Home News चार वोटा हात खुट्टा नभाको बाबु तर सिढी चड्छन (सहयोग काे लागि...

चार वोटा हात खुट्टा नभाको बाबु तर सिढी चड्छन (सहयोग काे लागि सेयर गराै)

473
0

चार वटै हात खुट्टा नभएका एनिक यसरी सिँढी चढ्न र ओर्लिन सक्छन्, हात लगाउने रहर, पाईलट बन्ने छ सपना बोकेका छन् आफ्नो आफ्नो ठाउबाट सहयोग गरी उनको उद्धार गर्न अतेंतै जरुरि छ ।




सहयोगी मन का लागि सम्पर्क येसरी गर्न सकिन्छ
आदरणीय दर्शकबृन्द नमस्कार । ११ बर्षका एनिक लामाको चार वटै हात खुट्टा छैनन् । तर उनको क्षमता र आँट अत्यन्तै सह्रानीय छ । सामान्य परिवारमा जन्मेका एनिकको कृतिम हात हाल्ने ठूलो रहर छ ।

यसर्थ एनिक लामाको लागि सहयोग गर्न चाहनुहुने तपाई सम्पूर्ण सहयोगी मनले सानिमा बैंकमा रहेको एनिकका परिवारको रबिन लामाको नामको खाता नम्बर ०१३०००००२९९०m मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।थप जानकारीको लागि एनिकको बुबाको सम्पर्क नम्बर ९८४३३४७०४८ वा ९८४३१२३५७४

याे समचार पनि पढ्नुहोस्

प्रजातन्त्रबारे महेन्द्रको फरक बुझाइ

राजपरिवारमा जन्मेकाले र जेठो सन्तान भएकाले ढिलोचाँडो आफू राजा हुने र शासकीय कार्यभार सम्हाल्ने विषयमा महेन्द्र प्रस्ट थिए । २००७ को क्रान्ति नहुँदैदेखि उनी त्यसका लागि अनेक तानाबाना बुनिरहेका देखिन्थे । पिता राजा त्रिभुवनले महेन्द्रबारे भनेका कुरा महेन्द्रको तानाशाही वृत्ति पुष्टि गर्ने खालका देखिन्छन् ।

त्रिभुवनका केही आनीबानी, आमोद–प्रमोदका व्यवहार प्रजातान्त्रिक राजाका लागि शोभनीय थिएनन् । तर, राजसंस्था जनताको नासो हो र प्रजाले भनेको थितिमा रह्यो भने मात्रै राजसंस्थाको आयु लामो हुन सक्छ भन्ने उनको बुझाइ थियो ।

राजाको सट्टा प्रधानमन्त्रीसँग कार्यकारी अधिकार हुनेगरी दिल्ली सम्झौताको खाका तय भएको महेन्द्रलाई चित्त बुझेको थिएन । अन्तरिम संविधान २००७ बेलायतको जस्तो संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको मोडलमा तय भएको थियो । त्यसरी राजाको सक्रिय र कार्यकारी अधिकार खुम्चिएको संविधान जारी गर्ने कुरा त झन् महेन्द्रलाई मन परेकै थिएन । पिता त्रिभुवनले राणाहरूलाई बिदाइ गर्ने नाममा राजसंस्थाको अधिकार घटाएकोमा महेन्द्रको आपत्ति हमेशा रह्यो । यो विषयलाई प्रामाणिक रूपमा पेस गर्ने केही आधार छन् ।

२००८ फागुन ७ गते राजा त्रिभुवन र युवराज महेन्द्रले अलग–अलग शुभकामना सन्देश जारी गरेको प्रसंग ग्रीष्मबहादुर देवकोटाको किताब ‘नेपालको राजनीतिक दर्पण, भाग–१’ मा लेखिएको छ । राजा त्रिभुवनले जारी गरेको शुभकामना सन्देशमा प्रजातन्त्रले बिस्तारै गति लिएकोमा आफू आशावादी भएको अभिव्यक्ति दिएका छन् । तर, भर्खरै बामे सरिरहेका प्रजातान्त्रिक शक्तिहरूलाई त्रिभुवनले केही गर्न नसकेको आक्षेप युवराज महेन्द्रले लगाएका छन् ।

त्यसबाट पनि शासनका लागि अनावश्यक हतारो महेन्द्रमा झल्किन्छ । राजनीतिक दलहरूलाई बदनाम गर्नका लागि मौका पाएको खण्डमा केही पनि कसर बाँकी राख्ने पक्षमा उनी थिएनन् । राजा त्रिभुवनले गरेका प्रत्येक पत्राचार र उनलाई प्राप्त हुने प्रत्येक चिठी महेन्द्रले पनि हेर्ने गरेको देखिन्छ । यी कुराले भन्छन्– महेन्द्रमा शासन गर्ने विछट्ट रुचि थियो । राजा त्रिभुवन उपचार गराउन विदेश गएका बेला आफू राजपरिषद्को अध्यक्ष हुँदा नै युवराज महेन्द्रले मातृकाका दुई मन्त्रालय खोसेका थिए । अन्तरिम संविधान संशोधन गर्दै उनी अधिकार दरबारमा एकीकृत गर्दै थिए ।

राजा त्रिभुवनको निधनपश्चात् महेन्द्रले नियुक्त गरेका प्रधानमन्त्रीहरूले राजा भएको देशमा संविधानसभाको चुनाव नहुने महेन्द्रकै भाषा बोल्न थाले । सडक आन्दोलनले नपुगेर २००७ सालको क्रान्तिले प्रदत्त गरेको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायरसमेत गर्‍यो । तर, राजाको प्रभावमा सर्वोच्च अदालतले राजा भएको देशमा संविधानसभाको निर्वाचन नहुने कुरालाई अनुमोदन गर्‍यो ।

जनतामाझ ‘भारतविरोधी’ व्यक्तित्व निर्माण गरिरहेका राजा महेन्द्रले यही अवधिमा भित्रभित्रै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग निरन्तर पत्राचार गरेको देखिन्छ । संविधानसभाको चुनाव नगराउने आफ्नो मनसुवाबारे पनि नेहरूसँग उनले राय लिएका थिए । नेहरूले पनि ‘ठीकै छ, तपार्इंलाई संविधानसभा नगर्न उपयुक्त लागेको भए त्यसै गर्दा हुन्छ’ भनी संकेत गरेको देखिन्छ । यदि महेन्द्रले त्यसो नगरी राजा त्रिभुवनले घोषणा गरेअनुरूप संविधानसभाबाट संविधान बनाएको भए संविधानसभाबाट संविधान बनाउने एजेन्डा नेपालको राजनीतिमा सदाका लागि समाप्त हुन्थ्यो ।

यसरी महेन्द्रले संविधानसभाबाट संविधान बन्न नदिएर अर्थात् संविधानसभाको चुनावलाई जबर्जस्ती रोकेर भविष्यको गर्तमा एउटा राजनीतिक झगडाको बीउ छोडेका थिए । परिणामस्वरूप संविधानसभाबाट संविधान बनाउने विषय नेपाली राजनीतिमा लामो समय एउटा खील बनेर बल्झिएर बस्यो ।

महेन्द्र सीमित मताधिकारमार्फत चुनाव गराउने जोखाना हेर्दै थिए । महेन्द्रले सबै बालिगलाई सहभागी नगराउँदा कस्तो हुन्छ अर्थात् सीमित बालिगले मात्र मताधिकार गर्ने परिपाटी बनाउँदा कस्तो हुन्छ भन्नेबारे समेत नेहरूसँग सोधेको देखिन्छ । बीपी कोइरालाले संविधानसभा निर्वाचनको विषयमा तत्कालीन समयमा संघर्षका बाबजुद रणनीतिक तवरमा आत्मसमर्पण त गरे तर बालिग मताधिकारबारे सम्झौता गर्न उनी मञ्जुर थिएनन् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here