Home News विश्वकै लामो यात्रु वाहक केबलकार निर्माण गर्दै नेपाल, डिपिआर अनुसार यस्ता छन्...

विश्वकै लामो यात्रु वाहक केबलकार निर्माण गर्दै नेपाल, डिपिआर अनुसार यस्ता छन् सुविधा

223
0

विश्वकै लामो यात्रु वाहक केबलकार निर्माण गर्दै नेपाल, डिपिआर अनुसार यस्ता छन् सुविधा



याे समचार पनि पढ्नुहोस्
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको भेटको तारतम्य उपाध्यक्ष गौतम र महासचिव पौडेलले मिलाएका थिए । त्यसैअनुसार उपाध्यक्ष गौतम र महासचिव पौडेलको खुमलटार प्रवेश भएको थियो ।

शुक्रबार पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा भेटवार्ता भएको थियो । यही भेटमा प्रधानमन्त्री ओलीले शनिबार खुमलटार आउन सक्ने संकेत पनि दिएका थिए । नेताहरुबीच शनिबार दिनभर म्याराथन भेट भए पनि विवाद समाधानका लागि सहमतिको ठोस प्रस्ताव भने प्रवेश गरेको छैन । नेकपाको सचिवालयका एक सदस्यले शनिबारको भेटमा ओलीले अध्यक्ष दाहाललाई सचिवालय र स्थायी कमिटीमा पेस भएको प्रस्ताव फिर्ता लिन आग्रह गरेका र यसबाहेक अरु कुनै ठोस प्रस्ताव नआएको बताए ।

ती नेताले भने, ‘प्रधानमन्त्री ओलीले सहमतिका लागि आफूले अन्तिमसम्म प्रयास गरेको थिएँ भन्ने देखाउन भेट गरेको जस्तो देखिन्छ । तपाईंको प्रस्ताव फिर्ता लिनुस् भन्नेबाहेक उहाँले प्रचण्डसँग अरु कुनै ठोस प्रस्ताव गर्नु भएको छैन ।’तर, अध्यक्ष दाहालले भने सचिवालयमा दर्ता गरेको र हाल स्थायी कमिटीमा पुगेको प्रस्ताव पार्टी बैठकबाट प्रक्रियाअनुसार टुंगिने अडान दोहोर्‍याएका छन् । ओलीले दाहालको पत्रलाई लाञ्छनापत्र भन्दै फिर्ता नहुँदासम्म बैठकमा समेत सहभागी नहुने अडान लिएका छन् ।

प्रस्ताव फिर्ताको सुनिश्चता नभए आइतबारको स्थायी कमिटी बैठकमा नआउने ओलीको संकेत थियो । यसअघि मंसिर २१ मा त ओलीले पत्र नै लेखेर यही अडानलाई बैठकमा अनुपस्थित हुनुको कारण बताएका थिए । सचिवालयका ती सदस्यले प्रधानमन्त्री ओली महाधिवेशनसम्म पार्टीको र चुनावसम्म सरकारको नेतृत्वबारे सोच्न नसक्ने बुधबारको स्थायी कमिटीमा पनि बोलेकाले तत्काल सहमतिको सम्भावना कम रहेको बताए ।

यद्यपि उपाध्यक्ष गौतमलाई फकाउन प्रधानमन्त्रीले केही नयाँ अस्त्र फाल्न सक्ने ती सदस्यको बुझाई छ । बुधबारको स्थायी कमिटी बैठकमा ओलीले पार्टी अध्यक्ष पनि नभएका र प्रधानमन्त्री पनि नभएका व्यक्तिका रुपमा गौतमलाई दुवै पदमा अगाडि सार्न सकिने अमूर्त संकेत गरेका थिए । गौतम निकट केही नेताहरुले बालुवाटारबाट गौतमलाई अध्यक्ष बन्नेसम्मको प्रस्ताव आएको पनि दाबी गरेका छन् ।

विवाद समाधान नभए पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले बहुमत, अल्पमतको आधारमा निर्णय लिन सक्ने खतरा बढिरहेका बेला आफ्नो तर्फबाट अन्तिमसम्म पनि सहमति जुटाउन कोसिस भएको थियो भन्ने सन्देश दिने गरी यस्ता भेट भएका छन् । आइतबार स्थायी कमिटी र शुक्रबार केन्द्रीय कमिटी बैठक आव्हान गरिएको छ ।

मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने स्थायी कमिटीको बुधबारको निर्णय तीनदिनसम्म कार्यान्वयन नभएको अवस्थामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेट भएको हो । संसद् अधिवेशन अगाडि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेशसमेत ल्याउन सक्ने भय नेकपामा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहलाई छ । जबकि यो समूह पार्टीभित्र सहमति नभए केन्द्रीय कमिटीबाट बहुमत अल्पमतका आधारमा निर्णय लिने तयारीमा छ ।

अर्कोतिर नेकपामा अहिले समूहगत भेला पनि जारी छन् । एक अर्को समूहमाथि दबाब बनाउने र विवाद तलैसम्म पुर्‍याउने कोसिसले नेकपाको एकीकृत भविष्यलाई लिएर अनेकौं शंका गरिएका छन् । स्थायी कमिटीका एक नेता भन्छन्–’शनिबारका भेट शक्तिसंचय र थप रणनीति निर्माणका कोसिस हुन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here