Home News हे भग’वान बिहानै यर्पोटमा रुवा’बास,खाडि मुलुक बाट ४९० नेपालिको श”व काठकाे बाकसमा...

हे भग’वान बिहानै यर्पोटमा रुवा’बास,खाडि मुलुक बाट ४९० नेपालिको श”व काठकाे बाकसमा आयो हेर्नुस

3141
0

हे भग’वान बिहानै यर्पोटमा रुवा’बास,खाडि मुलुक बाट ४९० नेपालिको श”व काठकाे बाकसमा आयो हेर्नुस



याे समचार पनि पढ्नुहोस्

नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणमा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालाई बोलाइएको विषयले नेकपामा नयाँ विवाद उत्पन्न भएको छ। राजनीतिक पार्टीको व्यक्तिलाई बोलाइँदा सत्तारुढ पार्टीको विदेश विभागलाई थाहा नदिई सरकारी पक्षबाट निमन्त्रणा गर्नु गलत भएको भन्दै नेकपा स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति जनाएका छन्।

‘कुनै पनि देशको राजनीतिक पार्टीको व्यक्तिलाई राजनीतिक पार्टीले निमन्त्रणा गर्छ। त्यस्ता व्यक्तिलाई सरकारले नभइ सरकार सञ्चालन गर्ने पार्टी नेकपाको विदेश विभागले निमन्त्रणा गर्नुपर्छ। यो स्थापित कुटनीतिक प्रणाली हो,’ रावलले सेतोपाटीसँग भने, ‘यो बीचमा मैले भारतीय विदेश विभागका प्रमुख कसको निमन्त्रणामा आउनुभयो भनेर बुझ्दा महासचिवको निमन्त्रणामा बोलाएको थाहा पाएँ। महासचिवले नै निम्ता गर्ने भने पनि भाजपा विदेश विभाग प्रमुख पार्टीको निमन्त्रणामा आएका हुन् भने पार्टीसँग वार्ता गर्ने हो कि, प्रधानमन्त्रीसँग गर्ने हो भन्ने प्रश्न उठ्छ।’

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष पनि हो भन्ने तर्क गर्ने भए पनि विदेश विभाग के हो त भनेर प्रश्न गर्ने ठाउँ रहेको उनले बताए।अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा विदेश विभागलाई जानकारी नदिएर विधि मिचिएको उनको भनाइ छ।

‘यो कुटनीतिक मर्यादाको उल्लंघन हो। मैले दुई-तीन दिनयता उहाँलाई पार्टीले हो कि सरकारले निमन्त्रणा दिएको हो भनेर समेत बुझेँ। पार्टीको व्यक्ति कसरी सरकारी प्रतिनिधि मण्डलको जस्तो गरी आउन सम्भव छ भनेर प्रतिक्रिया दिएको छु,’ उनले थप भने, ‘यो भ्रमण पार्टी, देश र प्रधानमन्त्री स्वयंको गरिमाको रक्षासँग सम्बन्धित छ। मैले यस्तो भनेपछि आफूलाई प्रधानमन्त्रीनिकट ठान्ने केही व्यक्तिले मलाई अश्लील र अशिष्ट तरिकाले गालीगलौज समेत गरेका छन्।’

यस्ता गाली गलौजबाट विधि र प्रणाली मिचेर मर्यादाहीन शैली अपनाउने कुरा संरक्षण गरेको प्रष्ट हुने रावलको आरोप छ।

‘पार्टीको सरकारी तहसँग कुरा गर्ने र पार्टीको व्यक्तिलाई मानमर्दन गरिएको छ। पार्टीको विदेश विभागलाई कुनै जानकारी नगराएर कुटनीतिक रूपमा कमजोर पार्ने काम भयो,’ रावलले भने।

पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई चौथाइवा भ्रमणबारे जानकारी नगराइएको भन्दै रावलले सामाजिक सञ्जाल ट्विटरमा समेत आपत्ति जनाएका छन्। चौथाइवालाई सरकारी व्यक्तिसरह आमन्त्रण गर्नु विधि पद्धति र कुटनीतिक मर्यादाको उल्लंघन भएको समेत जनाएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्तिसरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश,पार्टी र पदको गरिमाको रक्षा होस्।’

बिहीबार नेपाल आएका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गरेका थिए। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि उनले भेटेका थिए।

चौथाइवा शनिबार भारत फर्किएका छन्। उनले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेश विभाग प्रमुख माधव नेपाललाई भने भेटेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here