Home News सबैकी आँखाकी नानी अनिता बिस्तारै निको हुँदै, आज आफैले दाँत माझिन् (भिडियोसहित)

सबैकी आँखाकी नानी अनिता बिस्तारै निको हुँदै, आज आफैले दाँत माझिन् (भिडियोसहित)

398
0

अनितालाई नचिन्ने सायदै बिरलै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको रुपमा साक्षात ईश्वरलाई पाएकी छन् ।



श्रीमान विनोदको माया र सहयोगले अनिता दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् । आजभन्दा एक डेढ वर्ष पहिले श्रीमान बाहेक सबैले आश मारिसकेको अनिता र हिजोआजको अनितामा धेरे सुधार भईसकेको छ । अनितालाई उनकी अमाज्यू दिदीले पनि उत्तिकै केयर र माया गरेकी छन् जति श्रीमान विनोदले गरिहेका छन् ।

दिनप्रतिदिनको सुधारोन्मुख अनिताको स्वास्थ्य अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्मबल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अवस्थाले थाहा हुन आउँछ । गएको केही समय पहिले मात्रै अनिताले आफ्नो श्रीमान विनोदलाई चस्मा लगाई दिंदै गरेको भिडियो सबैले देख्न पाएका थिए भने यतिबेला अनिताले आफैले आफ्नो दाँतलाई ब्रसले सफा गर्ने कोशिश गरिरहेकी छन् ।

उनले दाँतमा ब्रस गर्दै गरेको भिडियोलाई सामाजिक सञ्जाल टिकटकमा देख्न सकिन्छ । अनिताले आफै ब्रस गर्न सक्नु भनेको यो निकै ठूलो सफलता मानिन्छ । भिडियोमा श्रीमान विनोद छेउमा बसेका छन् भने भिडियोलाई शूट अमाज्यू दिदीले गरेकी छन् । साथै उनले बुहारी अनितालाई ब्रस गर्नकोलागी हौसला पनि दिईरहेकी छन् ।

भिडियो हेर्नुहोस्

https://vm.tiktok.com/ZSt1o96h/

अर्को समचार पनि पढ्नुहोस्

अघिल्लो आर्थिक वर्ष महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणमा बौद्ध विश्वविद्यालयको बेरुजु र पुरानो फर्छौट मापदण्डभित्र नै कायम भएपछि उत्कृष्ट ठहरिएको हो । आर्थिक सुशासनको मुल्यांकनमा बेरुजु महत्वपूर्ण सूचक मानिन्छ ।

बेरुजु फर्छौट मुल्यांकन तथा अनुगमन समितिको मापदण्ड अनुसार पुरानो बेरुजु ८० प्रतिशतभन्दा धेरै फर्छौट गर्ने र नयाँ लेखापरीक्षणमा १ दशमलवभन्दा कम बेरुजु हुनुलाई उत्कृष्ट मानिन्छ । बौद्ध विश्वविद्यालयले गत असार मसान्तसम्म अघिल्ला आर्थिक वर्षको ८० दशमलव शुन्य ५ प्रतिशत बेरुजु फर्छौट गरेको छ । आर्थिक वर्ष ०७५/०७६ मा बेरुजु शुन्य दशमलव ३५ प्रतिशत मात्रै रहेको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा ४५ करोड १७ लाखको लेखापरीक्षण सम्पन्न भएको थियो । त्योमध्ये १५ लाख ७६ हजार बेरुजु निस्किएको छ । सो बेरुजु कागजात संकलन गर्न बाकी भएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘हामीले बेरुजु शुन्य बनाउने योजनाका साथ काम गरिरहेका छौं, उनले भने,–‘पुरानो सबै फर्छौट र नयाँमा शुन्य बेरुजु कायम गरी विश्वविद्यालयलाई आर्थिक सुशासनमा राखिनेछ ।’

बौद्ध विश्वविद्यालयले अघिल्लो आर्थिक वर्षमा समेत उत्कृटता हासिल गरेको थियो । यो लगातार दोस्रो पटक उत्कृष्ट भएको हो । विश्वविद्यालयको पुरानो बेरुजु रकम १३ लाखको हाराहारीमा रहेको छ ।

बेरुजु फर्छौटमा उत्कृष्ट भएपछि बेरुजु फर्छौट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कार प्रदान गर्दछ । विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई मुख्य सचिव एवं समितिका संयोजक शंकरदास बैरागीले १० हजार नगद पुरस्कार प्रदान गरेका छन् । बेरुजु फर्छौटका बखत कार्यरत प्रशासकीय प्रमुख र लेखा शाखाका कर्मचारीलाई पुरस्कार प्रदान गरिन्छ ।

मुलुकका अन्य विश्वविद्यालयमा भने बेरुजुको बर्षेनी चाङ थपिएको छ । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयमा अर्बौँ बेरुजु पुगेको छ । संस्कृत विश्वविद्यालयमा पनि बेरुजु छ । त्रिभुवन विश्वविद्यालयको बेरुजु आठ अर्ब ४४ करोडभन्दा धेरै देखिएको छ । महालेखाको ५७ औं प्रतिवेदनले नेपाल संस्कृत विश्वविद्यालयको ५ करोड ४ लाख, पोखराको ५२ लाख ९० हजार, मध्यपश्चिमको ४० करोड ५९ लाख बेरुजु देखाएको छ । सुदुरपश्चिमको १ करोड २१ लाख, कृषि तथा बनको ३ करोड ९९ लाख र राजर्षि जनक विश्वविद्यालयको १६ हजार बेरुजु देखिएको छ । बेरुजु बढ्दै जानुलाई कमजोर आर्थिक शुसासन मानिन्छ ।

बेरुजु फर्छौट मुल्यांकन तथा अनुगमन समितिको प्रतिवेदन अनुसार बेरुजुमध्ये फर्छौट गर्नेमा बौद्ध विश्वविद्यालय ७८ दशमलव ०३ प्रतिशतसहित पहिलो नम्बरमा छ । कृषि तथा वनले १४ प्रतिशत, त्रिभुवनको साढे ११ प्रतिशत, नेपाल संस्कृतको साढे ६ प्रतिशत मात्रै बेरुजु फर्छौट भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अहिलेसम्म बेरुजुको रकम १५ अर्वको हाराहारीमा छ । नेपाल संस्कृतको ३१ करोड, मध्यपश्चिमाञ्चलको २३ करोड र पोखरा विश्वविद्यालयको २० करोडभन्दा धेरै रकम बेरुजु छ । यो बेरुजुको रकम असुल गर्नुपर्नेसमेत रहेको महालेखाको प्रतिवेदनमा छ । प्रतिवेदन अनुसार कतिपय विश्वविद्यालयको लेखा प्रणाली नै अहिलेसम्म स्पष्ट रहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here