Home News खाडी मुलुक रहेका र जाने तयारी गरेकालाई खुशीको खबर, साउदी, कतार, दुबई,कुबेत...

खाडी मुलुक रहेका र जाने तयारी गरेकालाई खुशीको खबर, साउदी, कतार, दुबई,कुबेत लगायतका देशको यस्तो घोषणा

708
0

खाडी मुलुक रहेका र जाने तयारी गरेकालाई खुशीको खबर, साउदी, कतार, दुबई,कुबेत लगायतका देशको यस्तो घोषणा



याे समचार पनि पढ्नुहोस्

मैले ०१७ सालको क्रान्तिको सम्झना भनेर एउटा किताब लेखेको छु । ०१७ साल पुस १ मा राजाले जननिर्वाचित संसद् विघटन तथा संसद्ले चुनेको सरकार अपदस्थ गरेका थिए । राजा महेन्द्रले हाकाहाकी सार्वजनिक मञ्चबाट जननिर्वाचित प्रधानमन्त्रीलाई जंगीअड्डाका सिपाही परिचालन गरेर गिरफ्तार गरेका थिए । त्यो बेला म नेपालमा थिइनँ, दार्जिलिङमा पढ्दै थिएँ । त्यही सुनेको हुँ । पछि त्यसबारे मैले गहिरो अध्ययन गरेँ ।

त्यो किन भयोजस्तो लाग्छ ?

–त्यतिबेला बीपी र राजा महेन्द्रबीचमा एक प्रकारको व्यक्तित्वको टकराव थियो । दुबै जना महत्त्वकांक्षी थिए । त्यतिबेला बीपीले वा राजनीतिक दलले कुनै गल्ती गरे भनेर महेन्द्रले ‘कू’ गरेका होइनन् । त्यतिबेलाको दस्तावेजको अध्ययनले ‘कू’ गर्नु पहिले धेरैपल्ट बीपी र राजा महेन्द्रबीच कुरा भएको पाउन सकिन्छ । जसमा राजाले ‘हेर्नुहोस् बीपी कि मलाई पाँच–सात वर्ष छोडिदिनुहोस् । म शासन गर्छु । होइन भने तपाईं गर्नुहोस् । पाँच–सात वर्ष म रानी लिएर बेलायतमा गएर बस्छु । आवश्यक परे बोलाउन होला’ भन्ने सम्मका कुरा भएको छ ।

राजाको परिवर्तन पनि महत्त्वकांक्षा मात्र थियो । नराम्रो गरिहालौँ भन्ने राजाको मनसाय थिएन । राणाको जस्तो व्यक्तिगत सिद्धि मात्र गर्ने होइन मेरो तरिकाले देशलाई केही गर्न सक्छु कि टेष्ट गर्रौँ भन्ने उनको मनसाय थियो । तर अलिपछि राजाले सोचेको ठीक विपरीत भयो ।

राजाले धेरै पल्ट औपचारिक–अनौपचारिक रुपमा त्यतिबेला भन्नुभएको छ –मैले प्रधानमन्त्री भनेर दुनियाँको छेउमा देखाउन सक्ने एउटा व्यक्ति भनेको बीपी मात्र हो । तर त्यतिबेला कू गर्नुपर्यो । कू गर्नका लागि पनि निहुँ चाहियो । त्यतिबेला भर्खर–भर्खर ००७ सालमा सामन्ती व्यवस्था हटेको थियो । दुरदराजका जनतालाई त्यो राम्रोसँग अनुभूति पनि भइसकेको थिएन । त्यतिबेला छोटा राणाहरु गाउँमै थिए । गाउँको मान्छेले राणातन्त्र गयो भन्ने अनुभूति गर्न पाएका थिएनन् । त्यतिबेलै ०१७ सालको कू किन भयो ? जनताले धेरैपछि मात्र कुरा बुझे । अहिलेको जस्तो राजनीतिक चेतना थिएन । जब राज्य रजौटा उन्मुलन, भूमिसम्बन्धी सुधार, जलजमिन र जंगलसम्बन्धी संसदमा प्रस्ताव आएपछि ठूलाबडाले विरोध गरे । उनीहरु अदालतमा पनि गए । राजालाई गुहारे ।

त्यही इस्यूलाई लिएर राजाले परिवर्तन चाहे । राजाको परिवर्तन पनि महत्त्वकांक्षा मात्र थियो । नराम्रो गरिहालौँ भन्ने राजाको मनसाय थिएन । राणाको जस्तो व्यक्तिगत सिद्धि मात्र गर्ने होइन मेरो तरिकाले देशलाई केही गर्न सक्छु कि टेष्ट गर्रौँ भन्ने उनको मनसाय थियो । तर अलिपछि राजाले सोचेको ठीक विपरीत भयो ।

त्यसको कारण के थियो ?

– उनी (राजा)का मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने सबै सामन्ती पुत्रहरु थिए । त्यतिबेला पढेलेखेका बडेबडे जिम्दार, बडेबडे अफिसरको छोराछोरी मात्र पढेलेखेका हुन्थे । मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उनीहरु भए । अनि राजाले सोचेजस्तो अवस्था भएन । पञ्चायत व्यवस्था फेल भयो ।

राजाले बीपीको योग्यता र क्षमतामाथि प्रश्न उठाउनु भएको थिएन । यता जनतामा पनि राजनीतिक दल र सरकारको नेतृत्वप्रति वितृष्ण थिएन भन्नुभयो । तर पनि जनता राजाको ‘कू’ विरुद्ध किन विरोधमा उत्रन सकेनन् भन्ने लाग्छ ?

– यसलाई बुझ्न आन्दोलनको इतिहासमा जानुपर्ने हुन्छ । संसारमा धेरै आन्दोलन भए । ठूला ठूला आन्दोलनका कुरा गर्दा अमेरिका, रसिया, चीन, भारतकै भयो । फ्रेन्च रिभुलेसन पनि भयो । त्यसमा जनसंख्याको एक प्रतिशतले भाग लिएको हुँदैन । तर राजाको कूको विरोधमा भ्यङ्कर भाग लिए । मेचीदेखि महाकालीका जनताले बन्दुक उठाए ।

मेरो किताबमा दुई ठाउँबाट समर्थन आएको उल्लेख गरेको छु । एउटा चीन र अर्को पाकिस्तानबाट बलियो समर्थन आएको थियो । त्यतिबेला मार्सल चेन्नी चीनको मन्त्री थिए । उनी पार्टीका उपाध्यक्ष पनि थिए । उहाँले ‘नेपाली जनताको विरुद्धमा कहीँबाट कुनै प्रकारको एक्सन भयो भने श्री ५ महाराजधिराज र नेपाली जनताको पक्षमा सधैँ चीनको सरकार उभिनेछ’ भन्नु भएको छ ।

त्यसो भए पञ्चायती शासन ०१७ देखि ०४६ सालसम्म किन कायम रह्यो ? त्योबीचमा किन पञ्चायती व्यवस्था परिवर्तन हुन सकेन ?

गो गम्भीर प्रश्न हो । तर यो सामान्य जनताले बुझ्ने भाषा र घटना होइन । राजाले ‘कू’ गर्न किन सके भन्ने बुझ्नुपर्छ । राजाले ‘कू’ गर्नुमा राजाको इच्छा मात्रले पनि सम्भव थिएन । राजालाई बाहिरबाट समर्थन आयो ।

कुन–कुन ठाउँमा समर्थन आएको थियो ?

मेरो किताबमा दुई ठाउँबाट समर्थन आएको उल्लेख गरेको छु । एउटा चीन र अर्को पाकिस्तानबाट बलियो समर्थन आएको थियो । त्यतिबेला मार्सल चेन्नी चीनको मन्त्री थिए । उनी पार्टीका उपाध्यक्ष पनि थिए । उहाँले ‘नेपाली जनताको विरुद्धमा कहीँबाट कुनै प्रकारको एक्सन भयो भने श्री ५ महाराजधिराज र नेपाली जनताको पक्षमा सधैँ चीनको सरकार उभिनेछ’ भन्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here