Home News नारायणकाजीको टेपपछि सबिता माताको ड *रलाग्दो भबि**ष्यबाणी,विप्लप समूहबारे स नस**नीपूर्ण खु *लाशा...

नारायणकाजीको टेपपछि सबिता माताको ड *रलाग्दो भबि**ष्यबाणी,विप्लप समूहबारे स नस**नीपूर्ण खु *लाशा Sabita mata

872
0

नारायणकाजीको टेपपछि सबिता माताको ड *रलाग्दो भबि**ष्यबाणी,विप्लप समूहबारे स नस**नीपूर्ण खु *लाशा Sabita mata




याे समचार पनि पढ्नुहोस्

मध्यइटालीको मध्यकालीन सहर गुब्बियोभन्दा केही पर चुनढुङ्गाले बनेको पहाडको गल्छी छ । यही गल्छी काटेर खनिएको नागबेली हाइवेले कुनै समय समुद्रको पिँधमा रहेको चुनढुङ्गाको पत्रे चट्टानको अग्लो तह बाहिर एक्सपोज गरिदिएको छ । सन् १९७० को दशकमा त्यही बाटो भएर हिँडेका भूगर्भशास्त्री वाल्टर अल्भारेजको नजर त्यस चट्टानको एउटा तहमा पर्‍यो । उनका अनुभवी आँखाले उक्त चट्टानको त्यस तहमा रोचक ढाँचा ख्याल गरे । पत्रेचट्टानको लामो तहमध्ये एक पत्रको रङ सेतो र ठीक माथिको अर्को तह रातो थियो । अझ छेउमा गएर हेर्दा यी दुई फरक रङका चट्टानको पत्रको बीचमा खरानी रङको अर्को तह देखियो ।

त्यस यात्राको संयोगले नै ६.६ करोड वर्षअगाडि पृथ्वीमा भएको सबैभन्दा दुर्लभ, आकस्मिक र प्रलयकारी घटनाको इतिहास उजागर भयो । चट्टानमा कोरिएको पृथ्वीको पाल्सी इतिहास पढ्न खप्पिस अल्भारेजले हाम्रो अस्तित्वको आधारमा रहेको अर्को भयंकर संयोगको घटनालाई जोडिदिएका थिए । उनले त्यस दिन र घटना उजागर गरे, जुन दिन र घटनापछि यो धरतीको जीवमण्डल सदाका लागि बदलिएको थियो ।

भूगर्भविद्हरू पत्रेचट्टानमा पाइने जीवाश्माको आधारमा पत्रहरूको सापेक्षित समयकाल विभाजन गर्छन् । यस्ता जीवाश्मालाई इन्डेक्स फोसिल भनिन्छ । कुनै निश्चित प्रजातिहरूको जीवाश्मा रहेको चट्टानको आधारमा पृथ्वीको भौगर्भिक इतिहासलाई विभिन्न युग, अवधि र कालखण्डमा विभाजन गर्छन् । गुब्बियोको पत्रेचट्टान पुरानो समुद्रको सतहमा लामो समयक्रममा थुपारेको बालुवा, माटो, चुनको लेदो जम्मा भएर बनेको थियो । कालान्तरमा त्यही सतह बढेर इटालियन प्रायद्वीप बनेको हो । त्यसैले यसमा एककोषिय सामुद्रिक जीव फोरामेनिफेराको पर्याप्त जीवाश्मा थियो । छोटकरीमा फोराम भनिने यिनीहरूको शरीर मरेपछि समुद्रको सतहमा पुग्छ र बिस्तारै पुरिन थाल्छ । पछि यो चुनढुङ्गामा मिल्न पुग्छ । कालान्तरमा यो पत्रेचट्टानको रूपमा चुनढुङ्गामा सूक्ष्म जीवाश्माको रूपमा रहन्छ । विभिन्न कालखण्डमा विभिन्न आकार र प्रजातिका फोरामहरू अस्तित्वमा रहेकाले तिनको जीवाश्माको यही आकार र प्रजातिको आधारमा जीवाश्मा भेटिएको चट्टानको समयकाल पत्ता लगाइन्छ ।

जब अल्भारेजले गुब्बियो पहाडको चट्टानमा रहेको फोरामको जीवाश्मा नियालेर अध्ययन गरे, त्यसमा अनौठो ढाँचा देखे । तल्लो तहको सेतो रंगको पत्रेचट्टानमा फोराम जीवाश्माको आकार ठूलो थियो । र, त्यसमा थुप्रै प्रजातिगत विविधता थियो । माथिल्लो रातो रङको पत्रेचट्टानमा चाहिँ फोरामेनिफेरको जीवाश्मा निकै थोरै थियो । र, त्यसमा न्यून विविधता थियो । यो दुवै पत्रको बीच/साँधमा रहेको खरानी रङको पत्रमा कुनै पनि जीवाश्मा देखिएन । अल्भारेजलाई लाग्यो– यो दुई तहको पत्रेचट्टान बन्न लाग्ने समयको यति छोटो अवधिलाई ध्यान दिने हो भने माथिल्लो तहको पत्रेचट्टान बन्नुअघि फोरामको थुप्रै प्रजाति नष्ट भएको हुनुपर्छ र यत्रो विनाशकारी घटना हुनेगरी पक्कै कुने ठूलै प्रलय आएको हुनुपर्छ ।

एक हजार किलोमिटर टाढा स्पेनको दक्षिण–पूर्वी तटमा एकदशकअघि नै डच भूगर्भशास्त्री जान स्मिटले पत्रेचट्टानमा यस्तै ढाँचा देखेका थिए । स्मिटले उतिबेला नै त्यो चट्टान भौगर्भिक इतिहासको मध्ययुग अर्थात् सरिसृपको युगको अन्त्य र स्तनधारी युगको आरम्भको साँधसिमाना हो भन्ने पत्ता लगाएका थिए । अर्थात् अल्भारेजले फेला पारेको पत्रेचट्टानको निर्माण अवधिमा फोरामको मात्रै विनाश भएको थिएन । संयोगले अल्भारेजले फेला पारेको फोरामको विनाश–अवधि भौगोलिक कालखण्डको क्रिटासियस अवधिको अन्त्य (६.५ करोड वर्ष) अर्थात् डाइनोसर पतनको समयकालसँग मिलेको थियो । अल्भारेजले फेला पारेको पत्रेचट्टानको तल्लो तह निर्माणको त्यो युगमा पृथ्वीको जल, थल र आकाशमा समेत डाइनोसरको रजगज थियो । त्यसको ठीक माथिल्लो रातो पत्र स्तनधारी जीवको युगको आरम्भ थियो । बीचमा रहेको जीवाश्मारहित खरानी रङको पत्र त्यस दिनको थियो, जुन दिन पृथ्वीमा कुनै ठूलो विनाशकारी घटना भएको थियो ।

यो साँधको पत्रेचट्टान निर्माणको समय डाइनोसर मात्रै होइन त्यसबेला अस्तित्वमा रहेका करिब तीन चौथाइ प्रजाति लोप भएका थिए । अल्भारेज, स्मिट र उनका सहयोगीसामु तेर्सिएको एउटै रहस्यमयी प्रश्न थियो– आखिर त्यो सूक्ष्म फोरामदेखि डाइनोसरसम्म नामेट पार्ने त्यस्तो कुन घटना पृथ्वीमा भएको थियो ?

दुई फरक पत्रेचट्टानको बीचमा साँधमा रहेको खैरो पत्रको रासायनिक विश्लेषण गर्दा यसमा इरिडियमको ठूलो मात्रा देखियो । यो तत्त्व पृथ्वीमा निकै दुर्लभ हुन्छ । तर, केही छुद्रग्रह र पुच्छ्रेताराहरूमा इरिडियम पर्याप्त पाइन्छ । उनीहरूका आँखा अन्तरिक्षतर्फ सोझियो । त्यस साँधमा फेलापरेको इरिडियमको अध्ययनपछि उनको समूह एउटा निष्कर्षमा पुग्यो– त्यस विनाशका लागि ६.६ करोड वर्षअघि पृथ्वीमा छुद्र ग्रह ठोक्किएको हुनुपर्छ । कोपेनहेगेन, डेनमार्क र न्युजिल्यान्डमा एक्सपोज भएका त्यस कालखण्डका साँधमा रहेका पत्रेचट्टानमा समेत इरिडियमको अनुपात विश्लेषण गरियो । म्यानहटन प्रोजेक्टका नायक तथा नोबेल पुरस्कार विजेतासमेत रहेका वाल्टर अल्भारेजका पिता लुइस अल्भारेजले त्यो अनुपातमा इरिडियम छर्ने गरी आउने उल्कापिण्डको आकार हिसाब गरे । उनका अनुसार, यसको आकार कम्तीमा १० किलोमिटर चौडा हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here