Home News यसरी नेपालमा बन्दै विश्वकै सबैभन्दा लामो केवलकार, भियतनामको रेकर्ड तोड्दै नेपाल !longest...

यसरी नेपालमा बन्दै विश्वकै सबैभन्दा लामो केवलकार, भियतनामको रेकर्ड तोड्दै नेपाल !longest cable car.

729
0

यसरी नेपालमा बन्दै विश्वकै सबैभन्दा लामो केवलकार, भियतनामको रेकर्ड तोड्दै नेपाल longest cable car



अर्को समचार पनि पढ्नुहोस्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ को निर्णयमा फर्किने सहमति भएको छ । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच यस्तो सहमति भएको हो । अध्यक्षद्वयको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराइएको छ । भदौ २६ को निर्णयमा फर्किने सहमतिसँगै अध्यक्षद्वयले यसअघि आदानप्रदान भएका आरोपपत्रसमेत फिर्ता लिने भएका छन् ।

नेकपा स्थायी कमिटी बालुवाटारमा सुरु : प्रधानमन्‍त्री ओली उपस्थित
ओली-प्रचण्डबीच नयाँ सहमति : अध्यादेश फिर्ता लिने, विशेष अधिवेशनको निवेदन स्थगित
यो सहमतिसँगै नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सहमति लगत्तै बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरी सुरु भएको हो ।

भदौ २६ मा प्रचण्डले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो। पार्टी भित्र नेतृत्वको कार्यविभाजनमा ओली र प्रचण्डबीच मनमुटाव भएपछि साउन ३० गते महासचिव पौडेलेको संयोजकत्वमा ‘विवाद समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो।

कार्यदलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता जनार्दन शर्मा र पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए। कार्यदलले ओली र दाहालबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नव्याख्या गर्दै ओलीले पुर्णरुपमा सरकार चलाउने र प्रचण्डले पुर्णरुपमा पार्टी चलाउने तर एकअर्कासँग समन्वय गर्नुपर्ने प्रस्तावसहित १५ बुँदे प्रतिवेदन दिएको थियो।

उक्त प्रस्तावमा संवैधानिक नियुक्ति, राजदूत नियुक्ति र मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको सल्लाह–सुझाव लिनुपर्ने निर्णय भएको थियो ।

पार्टी एकताका अन्य निर्णयसमेत गरेर कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन ओली र दाहालसमक्ष पेश गरेकोमा उनीहरुले त्यसमा सहमति जनाउँदै २५ भदौको स्थायी कमिटी बैठकमा पेश गरेका थिए। स्थायी कमिटी बैठकले पनि त्यसलाई अनुमोदन गरेपछि तत्कालका लागि नेकपाको विवाद साम्य भएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरेको भन्दै ओली र प्रचण्डबीच असन्तुष्टि चुलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here