Home News एकपछि अर्को शक्ति राष्ट्र नेपालमा लगानी गर्न इच्छुक, यस्तो योजनाका साथ फेरी...

एकपछि अर्को शक्ति राष्ट्र नेपालमा लगानी गर्न इच्छुक, यस्तो योजनाका साथ फेरी नेपाल आउँदै रूस

632
0

एकपछि अर्को शक्ति राष्ट्र नेपालमा लगानी गर्न इच्छुक, यस्तो योजनाका साथ फेरी नेपाल आउँदै रूस



अर्को समचार पनि पढ्नुहोस्

राजा महेन्द्रले लगाएका आरोपमा कहींकतै पनि सत्यता देखिँदैन। संसद् भंग गर्न र सरकार खारेज गर्न मात्र लगाइएका आरोप हुन्। प्रजातन्त्रवादी सत्यमा चल्छ तानाशाहले झूटको सहारा लिन्छ। आफ्नो एकलौटी शासन चलाउने महत्वाकांक्षाका लागि राजाले प्रजातन्त्रको हत्या मात्र गरेका होइनन्, उनले असत्यको सुुरुवात गरेर मानिसलाई चरित्रहीन बनाए। आफ्नै क्रियाकलापले राजतन्त्रमाथि रहेको नेपालीको आस्था खण्डित गर्ने कामको पनि सुरुवात गरे।

केही मानिस महेन्द्रलाई राष्ट्रवादी, देश विकासको दृष्टि भएको सन्तुलित परराष्ट्रनीति सञ्चालन गर्ने राजाका रूपमा मान्छन्। विकासवादी राजा, असंलग्न आन्दोलनका अभियन्ता, पञ्चशील सिद्धान्तका प्रवर्तक आदि गुणगानले विभूषित गर्छन्। पञ्चायतकालभरि यी कुरा हरेक पञ्चका मञ्चबाट जपिरहने गायत्री मन्त्र हुने गर्थे। अझै पनि केही राजावादी यिनै कुराबाट महेन्द्रको गुणगान गाउँछन्, तर ऐतिहासिक तथ्यले यसलाई सत्य प्रमाणित गर्दैन।

असंलग्न आन्दोलनको पृष्ठभूमि सन् १९५५ को अफ्रो–एसियाली बाङडुङ सम्मेलन हो। यसका आयोजक इन्डोनेसिया, बर्मा, पाकिस्तान, श्रीलंका र भारत हुन्। १९५६ मा युगोस्लाभियाको ब्रिजुनी द्वीपमा नेहरू, टिटो र नासेरले हस्ताक्षर गरेको घोषणापत्र ब्रिजुनी घोषणा जारी गरेपछि मात्र १९६१ मा बेलग्रेडमा नेहरू, टिटो, नासेरका अतिरिक्त सुकार्नो र घानाका राष्ट्रपति क्वाने निक्रुमाईको अग्रसरतामा नामको स्थापना भयो। यसमा मात्र महेन्द्रले भाग लिएका थिए। योभन्दा पहिले बीपीले १९६० मा राष्ट्रसंघमा सम्बोधन गर्दा नेपाल कुनै सैनिक गुटमा नरहने सबै देशसँग मित्रवत् रहने भनी नेपाल असंलग्नताको पक्षमा रहने बताउनुभएको थियो। नेपालको भूअवस्थितिले पनि नेपालले असंलग्नता अपनाउनुपर्ने थियो, जसमा बीपी पहिल्यै सचेत हुनुहुन्थ्यो। नेपालले आफ्नो स्थिति स्पष्ट गरिसकेपछि सन् १९६१ मा मात्र नामको घोषणा गरियो। असंलग्न आन्दोलनको नीति निर्माणमा राजा महेन्द्रको कुनै भूमिका थिएन। असंलग्नताबाहेक नेपालसँग अरू विकल्प पनि थिएन।

भारत र चीनबीच २८ अप्रिल १९५४ मा भएको सन्धिका पाँच सिद्धान्तलाई पछि पञ्चशील भनियो। यही सिद्धान्तलाई नेपालले मानेको हो। शान्ति चाहने सबै देशले यी सिद्धान्त स्विकार्छन्। यद्यपि पञ्चशीलको सन्धि गर्ने देश आठ वर्षपछि आफैं युद्ध गर्न पुगे।

भारतीय सैनिक मिसन, मौजमस्तीमै रमाउने र भारतीय प्रभावमा रहेका राजा त्रिभुवन र भारतीय प्रभावले प्रधानमन्त्री भएका मात्रिकाप्रसादले भिœयाएका हुन्। भारतीय सैन्य मिसन फिर्ता हुनुपर्छ भनी २०१३ सालमा बीपीले भारतकै पटनामा पत्रकार सम्मेलनमै बताउनुभएको थियो। बीपीको अठारमहिने शासनकालमा चीनसँग मुस्ताङ, ओलाङचुङ्गोलालगायतका ठाउँमा सीमा विवाद भई चिनियाँ सैनिकले नेपालमा लुटपाट र हत्या गरेका कारण एकैपटक दुवै मोर्चा खोल्न उहाँलाई सहज भएन। सीमा विवाद टुंग्याउन कार्यदल गठन भयो। बीपीले माओ, चाउ एन लाईसँग गरेका व्यवहार अहिले पनि चिनियाँहरू आदरका साथ सम्झन्छन्।

त्यही कार्यदलले बनाएको सीमानक्साअनुसार पछि १९६१ मा चीनसँग सम्झौता भयो। बीपीसँग सगरमाथाको चुचुरो नेपालकै हुने भनी चीनले स्वीकार गरेको महेन्द्रले सन्धि गर्दा के गरे अहिले पनि शंकाको विषय छ। यद्यपि पत्रकार सम्मेलनमा तुलसी गिरीले चुचुरो नेपालको हो भन्ने चीनले स्वीकार गरेको छ भनेका थिए। तर सन्धिमा के छ अहिलेसम्म प्रस्ट छैन। चीनसँग सन्धि भएको करिब पाँच वर्षपछि सैन्य मिसन फिर्ता त भयो, तर कालापानीमा सेना राख्न राजाले अनुमति दिए। सन् १९६५ को गोप्य तर आपत्तिजनक सन्धि पनि गरे। तानशाहका व्यवहार यस्तै हुन्छन्। दृश्यमा एउटा व्यवहार गर्छन्, भित्री पाटो बेग्लै हुन्छ, जो तत्काल जनताको सामुन्ने आउँदैन।

पूर्व–पश्चिम राजमार्गका सूत्रधार भनिन्छ। तथ्य र इतिहासले बताउँछ। पूर्व–पश्चिम राजमार्ग बीपी कोइराला सरकारले निर्माण गर्ने योजना बनायो र सर्वेक्षण गर्नका लागि रूससँग सन् १९६० मा सम्झौता पनि भयो। तर सम्झौता भएको चार महिनामै सरकार भंग गरियो। पछि महेन्द्रले त्यसैलाई अगाडि बढाए। जनकपुर चुरोट कारखाना, बीरगञ्ज चिनी मिल, कृषि औजार कारखाना स्थापना गर्न सहयोग गर्ने सम्झौता रूससँग त्यही समयमा भएको थियो। भूमि सुधार कार्यक्रमलाई विकृत बनाई कार्यान्वयन गरे। यथार्थमा महेन्द्रबाट कुनै नवीन काम भएन। अठारमहिने सरकारका योजना नै विकृत रूपमा लागू गरे।

राजा महेन्द्र विकासको सोच र राष्ट्रिय भावनाले ओतप्रोत भएका भए। उनलाई विकास गर्ने अनुकूल वातावरण थियो। सशस्त्र क्रान्तिको स्थगनपछि उनलाई नेपाली कांग्रेसबाट कुनै चुनौती थिएन। भारत र चीनबाट कुनै खतरा थिएन। यो समय देश विकासमा लगाएका भए नेपाल विकसित राष्ट्र बन्ने थियो। यही अवधिमा नेपालजस्तै र त्योभन्दा पनि खराब अवस्थामा रहेका एसियाकै सिंगापुर, दक्षिण कोरिया, ताइवान, इजरायलले विकास गरेर अहिले विकसित राष्ट्रमा गनिन्छन्। इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड पनि नयाँ औद्योगिक राष्ट्र बनेका छन्। तत्कालीन अवस्थामा पीएल ४८० बाट भोकमरी धानेको भारत अहिले औद्योगिक राष्ट्र बनेको छ। समयको सही उपयोग गरेको भए हाम्रोजस्तो प्राकृतिक संसाधनले परिपूर्ण देश ८–१० वर्षमा कायापलट हुन सक्थ्यो। तर राजा महेन्द्र झूटा प्रशस्तिको आत्मरतिमा रमाउँदै शक्ति सञ्चयमा लागे। देशको महत्वपूर्ण कालखण्ड अन्धकारमा बित्यो।

राजाहरू राष्ट्रवादी हुनु देशप्रतिको मायाले होइन। यो उनीहरूको स्वार्थ हो। राजा हुन देश चाहिन्छ। सम्मान पाउन देशको स्वतन्त्रता जरुरी हुन्छ। देश नरहे राजा रहिँदैन र अर्को देशको छत्रछायामा बस्नुप¥यो भने इस्ट–इन्डिया कम्पनीको समयका भारतीय दिवानहरूको जस्तो अवस्था हुन्छ। राजगद्दी र सम्मानका लागि स्वतन्त्र देश रहनुपर्ने राजाहरूको स्वार्थ हो। त्यसैले राजा महेन्द्रलाई राष्ट्रघाती नै भन्न उचित हुन्न। महेन्द्र राष्ट्रवादी हुन् तर देशप्रतिको माया र प्रगतिको चाहना उनको बनावटी मुखुण्डो हो। देश र जनताको माया भएका शासकले ऋणमा डुबेका जनताको करबाट चालीस करोड असुलेर आफ्नो सरकारी निवास सरकारलाई नै बेच्दैन। देशको सुरक्षालाई दीर्घकालीन असर गर्ने गरी आफ्नो महत्वाकांक्षाका खातिर सन् १९६५ को आपत्तिजनक सन्धि गर्दैन। महेन्द्रलाई एउटै कुरामा नेपालीले लामो समयसम्म सम्झिने छन् कि उनले जनताको मुख थुनेर नेपालको विकास र आधुनिकतामा प्रवेश गर्ने बाटो अवरुद्ध गरी एउटा महत्वपूर्ण कालखण्डलाई नेपालीका लागि अँध्यारो युग बनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here