Home News महाबौद्धवासीको पीसीआर गरिने

महाबौद्धवासीको पीसीआर गरिने

86
0

काठमाडौं : राजधानीस्थित महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण भएको पुष्टि भएपछि वरपरका केही पसल बन्द भएका छन् । स्थानीय तहले समुदायमा कोरोना फैलिएको आशंकामा पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । जोखिम बढेपछि संक्रमित नजिकका स्थानीय र कन्ट्राक्ट ट्रेसिङमा परेकाको पीसीआर गरी समुदायमा फैलिएको वा नफैलिएको जाँच गर्ने तयारी गरिएको २९ नं वडाका अध्यक्ष चिनियामान वज्राचार्यले बताए । ‘बाक्लो बस्ती भएको ठाउँमा संक्रमण देखिएको छ,’ उनले भने, ‘संक्रमित नजिकका र आसपासका मानिसको पीसीआर गर्ने तयारीमा छ । नतिजा आउनासाथ योजना बन्नेछ ।’

एकै परिवारका सबै सदस्यमा संक्रमण देखिएपछि समुदायमा फैलिएको हो कि भन्ने आशंका गरिएको छ । अहिलेसम्म काठमाडौंको टेकु, मैतीदेवी, नयाँबानेश्वर, सुकेधारा, टोखालगायतका क्षेत्रमा संक्रमण देखिइसकेको छ । मानिसहरू भने निर्वाध बिनासुरक्षा ओहोरदोहोर गरिरहेका छन् । महाबौद्धस्थित संक्रमण देखिएको क्षेत्रका केही पसलबाहेक अन्य क्षेत्रमा भीड पुरानै अवस्थामा छ । पसलमा मानिसको घुइँचो छ । फुटपाथ पुरानै अवस्थामा छ । मानिसहरू मास्क नलगाई पनि हिँड्ने गरेका छन् । व्यापारीले पनि कुनै सुरक्षा अपनाएको देखिँदैन । बढी भीडभाड भएका क्षेत्रमा जोखिम भए पनि स्थानीय निकालयले पनि सुरक्षा प्रबन्धमा खासै ध्यान पुर्‍याउन सकेको छैन । संक्रमण फैलिए पनि अहिले तत्काल आसपासका क्षेत्र बन्द गर्न सकिने अवस्था नरहेको वडाध्यक्ष वज्राचार्यले बताए ।

‘समुदायमा टेस्ट गर्नुपर्छ,’ उनले भने, ‘अन्यमा फैलिएको पाइएमा नयाँ नीति बनाएर अघि बढ्नुपर्छ । नत्र अहिलेको अवस्थामा भीड रोक्न सकिने अवस्था छैन ।’ मुख्य रूपमा उपत्यका बाहिरबाट आउने मानिसको परीक्षण नहुँदा समस्या आएको उनले बताए । ‘बाहिरबाट आउने मानिसलाई वडामा सम्पर्क गरी आउन भनेका छौं ।’ उनले भने, ‘तर लुसुलुसु आउँछन् । परीक्षण हुन नसक्दा जोखिम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here