Home News श्वेताका श्रीमान बिजेन्द्रले दिए यती ठुलो धोका, श्रीकृष्णको फोटो राख्न नदिने shweta...

श्वेताका श्रीमान बिजेन्द्रले दिए यती ठुलो धोका, श्रीकृष्णको फोटो राख्न नदिने shweta khadka (भिडियो हेर्नुहोस्)

592
0

श्वेताका श्रीमान बिजेन्द्रले दिए यती ठुलो धोका, श्रीकृष्णको फोटो राख्न नदिने shweta khadka

याे समचार पनि पढ्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले जननिर्वाचित संसदलाई उपेक्षा गर्दै अध्यादेश जारी गर्ने प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको बताएका छन् ।

संवैधानिक परिषदको व्यवस्थाका सम्बन्धमा मंगलबार आकस्मिक रुपमा जारी भएको अध्यादेशका बारेमा प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले भनेका छन्, ‘संसद बोलाउनुको सट्टा सुटुक्क अध्यादेश जारी गरेर जननिर्वाचित संसदलाई अपमानित र उपेक्षा गर्ने काम भएको छ । यसले ओली सरकारको सर्वसत्तावादी चरित्र उजागर भएको छ ।’

महामन्त्री कोइरालाले आफू अनुकुल निर्णय नहुनासाथ कानून परिवर्तन गर्न अध्यादेश सिफारिस गर्नु र राष्ट्रपतिले समेत कुनै अध्ययन र परामर्श विना हतारमै अध्यादेश जारी गर्नु संवैधानिक निकायलाई पंगु बनाउने खेल भएको बताए ।

उनले संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउनका लागि राष्ट्रपतिलाई समेत राजनीतिक रुपमा प्रभावित पारेर यसरी हतारमा अध्यादेश जारी गर्नुले संवैधानिक निकायको स्वत्रन्त्र भूमिका र विश्वसनीयतामाथि प्रश्न उठ्ने बताए । महामन्त्री कइोरालाले अध्यादेश जारी गर्ने कदम सच्याउन र तत्काल संसद बोलाउन समेत माग गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि राष्ट्रपतिबाट हालै जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । उनले यस अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी कामको रुपमा यसलाई अर्थ्याएका छन् । उनले भनेका छन्, ‘आज अचानक आएक‍ो संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणाली माथी नाङ्गो आक्रमण हो। घ‍ोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन ।’

संवैधानिक परिषदको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संवैधानिक परिषद सम्बन्धी व्यव्थामा केही परिवर्तन गर्न सिफारिस गरेका थिए । राष्ट्रपतिबाट तत्कालै अध्यादेश जारी भएको छ । अध्यादेशमा संवैधानिक परिषदको बैठकले निर्णय गर्न आवस्यक पर्ने गणपुरक संख्या घटाइदिएको छ ।

मंगलबार साँझ ५ बजे बस्ने तय गरिएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने अडान लिएका छन् । प्रधानमन्त्रीबाट अचानक अध्यादेश आएपछि नै देउवाले बैठकमा उपस्थित नहुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here