Home News विवाह पछि पहिलोपटक श्वेता खड्का र विजेन्द्र सिहको टिकटक ,भिडियो भयो भाईरल...

विवाह पछि पहिलोपटक श्वेता खड्का र विजेन्द्र सिहको टिकटक ,भिडियो भयो भाईरल (भिडियो हेर्नुस् )

328
0

नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् ।



कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।

विवाहपछि पहिलो पटक गृहिणी भइ सजिएकि श्वेता र बिजेन्द्र बिचको टिकटक हेर्नुस् ।

याे समचार पनि पढ्नुहोस्

चर्चीत हांस्यकलाकार मनोज गजुरेल र वर्षा शिवाकोटी बिच विवाह भन्ने भ्रामक समाचार आएको भन्दै नायीका वर्षा शिवाकोटीले दुख ब्यक्त गरेकी छिन । उनले फेसबुक मार्फत स्टाटस लेख्दै सो कुरा व्यक्त गरेकी हुन । बर्षाले आफ्नो फेसबुक वालमा यस्तो कुरा लेखेकी छिन ।

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ ।पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?
कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो 🙏🏻”

तर वास्तविक कुरा चाहिँ के हो भने मनोज र वर्षा दुवैको छुट्टाछुट्टै विवाह हुँदैछ । नायिका बर्षा शिवाकोटीले भर्खरै आफू अब २ वर्षभित्र आफ्ना प्रेमी संग प्रेम विवाह गर्ने अभिव्यक्ति दिएकी थिइन । भने त्यसै क्रममा मनोज गजुरेलले पनि एक टेलिभिजन कार्यक्रम मार्फत आफू छिट्टै विवाह गर्ने अभिव्यक्ति दिएका थिए । तर अनलाइन मिडियाहरुले भने कुरा वास्तविक नै लेखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here