Home News एकै घरका ६ जना हराएपछि हेर्नुहोस् , बचेकी छोरी रुदै मिडिया ,...

एकै घरका ६ जना हराएपछि हेर्नुहोस् , बचेकी छोरी रुदै मिडिया , कसरि हराए त सबै परिवार (पुरा भिडियो हेर्नुहोस्)

143
0

एकै घरका ६ जना हराएपछि हेर्नुहोस् , बचेकी छोरी रुदै मिडिया , कसरि हराए त सबै परिवार (पुरा भिडियो हेर्नुहोस्)



याे समचार पनि पढ्नुहोस्

देश नै हल्लाउने गरी मन्त्रिपरिषद्बाट पारित अध्यादेशबारे मन्त्रीहरू भने अनभिज्ञ छन् । अध्यादेशको प्रस्ताव कति वेला आयो, कसरी पारित भयो र अब फिर्ता गर्ने विषयमा के भइरहेको छ ? मन्त्रीहरू यो प्रक्रियाको साक्षी पनि बन्न पाएका छैनन् ।

अध्यादेश फिर्ता लिने पार्टी स्थायी कमिटीको निर्णयमा ओली स्वयं उपस्थित थिए । तर, भोलिपल्ट उनले सोही अध्यादेशको आधारमा संवैधानिक परिषद् बैठकसमेत बोलाए । पार्टी अध्यक्ष प्रचण्डको आपत्तिपछि प्रधानमन्त्री ओली अन्ततः बैठकबाट पछि हटे पनि अध्यादेश फिर्ताको प्रक्रिया भने सुरु गरेका छैनन् । संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश फिर्तासम्बन्धी एजेन्डामाथि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा छलफल नै भएन ।

प्रधानमन्त्रीले त्यसबारे उच्चारण नै नगरेपछि पार्टी स्थायी कमिटीको निर्णयअनुसार अध्यादेश फिर्ता भयो कि भएन भन्ने विषयमा बैठकमा सहभागी मन्त्रीहरू पनि अन्योलमा परेका छन् । साँझ साढे ६ बजे सुरु भएको बैठक करिब एक घन्टा बसे पनि अध्यादेशको एजेन्डाबारे कुनै जानकारी नपाएका मन्त्रीहरूले फिर्ताका विषयमा पनि कुनै चासो राखेनन् ।

‘जुन शैलीमा अध्यादेश पास गरेर राष्ट्रपतिबाट जारी गरियो, त्यही शैलीबाटै निर्णय गराएर फिर्ता हुने होला भन्ने लागेर हामीले त्यस सम्बन्धमा कुनै जिज्ञासा राखेनौँ,’ स्थायी कमिटी सदस्यसमेत रहेका एक मन्त्रीले नयाँ पत्रिकासँग भने, ‘पार्टी स्थायी कमिटीले राजनीतिक निर्णय गरिसकेकाले प्रधानमन्त्रीले उल्लंघन गर्नुहोला वा विपरीत चल्नुहुन्न होला भन्ने लागेको छैन ।’ ती मन्त्रीले अध्यादेश जारी भएकै शैलीमा फिर्ता हुने विश्वाससमेत व्यक्त गरे ।

अध्यादेश फिर्ता गर्नैपर्ने अडानमा कांग्रेस

कांग्रेसले मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्नैपर्ने अडान दोहोर्‍र्‍याएको छ । पार्टीभित्रको दबाब थेग्न नसकेपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । कांग्रेसका शीर्ष नेताहरूको बैठकले पनि संसद्लाई छलेर ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने माग गरेको थियो । तर, अध्यादेश खारेज नहुँदै बिहीबार संवैधानिक परिषद् बैठकको सूचना आएपछि कांग्रेस नेता अचम्मित भएका थिए । तर, लगत्तै देउवाले बैठकमा सहभागी नहुने प्रतिक्रिया दिएका थिए ।

‘कांग्रेसले सुरुमै भनेको थियो, अहिले पनि त्यही कुरा हो, अध्यादेश फिर्ता नभइन्जेल जतिपटक बोलाए पनि कांग्रेस बैठकमा जाँदैन, बैठकका निर्णयहरू मान्दैन,’ देउवानिकट नेता रमेश लेखकले भने । उनले बिहीबार सभापति देउवाले संवैधानिक परिषद् बैठकको निम्तो आउनेबित्तिकै आफू नआउने जवाफ पठाएको जानकारी दिए ।

मंगलबार बिहान ९ बजे परिषद्को बैठकका लागि बालुवाटार पुगेका देउवा सरकारले हठात् अध्यादेश जारी गरेपछि साँझको बैठकमा गएका थिएनन् । अध्यादेश जारी भएपछि कांग्रेसभित्र त्यसको विरुद्धमा सडक संघर्ष गर्नुपर्ने आवाजसमेत उठिसकेको छ । ‘उहाँहरूबीच बुधबार एकाएक सहमति भयो, अध्यादेश फिर्ता नहुँदै बिहीबार फेरि प्रधानमन्त्रीले परिषद्को बैठक बोलाउनुभयो, यसमा थुप्रै शंका–आशंका उब्जिने ठाउँ छन्, तर कांग्रेसको अडान उही हो,’ नेता लेखकले भने ।

कांग्रेसले बुधबारै संसद् तत्काल बोलाउन माग गरेको छ । त्यसबारे शुक्रबार बस्ने संसदीय दलको बैठकमा थप छलफल गर्ने कांग्रेसले जनाएको छ । कांग्रेस संसदीय दलको बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here