Home News बाहिरियो वास्ताविकता: कमानसिंह र नारायणकाजीको अडियो-भिडियो प्रकरणले लियो नयाँ मोड ! Kaman...

बाहिरियो वास्ताविकता: कमानसिंह र नारायणकाजीको अडियो-भिडियो प्रकरणले लियो नयाँ मोड ! Kaman Singh Lama

342
0

बाहिरियो वास्ताविकता: कमानसिंह र नारायणकाजीको अडियो-भिडियो प्रकरणले लियो नयाँ मोड ! Kaman Singh Lama




याे समचार पनि पढ्नुहोस्

स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल नै थियो । अब भने सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने भएको छ ।

यसका लागि विषादी अवशेषको अधिकतम सीमा तोक्नेसम्बन्धी खाद्य पदार्थको गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
योसँगै स्याउ, केरा, करेला, भन्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा तोक्ने बाटो खुलेको छ । फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट) निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए । ‘यसअघि आयातित र स्वदेशी तरकारी तथा फलफूलका लागि विषादी मात्राको मापदण्ड थिएन । धेरै गृहकार्यपछि मन्त्रिपरिषद्मा पेस भयो । स्वीकृत पनि भयो,’ उनले भने, ‘सबै ल्याब तयारी अवस्थामा छन्, अब कार्यान्वयनमा जान्छौं ।’

मन्त्रिपरिषद्को निर्णयपछि अब आदेश राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि यसले थप आधिकारिकता पाउनेछ । अहिले करिब २८/२९ ग्रुपका विषादी प्रयोग भइरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ती विषादी तरकारी, फलफूल तथा अन्य बालीमा प्रयोग भइरहेका छन् । स्वदेशी गरी विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा पनि विषादीको मात्रा भेटिन्छ । त्यसलाई व्यवस्थित गर्न तरकारी तथा फलफूल गरी मुख्य १० वटामा मात्रा तोक्ने निर्णय गरिएको हो । ‘यसअघि फलफूल तथा तरकारीमा विषादीको सीमा तोकिएको थिएन । करिब डेढ वर्षको गृहकार्यपछि यो काम भएको छ,’ महर्जनले भने । निकासी पैठारी (नियन्त्रण) ऐनअनुसार भन्सार बिन्दुमा क्वारेन्टाइन प्रक्रिया र जीवनाशक विषादीको अवशेष परीक्षण गर्नुपर्ने व्यवस्थाअनुसार सीमा तोक्ने तयारी गरिएको थियो ।

ड्राफ्ट प्राविधिक समितिबाट स्वीकृत भएपछि स्तर निर्धारण समितिबाट स्वीकृत गरिन्छ । त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रिपरिषदबाट स्वीकृत भएपछि वैधानिक हुन्छ ।’ उनका अनुसार ‘एमआरएल’ निर्धारणबारे विश्व व्यापार संगठन (डब्लूटीओ) लाई जानकारी गराइएको थियो । एमआरएल निर्धारणबारे डब्लूटीओ आबद्ध कुनै पनि देशले टिप्पणी नउठाएपछि कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पेस गरिएको हो ।

प्रवक्ता महर्जनका अनुसार स्याउमा २७ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । केरामा ४२, करेलामा १, भन्टामा २१ र बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । काउलीमा १३, भिण्डीमा ४, आलुमा ७१ र चियामा १९ वटा अवशेषको अधिकतम सीमा तोकिएको उनले जानकारी दिए । ‘विषादीको सीमा/स्तर नहुँदा कारबाहीमा जान गाह्रो हुन्थ्यो । कति मात्रा भएपछि कारबाही गर्ने भन्नेमा अन्योल हुन्थ्यो,’ महर्जनले भने, ‘अहिले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सीमा तोकेका छौं । विषादीको मात्रा बढी देखिए खाद्य ऐनअनुसार कारबाही हुन्छ ।’ यसअनुसार ५० हजार रुपैयाँ वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने जनाइएको छ ।

विशेषगरी तरकारी र फलफूल भारत अनि चीनबाट आयात हुन्छ । तर परीक्षणका लागि पर्याप्त प्रयोगशाला नहुँदा प्रभावकारी रूपमा परीक्षण हुन सकेको छैन । यता महानिर्देशक रायले भने नाकामा १२ वटा ल्याब तयारी अवस्थामा रहेको दाबी गरे । केन्द्रको ल्याब २४ घण्टा चलाउने गृहकार्य पनि भइरहेको उनले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विषादी विश्लेषण प्रयोगशाला स्थापनाका लागि उपकरण खरिद प्रक्रिया जारी छ ।

तरकारी तथा फलफूलबाहेक आल्मोन्ड्स, बदाम, हेजलट्स, ब्राजिलनट्स, पिस्ता, दूध र स्याउको जुसको माइकोटक्सिनको अधिकतम सीमा पनि थप गरिएको छ । यसअघि ‘ढुसीको मात्रा’ को मापदण्ड नभएको महानिर्देशक रायले बताए । अहिले त्यसको पनि मापदण्ड बनेको छ । ‘नेपालको हकमा यो एकदमै नौलो हो, अब मापदण्डअनुसार नभए कारबाही हुन्छ,’ उनले भने ।

यसअघि विभागले चिउरा, पुष्टकारी, गुदपाक, तेल तथा घिउमा टोटल पोलार मटेरियल र दालमोठको गुणस्तर निर्धारण गरेको थियो । मन्त्रालयले २०७७ भदौ २९ मा राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरिसकेको छ । यी वस्तुमा अनुगमन भए पनि ढुसी, रङ मात्रै निरीक्षण गरिन्थ्यो । अब स्पेसिफिक रूपमै अनुगमन हुने विभागको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here