Home News सय रुपैयाँमा स्कुल पढेकी अस्मितालाई विश्वकै महंगो कलेजमा निशुल्क पढ्न पाउने अवसर...

सय रुपैयाँमा स्कुल पढेकी अस्मितालाई विश्वकै महंगो कलेजमा निशुल्क पढ्न पाउने अवसर (सम्मान स्वरुप सेयर गराै)

273
0

अस्मिता अधिकारीले विदेश गएर पढौँला भन्ने कहिल्यै सो’चेकी थिइनन्। उनी गरिब परिवारमा जन्मिएकी थिइन्। समता स्कुलमा पढ्थिन्। जहाँ मासिक सय रुपैयाँमा विद्या’र्थीहरु अध्ययन गर्छन्। शुल्क कम भएकै कारण गरिब घरका विद्या’र्थीको रोजाइमा समता स्कुल पर्ने गर्छ।

१५ वर्षीया अस्मिताका बुबा ट्याक्सी चालक हुन्। आमा गृहणी हुन्। उनीहरुको घर चितवन हो। उनको परिवार बौद्धमा भाडामा बस्दै आएको छ।

तिनै अस्मिताले अहिले विश्वकै महंगो’मध्ये एक स्वीट्ज’रल्यान्डको आइग्लोन कलेजको छात्रवृत्ति पाएकी छन्। अर्को महिना उनी त्यसतर्फ जाँदैछिन्।

‘एसईईपछि कुनै सरकारी कले’जमा भर्ना हुन्छु भन्ने सोचेकी थिएँ। तर जिन्दगीमा कहिले’काहीँ नसोचेको हुँदो रहेछ। स्वीट्ज’रल्यान्ड गएर पढ्न पाउने खबर सपना झैँ लागिरहेको छ,’ अस्मिताले नेपालखबरसँग भनिन्।

आइग्लो’नको वार्षिक शुल्कमात्रै एक करोड रुपैयाँमाथि छ। भारतीय अभिनेता अभिषेक बच्चन त्यही कलेजमा पढेका हुन्। १९४९ मा स्थापना भएको सो कलेजमा गैरआ’वासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोकी छोरीले समेत अध्ययन गरेकी थिइन्।

कलेजले वि’श्वका विभिन्न देशबाट गरिब वि’द्यार्थीलाई अध्ययनको मौका दिने निर्णय गरेपछि महतोको सह-कार्यमा कलेजका कार्यकारी निर्देशक रिचर्ड म्याक’डोनाल्ड अघिल्लो वर्ष नेपाल आएका थिए। त्यहीक्रममा उनले समता स्कुल भ्रमण गरे। विद्याार्थी’हरुसँग अन्तक्रिया, अन्त-र्वार्ता गरेपछि उनले अस्मितालाई छनोट गरेका हुन्।

‘उहाँले (रिचर्ड) ले विद्या’र्थीहरुसँग लिखित र मौ’खिक अन्तर्वार्ता लिनु-भएको थियो। रुचि, परिवारको अवस्था, पढाइका बारेमा सोध्नुभयो,’ अस्मिताले भनिन्, ‘मभन्दा सिनियर थुप्रै दाइदि’दी हुनुहुन्थ्यो। मेरो नाम छानिँदा निकै खुसी लाग्यो।’

अस्मिताले ३.९ जीपीए ल्याउँदै यसैवर्ष एसईई उत्तीर्ण गरेकी हुन्। कक्षा ६ देखि सम’तामा पढ्दै आएकी उनी अध्यय’नशील र मेहनती भएकै कारण छात्रवृ’त्तिमा छनोट भए’को समता स्कुलका प्राचार्य अजय अधिकारी सुशील ब’ताउँछन्।

‘पढाइमा जहि’लेपनि पहिलो, दोस्रो, तेस्रो हुने वि’द्यार्थी हो। अतिरिक्त क्रियाक:लापमा पनि उनी अब्बल छिन्,’ प्राचार्य अधिकारीले भने, ‘सय रुपैयाँको विद्याल:यबाट विश्वकै महँगो स्कु’लमा अध्ययन गर्न पाउनु उनका लागि ठूलो अवसर हो।’

अध्ययन’सँगै उक्त कलेजले अस्मि’ताको सबै खर्च बेहोर्नेछ। आफू छात्रवृ’त्तिमा पढ्न जाने खबरले बुबाआमा निकै खु’सी भएको अस्मिताले बताइन्। विदेश पढ्न जाने परि’वारकै पहिलो सदस्य हुन् उनी। त्यहीकारण उनलाई उत्साहसँगै अलिअलि डर पनि ला’गेको छ।

अहिले अस्मि’ताले कलेजको अन’लाइन कक्षा लिइरहेकी छिन्। जसका कारण कले:जका बारेमा थाहा पाउन र साथी’हरु चिन्न सजिलो भएको उनले बताइन्।

‘त्यहाँ धेरै देशका विद्या’र्थीहरु छन। पहिलेदेखि नै उनीह’रुले स्तरीय शिक्षा पाएका हुन्छन्,’ अस्मि’ताले भनिन्, ‘म पनि सक्दो मेहनत गरेर नेपाल’बारे राम्रो छाप छा’ड्ने प्रयास गर्नेछु।’

प्राचार्य अधि’कारीले अस्मि’ताले छा’त्रवृत्ति पाउँदा समतामा अध्ययन गर्ने अन्य थुप्रै विद्यार्थीहरु उत्साहित भएको बताए।-यज्ञराज जोशी/नेपालखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here