Home News अमेरिकाले यस्तो गुनासो गरेपछि नेपालले फर्कायो जवाफ, यस्तो निर्णयमा पुग्यो अमेरिका Nepal...

अमेरिकाले यस्तो गुनासो गरेपछि नेपालले फर्कायो जवाफ, यस्तो निर्णयमा पुग्यो अमेरिका Nepal US

731
0

अमेरिकाले यस्तो गुनासो गरेपछि नेपालले फर्कायो जवाफ, यस्तो निर्णयमा पुग्यो अमेरिका Nepal – US



याे समचार पनि पढ्नुहोस्

मंगलबारको स्थायी कमिटीको निर्णय लागू गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच बुधबार बालुवाटारमा भएको संवाद पनि तिक्ततापूर्ण बन्यो । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने स्थायी कमिटीको निर्णयको अर्कोदिन त्यही अध्यादेशको जगमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि दुई अध्यक्षबीच तनावपूर्ण संवाद भएको थियो ।

दाहालले परिषद् बैठक स्थगित नगरे संसद्को अधिवेशन बोलाउने निवेदन फेरि राष्ट्रपतिकहाँ पुर्‍याउने चेतावनी दिएका थिए । यस्तो चेतावनीसँगै दाहालले लगातार अडान लिएपछि बिहीबार पाँच बजे बोलाइएको परिषद् बैठक त स्थगित भयो तर अध्यादेश फिर्ताको प्रक्रिया भने अगाडि बढेन । दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग समेत परामर्श गरेर अध्यादेश फिर्ता लिने बताएका थिए ।

स्थायी कमिटीले मंगलबार जारी संवैधानिक परिषद्‌ सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपतिकहाँ निवेदन दर्ता नगर्ने र संवैधानिक परिषद्का प्रमुख र पदाधिकारीहरूको नियुक्ति सहमतिकै आधारमा गर्ने निर्णय गरेको थियो । तर, यसलाई लागू गर्न प्रधानमन्त्री ओलीले आलटाल गरेपछि सशंकित अध्यक्ष दाहालले सचिवालयका अन्य सदस्यहरुसँग बिहीबार साँझ नै सल्लाह गरेका थिए ।

प्रधानमन्त्रीसँगको संवाद सकारात्मक नभएको अर्कोदिन दाहाल–नेपाल समूहले शुक्रबार प्रदेश–१ स्तरीय जिल्ला पदाधिकारीहरुको भेला गरेको छ । पार्टी जनवर्गीय संगठनको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको भेलामा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, स्थायी कमिटी सदस्य भीम आचार्यलगायतका नेता सहभागी थिए । भेलामा १४ जिल्लाका दाहाल–नेपाल निकट अध्यक्ष, सचिव र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य सहभागी थिए ।

भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले केपी ओलीले गरेका बदमासीहरुको बारेमा खुलेरै आलोचना गरेको बताए । भेलामा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसहितका नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने संकेत गरेको एक नेताले बताएका थिए । भेलामा अध्यक्ष दाहालले ओलीबाट पटक–पटक धोका पाएको गुनासो गरेका थिए । नेता नेपालले पार्टीको विधि पद्धतिलाई ओलीले कसरी उल्लङ्घन गरे भन्नेबारे बोलेका थिए ।

केन्द्रीय सदस्य खतिवडाले यो गुटको भेला नभएर पार्टी एकता जोगाउन गलत प्रवत्तिका विरुद्ध प्रतिवाद गर्न लागेको बताए । ‘आज पार्टीको एकतालाई जोगाउनु हाम्रो प्रमुख कर्तव्य हो । त्यसकारण हामी खराव प्रवृत्तिको विरुद्धमा संगठित भएर प्रतिवाद गर्न लागिरहेका छौं,’ खतिवडाले भने, आजको संकटपूर्ण घडिमा तपाई नेता कार्याकर्ताहरुको एकताको जरुरी छ भन्नेकुरामा नेताहरुले जोड दिनु भएको छ ।’

भेलामा उपस्थित नहुने उपाध्यक्ष वामदेव गौतमले पनि नेकपाभित्रको विवाद कतातिर मोडिँदैछ भन्ने संकेत दिएका छन् । उपाध्यक्ष गौतमले कुनै पनि भेलामा नजाने तर पाँच नेताको बैठकमा भने जाने बताएका छन् । बैठकबाटै सबै समस्याको समाधान गर्नुपर्ने तर्क गौतमको छ ।

यस्तै, शुक्रबार पनि ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । तर, विवाद समाधानमा भने ठोस सहमति बनेको छैन ।

यस अघि दाहाल–नेपाल समूहले मंसिर २५ मा वाग्मती प्रदेशस्तरीय भेला गरेको थियो । यो समूहले जिल्ला तहमा पनि भेला गरेका समाचार आइरहेका छन् । २८ मंसिरमा दाहाल–नेपाल पक्षले ओलीको गृहनगर झापाको दमकमा प्रदेशस्तरीय अनेरास्ववियुको भेला गरेको थियो । भेलामा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल, महेश रेग्मी, भाष्कर काफ्ले, अनेरास्ववियुका केन्द्रीय सहसंयोजक रञ्जित तामाङलगायत सहभागी थिए । यो समूहले अन्य प्रदेशमा पनि विद्यार्थी संगठनको भेला गर्ने तयारी गरेको छ । यस्तै, वाग्मती प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुमा पनि यो समूहका भेलाहरु हुँदै आएका छन् ।

उता ओली समूहले पनि जिल्ला जिल्लामा मदन भण्डारी फाउन्डेशनका नाममा भेला गरेको छ । मंसिर २८ गते काठमाडौंमा मदन भण्डारी फाउन्डेशन रसुवा जिल्ला समितिको आयोजनामा भेला भएको थियो । भेलालाई उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । भेलामा ओली निकट वाग्मती प्रदेश कमिटी सचिव आनन्द पोखरेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार राजन भट्टराईलगायतका नेताले सम्बोधन गरेका थिए ।

ओली समूहले २७ मंसिरमा प्रदेश १ स्तरीय युवाहरुको भेला मोरङमा गरेको थियो । भेलालाई केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, युवा संघका सहसंयोजक रमेश पौडेललगायतले सम्बोधन गरेका थिए । भेलामा १ नम्बर प्रदेशका १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी थिए ।

नेकपामा विवाद समाधानको उपायबारे दुवै समूहका फरक–फरक दृष्टिकोण छन् । ओली समूहले सचिवालय हुँदै स्थायी कमिटीमा पेस भएको दाहालको प्रस्तव फिर्ता हुनुपर्ने र भदौ २६ को निर्णय कार्यान्वयनलाई नै अहिलेको विवाद समाधानको सूत्र मानेको छ । तर, दाहाल–नेपाल समूहले दुवै अध्यक्षका प्रस्तावमाथि छलफल र सबै निर्णय स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले गर्ने र त्यसको कार्यान्वयनमा सबै इमान्दार हुनुपर्ने अडान राखेको छ ।

यही विवादबीच केन्द्रीय कमिटी र संसद् अधिवेशनसमेत निकट आएकाले नेकपाको एकीकृत भविष्यलाई लिएर विभिन्न आशंका पनि छन् । यिनै आंशकाकाबीच दुवै समूह सम्भावित सबै विकल्पका लागि तयारी अवस्थामा समेत देखिएका छन् । ओली निकट नेताहरुले बहुमत–अल्पमतका निर्णय भए त्यहीँ नै विभाजनको विन्दु हुने बताएका छन् । तर, दाहाल–नेपाल समूहले सहमति नभएको अवस्थामा स्वत: बहुमत–अल्पमत हुने भन्दै केन्द्रीय कमिटी बैठक पर्खेर बसेका छन् ।

ओलीले स्थायी कमिटी बैठक बोलाउन नमानेपछि पाँच नेताले कात्तिक २२ गते लेखेको पत्रपछि विवाद नयाँ चरणमा प्रवेश गरेको थियो । त्यसपछि संवाद पनि साँघुरा बन्दै गएका छन् । यद्यपि त्यसबीचमा बैठक स्थगनका लागि भने संवादकै कारण देखाइएको छ । सुरुमा २१ मंसिरमा बोलाइएको बैठक एक साता र २८ मंसिरमा बसेको बैठक पुन: तीन दिनका लागि स्थगित भएको थियो । पुस १ मा बसेको बैठक ५ गतेसम्मका लागि स्थगित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here