुख




याे समचार पनि पढ्नुहोस् र सेयर गराै

गत मंसिर १७ गते बालबालिका खोजतलास केन्द्रको उद्धार टोलीले कोटेश्वरको व्यस्त सडकछेउमा मागिरहेका ४ वर्षीय बालकको उद्धार गर्‍यो । भोलिपल्ट उनका बुबाआमा केन्द्रको कार्यालय पुगे । भारी बोकेर परिवार पालिरहेका ती अभिभावकले कोरोनाकै कारण आफूहरूले कमाउन नसकेको र खानका दुःखले छोरा सडकमा माग्न पुगेको दुखेसो पोखे । केही साताअघि केन्द्रले ठमेलको सडकमा पैसा मागिरहेका ९ वर्षीय एक बालकलाई पनि उद्धार गरेको थियो । अर्को दिन छोरा खोज्दै केन्द्रमा पुगेका उनका बुबाले कोरोना महामारीका कारण घरमा खान, लाउन धौ–धौ परेको र स्कुल नखुलेकाले छोरो माग्न पुगेको सुनाए । उनी रिक्सा चालक हुन् ।

कोटेश्वर र ठमेलका यी दुई प्रतिनिधि घटनाले राष्ट्रिय बाल दिवसका अवसरमा २९ भदौमा प्रधानमन्त्रीले घोषणा गरेको ‘सडक बालबालिका मुक्त राष्ट्र’ को परिकल्पना चुनौतीपूर्ण रहेको देखाउँछ । प्रधानमन्त्रीले पाँच महिनाअघि यही आर्थिक वर्षभित्र ‘सडक बालबालिका मुक्त राष्ट्र’ बनाउने उद्घोष गरेका थिए । नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ का अनुसार १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न भए पनि उनीहरू सबै बाल श्रमिक होइनन् । जबकि केन्द्रीय तथ्यांक विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण २०७१ मा ५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बाल श्रममा संलग्न रहेको उल्लेख छ । यही पृष्ठभूमिमा गत जेठमा जारी बजेटमा बालबालिकासम्बन्धी राष्ट्रिय रणनीति तयार गरी कार्यान्वयन गरिने र बालश्रम सदाका लागि अन्त्य गर्दै सडक बालबालिका मुक्त देश बनाइने लक्ष्य राखिएको थियो ।

राष्ट्रिय बालअधिकार परिषद्का अनुसार कात्तिकमा काठमाडौं उपत्यकाबाट १ बालिकासहित १३ जनाको उद्धार गरिएको थियो । मंसिर २५ गतेसम्म भने ३ बालिकासहित २१ जनालाई उद्धार गरिएको छ । सबै जसोलाई संरक्षण गृहमा पठाइएको छ ।

सडक बालबालिका मुक्त बनाउने भनेर प्रधानमन्त्रीले प्रतिबद्धता गरेजस्तै वाचा त्यसअघि पनि नभएका होइनन् । सरकारले २०७२ सालमै सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२ जारी गरी आर्थिक वर्ष २०७३/७४ देखि काठमाडौं उपत्यकामा बालबालिका सडकबाट मुक्त गर्ने कार्यक्रम नै लागू गरेको थियो । त्यसो त बालबालिकाको हितमा कार्यरत सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्ले २०७४ पछि ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने नारा अघि सारेको थियो । काठमाडौं महानगरपालिकाले २५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकालाई सडक मानव मुक्त बनाउने घोषणा गरेको थियो । जसमा सडक बालबालिकाहरूसमेत समेटिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here