Home News चीन र पाकिस्तान दुवैको एकैचोटी सामना गर्ने भारतको यस्तो खत**रनाक योजना ।...

चीन र पाकिस्तान दुवैको एकैचोटी सामना गर्ने भारतको यस्तो खत**रनाक योजना । आफ्ना सेनालाई ह**तियार संकलन

812
0

चीन र पाकिस्तान दुवैको एकैचोटी सामना गर्ने भारतको यस्तो खत**रनाक योजना । आफ्ना सेनालाई ह**तियार संकलन



याे समचार पनि पढ्नुहोस्

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद तल्लो तहसम्म पुगेको छ । पार्टी केन्द्रमा शीर्ष नेताबीच चुलिएको विवाद जनवर्गीय संगठनको तल्लो तहसम्म पुगेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालको समूहले प्रदेश १ मा छुट्टाछुट्टै भेला गरेर एक–अर्कालाई एकताविरोधीको आरोप लगाउन सुरु गरेका छन् । ती भेलालाई पार्टीकै केन्द्रीय सदस्यहरूले सम्बोधन गरेका छन् ।

प्रचण्ड–नेपाल समूहका विद्यार्थी नेताहरूले आइतबार प्रधानमन्त्री ओलीको गृहनगर दमकमा प्रदेशस्तरीय भेला गर्दै ओलीलाई खबरदारी गरे । अनेरास्ववियु प्रदेश १ को ब्यानरबाट आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरूले सम्बोधन गरेका छन् ।

पार्टी केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रधानमन्त्री ओलीको सरकार सञ्चालन गर्ने शैलीले पार्टीभित्र आन्तरिक समस्या देखिएको बताए । उनले पार्टीको निर्णय नमानी सरकार सञ्चालन गर्दा जनजीविकाको समस्या सरकारले सम्बोधन गर्न नसकेको दाबी गरे । ती विषयमा पार्टी शीर्ष नेताले प्रश्न उठाउँदा विभाजनको धम्की दिएको उनको दाबी थियो । मन्त्री आङ्बोले प्रधानमन्त्री संघीयता, धर्मनिरपेक्षतालगायत परिवर्तनको पक्षमा नरहेको दाबी गरे ।

‘प्रधानमन्त्रीले नै संघीयताप्रति अनिच्छुकजस्तो देखिन्छ । उहाँ प्रदेश सरकारहरूलाई संघीय सरकारलाई प्रशासनिक निकायजस्तो मान्नुहुन्छ,’ उनले भने, ‘उहाँले संघीय गणतान्त्रिक नेपाललाई नेपाल मात्र लेख्नु भन्ने निर्णय गराउनुभयो । यसलाई के भन्ने ? हिन्दू राज्य र राजसंस्था माग्दै भइरहेको प्रदर्शनमा कतै न कतै उहाँको पनि संलग्नता छ ।’

पार्टी एकतापछि अरू शीर्ष नेताले पटक–पटक त्याग गरेको र अब प्रधानमन्त्री ओलीले त्याग गर्नुपर्ने वेला आएको बताए । ‘एकताको मर्म र सहमतिअनुसार उहाँ चल्नुभएन । प्रचण्डलाई अस्थिरताको आरोप लगाउनुहुन्छ । तर, प्रचण्डको अस्थिरताको फाइदा उहाँले जति कसैले लिएको छैन,’ उनले भने, ‘यसबीचमा अरू नेताले धेरै त्याग गर्नुभयो । अब पालो प्रधानमन्त्रीको हो ।’

भेलामा प्रदेश १ का करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको विद्यार्थी नेता रवि बस्नेतले जानकारी दिए । भेलामा पार्टी केन्द्रीय सदस्यहरू शिवकुमार मण्डल, महेश रेग्मी, भास्कर काफ्ले, झलकसिंह दर्लामीसहित अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको सहभागिता रहेको थियो ।

यस्तै, शनिबार ओली पक्षीय युवाहरूले मोरङको सुन्दरहरैँचामा प्रचण्ड–माधव समूहविरुद्ध प्रदर्शन गरेका छन् । पार्टी एकताका लागि युवा अभियान प्रदेश १ नाम दिएर गरिएको भेलामा पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गरेका थिए । उनले एकताको मर्मविपरीत नजान प्रचण्ड–माधव समूहका नेतालाई चेतावनी दिएका थिए ।

उनले पार्टी एकताको महाधिवेशन गर्न बनेको अन्तरिम कमिटीले अल्पमत र बहुमतको विषय ल्याउन नहुने बताएका थिए । ‘पार्टी एकताका लागि बनेको कमिटीले बहुमतको नाङ्लो ठटयााएर केपी ओली नामको हात्ती तर्साउन मिल्दैन,’ उनले भने । भेलामा प्रदेश–१ का सयौँ युवाको सहभागिता रहेको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले जानकारी दिए । पार्टी एकताका पक्षमा युवाहरूले शक्ति प्रदर्शन गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here