Home News श्रीमानको आखाँ छलेर अर्कैसंग घुम्न जाँदा गयो ज्यान

श्रीमानको आखाँ छलेर अर्कैसंग घुम्न जाँदा गयो ज्यान

378
0

भक्तपुरको ठीमीको प्रहरी चौकीमा बा ८ च ४७५६ नम्बरको गाडी क्षतिग्रस्त रुपमा रहेको छ । यो गाडी कौशलटारमा केही दिन अघिमात्रै मध्यरातमा दुर्घटना भएको थियो ।




उक्त दुर्घटनामा परी एक महिलाको ज्यान गएको थियो । उक्त घटनामा ड्राईभर सहित बाँकी दुई जना घाइते भएर उनीहरुको उपचार भईरहेको खबर विभिन्न सोशल मिडियामा प्रसारण पनि भएको थियो । यसरी प्रसारण भएको कार काण्डमा भएको घटना यस्तो रहेछ ।

सोही घटनामा परी ज्यान गुमाएकी ती महिला (रिया) लाई मारिएको भन्दै मृतक महिलाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी थिईन् । यो समाचार पनि बाहीरिएपछि सोशल मिडियामा एक प्रकारको तरगं नै छाएको थियो । घटनापछि अनुसन्धान हुँदै गर्दा मृतक ती महिला ड्राईभरकी श्रीमती भएकी खल्न आएको छ ।

घटनाको दिन मृतक महिला र उनलाई घुमाउन लगेको व्यक्ति इन्जिनियर रहेको पनि खुल्न आएको छ । याहाँनिर प्रश्न उठेको छ मृतक महिला अर्कैकी श्रीमती हुँदाहुँदै पनि अखिर के नाता र सम्बन्धका कारण इन्जिनियरसंग घुम्नकालागी उनी गईन् त भन्ने । यो घटनाको विषयमा मृतक महिलाका घरपरिवारहरुको भनाई यस्तो छ ।

भिडियो:

चीनले मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ माइलस्टोन भएको प्रतिक्रिया दिएको छ । उचाइ घोषणा भएको एक दिनपछि चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजानले संसार नै कोरोना भाइरसले अति प्रभावित भइरहेको समयमा सगरमाथाको नयाँ उचाइको समाचारले नयाँ आशाको संचार गरेको समेत बताए । उनले भने,‘नेपाली पक्षले उल्लेख गरेझै हाम्रो मित्रवत सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुनेछ । ’ उनले अनेकौं प्रतिकुलताका बाबजुद पनि दुवै पक्षले विगत एक वर्षमा गरेको कठिन कामको प्रतिफलको रुपमा नयाँ उचाई घोषणा भएको समेत बताए ।

उनले अगाडि भने,‘ चिनियाँ पक्ष इकोलोजी र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका लागि नेपालसँग सहकार्य गर्न तयार छ । यो अमूल्य सम्पत्ति र दुवै देशका जनताले शेयर गरेको होमल्याण्डको रक्षाका लागि सहकार्य गर्न तयार छौ ।’ प्रवक्ता लिजानले सगरमाथाको नयाँ उचाइ मानवीयताको नयाँ उचाइ भएको समेत टिप्‍पणी गरे । उनले अगाडि भने, ‘कोभिड–१९ ले अझै पनि भयावह अवस्था सिर्जना गरिरहेको छ । मुलुकहरुले नेपाल र चीनको जस्तै राम्रो विश्वासका साथ सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्नेछौं ।

यस्तै सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ । र चीनले मापन गरेको नयाँ एक कार्यक्रमकाबीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् ।मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि मंगलबार उचाई घोषणा भएको हो ।

दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङ गएकाे वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here