Home News खुसिको खबर: नेपालमै दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको एसेम्बल गर्न धमाधम आवेदन दिँदै...

खुसिको खबर: नेपालमै दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको एसेम्बल गर्न धमाधम आवेदन दिँदै अटो कम्पनीहरु

1958
0

नेपालमै दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको एसेम्बल गर्न धमाधम आवेदन दिँदै अटो कम्पनीहरु



याे समचार पनि पढ्नुहोस्

मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि जटिल र गम्भीर मोडमा पुगेको नेकपा विवाद बुधबार साँझसम्म आउँदा केही शान्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन र अर्का अध्यक्ष पुष्पकमल दाहाल विशेष अधिवेशन बोलाउन निवेदन दर्ता गर्ने निर्णयबाट पछाडि हटेपछि नाटकीय रुपमा विवाद केही शान्त जस्तो देखिएको छ ।

तर, यति महत्वपूर्ण निर्णयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने स्थायी कमिटी बैठकमा सुनाएनन् । ओली र दाहालबीचको सहमतिलाई वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले पनि शंकाको दृष्टिले हेरेका छन् ।
नेकपा विवाद अचानक शान्त हुनुको कारण बुझ्न दिनभर भएका घटनाक्रमतर्फ जानुपर्ने हुन्छ । दिउँसो एक बजे स्थायी कमिटी बैठक बोलाइएको थियो । एक नेताका अनुसार बैठक अगाडि नै ओलीले संवादका लागि भन्दै दाहाललाई ‘आज फाइनल कुरा गरौं, तपाईं आउनुस्’ भनेर बालुवाटार बोलाएका थिए । त्यसैअनुसार दाहाल साढे १२ बजे बालुवाटार पुगेका थिए ।

ओली र दाहालबीच साढे १२ बजे नै पहिलो चरणको संवाद भएको थियो । ती नेताका अनुसार ओली र दाहालबीच पहिलो संवाद सकारात्मक भएको थिएन । ओली र दाहालको संवादलाई नजिकबाट हेरेका सचिवालयका ती नेताका अनुसार पहिलो संवाद सकारात्मक नभएपछि दाहाल बैठक चलाउन हलमा आएका थिए ।

तर, बैठक औपचारिक रुपमा सुरु भएको थिएन । यस बेलासम्म शीतल निवास पुगेका भीम रावल र पम्फा भुसालले विशेष अधिवेशन सम्बन्धी निवेदन दर्ता गर्न पाएका थिएनन् । उनीहरु १२ बजेर ४८ मिनेटमा नै शीतल निवास पुगेका थिए ।

ओलीसँगको संवादपछि दाहाल हलमा आएको केहीबेरमै महासचिव विष्णु पौडेलले अध्यक्ष दाहाललाई ओलीसँग संवाद गर्नुपर्ने भयो भन्दै जान आग्रह गरे । त्यसपछि बैठक सुरु नगरी दाहाल दोस्रो चरणको संवादका लागि ओलीकहाँ पुगेका थिए । ओली र दाहालबीचको दोस्रो संवादमा महासचिव पौडेलबाहेक स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुसाल पनि सहभागी थिए ।

दोस्रो संवादमा भने ओली नरम तरिकाले प्रस्तुत भएको सहभागी एक नेताले बताए । स्रोतका अनुसार त्यही छलफलमा ओली र दाहालबीच समझदारी भएको थियो । पहिलो, सरकारले अध्यादेश फिर्ता लिने । दोस्रो, संसद् अधिवेशनको मागको निवेदन फिर्ता लिने । र तेस्रो, सहमतिमा नै छिट्टै संवैधानिक नियुक्ति गर्ने ।

यो सहमतिपछि ओली बैठकमा आउन तयार भएका थिए । चार बजेमात्रै स्थायी कमिटी बैठक सुरु भएको थियो । बैठकको सुरुमै अध्यक्ष दाहालले आफ्ना धारणा राखेका थिए ।

स्थायी कमिटीका एक सदस्यका अनुसार दाहालले भनेका थिए, ‘व्यवस्था नै उल्टिने त हैन भन्ने चिन्ता प्रकट भइरहेका छन् । अहिले हामीले यसलाई बचाउनु पर्छ । बचाउन पार्टीभित्र अन्तर्विरोध हल हुनुपर्छ । छलफल र निर्णय गरेरमात्रै अन्तरविरोध हल गर्न सकिन्छ ।’

बैठकमा दाहालले दुई बुँदे सहमति भएको जानकारी दिँदै भनेका थिए, ‘अहिले केपी कमरेडले मेरो प्रस्ताव फिर्ता लिनुपर्छ भनिरहनु भएको छ । तर, त्यो फिर्ता लिने स्थिति छैन भनेर मैले भनिरहेको छु । बैठकमा छलफलबाट एउटा निष्कर्ष निकाल्नुपर्छ । अहिले भएको सहमति दुई वटामात्रै हो । एउटा, अध्यादेश फिर्ता लिने र अर्को संसद् बैठक बोलाउने निवेदन फिर्ता लिने ।’

दाहालपछि ओली बोलेका थिए । बैठकमा केही नरम भएर प्रस्तुत भएका ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राखे । स्थायी कमिटीका ती नेताका अनुसार ओलीले भनेका थिए, ‘पार्टी अहिले अफ्ट्यारो ठाउँमा छ । संवेदनशील ठाउँमा छ । हामी सबै मिलेर सहज बनाउन सकिन्छ, सबै नमिले सकिँदैन । नत्र ध्वस्त भइन्छ । तर गालीगजौज, झगडा, आरोप्र प्रत्यारोप गरेर समाधान हुँदैन । त्यसैले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्छ ।’तर बैठकमा ओलीले सहमतिबारे बोलेनन् । बरु ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँ न त भनेर प्रस्ताव गरेका थिए ।

ओलीले पहिलो लहरमा बसेका पाँच जनामध्ये गौतममात्रै प्रधानमन्त्री नभएको भन्दै उनलाई कतैबाट चुनाव लडाएर प्रधानमन्त्री बनाउन त भन्ने प्रस्ताव गरेका थिए ।

बैठकमा अध्यादेश र सहमतिबारे ओली नबोलेपछि वरिष्ठ नेता नेपालले हस्तक्षेप गरेका थिए । स्थायी कमिटीका ती सदस्यका अनुसार नेपालको भनाइ थियो, ‘यो कुरा त भयो । तर आजको सहमति के हो ? अध्यादेश फिर्ता लिने र सांसदको निवेदन फिर्ता लिने भनेको हो कि हैन ? तपाईंहरुबीचमा के सहमति भएको छ, त्यो तपाईंहरु बीचको सरोकारको विषय हो । पार्टीको निम्ति बैठकमा सहमति हुन्छ या त बैठकले निर्णय गर्छ ।’

त्यसपछि स्थायी कमिटी सदस्य घनश्याम भुसालले भएको सहमतिबारे गाह्रो नमानी बैठकमा प्रष्ट पार्दिनँ आग्रह गरेका थिए । त्यसपछि स्थायी कमिटी सदस्य नेम्वाङले पनि दुई अध्यक्षबीचमा भएको सहमतिबारे बोलेका थिए ।

नेम्वाङ र भुसालले दुई अध्यक्षबीचमा भएको सहमतिबारे बैठकमा सुनाएपछि बल्ल ओलीले प्रक्रिया पुर्‍याएर अध्यादेश फिर्ता लिन गाह्रो नपर्ने बताएका थिए । तर, उनले आत्मालोचना नगरेको ती सदस्यले बताए । त्यसपछि मात्रै अध्यादेश फिर्ता लिने र सहमतिको आधारमा संवैधानिक नियुक्ति गर्ने निर्णय सर्वसम्मत्तिले गरेको थियो । अब पुस ५ गते स्थायी र १० गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । Ekantipur बाट साभार गरिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here