Home News एक्का* सी यस्तो प्रस्ताव लिएर प्रधानमन्त्री ओली खुमलटार पुगेपछि प्रचण्ड चकि’ त,...

एक्का* सी यस्तो प्रस्ताव लिएर प्रधानमन्त्री ओली खुमलटार पुगेपछि प्रचण्ड चकि’ त, ओलीको चाम’त्कारिक यु टर्न

224
0

एक्कासी यस्तो प्रस्ताव लिएर प्रधानमन्त्री ओली खुमलटार पुगेपछि प्रचण्ड चकि’त, ओलीको चाम’त्कारिक यु टर्न




याे समचार पनि पढ्नुहोस्

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ । ‘भौतिक रुपमा दर्शक एवं स्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन ।’

यसैगरी सहआयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले भनिन्, ‘आईएमई नेपाल लिटरेचर फेस्टिभलसाग मेरो धेरै पुरानो नाता छ । म आबद्ध बुक क्लब, ह्वाट द बुक क्लबको स्थापनाको श्रेय पनि आईएमई नेपाल लिटरेचर फेस्टिभललाई नै जान्छ । किनकि यही एक मात्र साहित्यिक जमघटका कारण हामीले हालको समयमा पोखरेली युवामा पठन संस्कृति विकास गर्न सफल भएका छौं ।’

आईएमई नेपाल लिटरेचर फेस्टिभल जस्ता कार्यक्रमले युवालाई साहित्यप्रति जागरुक गराएको उनको भनाइ छ । ‘यसले एकै छानामुनि आफूलाई मनपर्ने साहित्यकार एवम् कलाकार र विशिष्ट व्यक्तित्वसँग भेट गर्ने अवसर जुराउँछ,’ उनले भनिन्, ‘हाल कोभिड–१९ का कारण यो अवसर जुट्न नसके पनि हामी यो वर्ष देश तथा विदेशमा रहेका साहित्यप्रेमी तथा शुभचिन्तकसँग युट्युब लाइभबाट जोडिनेछौं ।’

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here