Home News संसद विघटन घोष’णा लगतै ब’बाल, भर्खरै ड’रलाग्दो भयो हेर्नुहोस्, ग’म्भीर संक’टमा फ’स्यो...

संसद विघटन घोष’णा लगतै ब’बाल, भर्खरै ड’रलाग्दो भयो हेर्नुहोस्, ग’म्भीर संक’टमा फ’स्यो देश

651
0

संसद विघटन घोष’णा लगतै ब’बाल, भर्खरै ड’रलाग्दो भयो हेर्नुहोस्, ग’म्भीर संक’टमा फ’स्यो देश



याे समचार पनि पढ्नुहोस्

वर्षायाममा आकाशबाट परेको पानीको केही भाग भलका रूपमा खोलानालामा पुग्छ, केही भाग वाष्पीकरण भई वायुमण्डलमा जान्छ र केही भाग जमिनमुनि जान्छ । जमिनमुनि पुगेको पानी चट्टानमा रहेका छिद्र र चिराहरूमा जम्मा हुन्छÙ माटो, बालुवा, गेग्य्रान आदिमा पनि जम्मा हुन्छ । यसरी जमिनमुनि पानी जम्मा भएको स्थानलाई भूमिगत जलभण्डार भनिन्छ । यसरी जम्मा भएको पानी समयक्रममा बिस्तारै चट्टानको ढलान वा चिराहरूतर्फ बग्छ र जमिनको सतहबाहिर आउँछ । जुन ठाउँबाट पानी जमिनबाहिर निस्कन्छ, त्यो ठाउँलाई मूल अथवा मुहान भनिन्छ । जमिनमुनिबाट सतहमा निस्किएको हुनाले मुहानको पानी भूमिगत पानी हो । कुवा, पोखरी र सिमसिमे क्षेत्र पनि मूलकै रूप हुन् ।

मुहानहरू के कारणले सुक्छन् ?

पहिले राम्रो पानी आउने मूलहरूमा अहिले नआउने वा कम आउने, बाह्रैमास पानी आउने मूल सुक्खा मौसममा सुक्नेजस्ता केही मुख्य कारणबारे अब केही चर्चा गरौं ।

१. भौतिक पूर्वाधारको निर्माण र भू–उपयोगमा परिवर्तन : ग्रामीण सडक तथा विभिन्न प्रयोजनका भौतिक पूर्वाधारका पक्की संरचनाहरूको निर्माण, वनजंगलको विनाश आदिका कारण जमिनको सतह खँदिलो भएमा वर्षायामको पानी जमिनभित्र नगई सीधै नाली र खोल्सी हुँदै खोलानालामा मिसिन पुग्छ । त्यसैकारण भूमिगत जलभण्डारमा पानीको परिमाण घट्दै जान्छ । जथाभावी ग्रामीण सडक खन्नाले र वातावरणीय अवस्थाको ख्यालै नगरी अन्धाधुन्ध बुल्डोजर प्रयोग गर्नाले पनि मूल भएको जमिनमुनिको संरचनामा असर गर्छ । खानीबाट ढुंगा–बालुवा निकाल्दासमेत जलभण्डारण क्षेत्र कम भई खानीवरपर रहेका मुहानहरूमा पानी कम हुन्छ र ती सुक्दै जान्छन् ।

नेपालका केही स्थानका वनजंगलमा सल्लो प्रजातिका रूखको संख्या बढ्नु र चौडा पात भएका अरू प्रजातिका रूखहरू घट्दै जानु पनि मुहानमा पानी कम हुनु वा मुहान सुक्दै जानुका कारण हुन् । सन् २०१४ मा काभ्रेपलान्चोक जिल्लाको झिखुखोला जलाधार क्षेत्रमा गरिएको एक अनुसन्धान र अरू विभिन्न अध्ययनले सल्ला प्रजातिका रूखले जमिनमुनि जाने पानीको मात्रा घटाउने र वाष्पीकरण बढाउने देखाएको छ । यी दुवै अवस्थाले भूमिगत जलभण्डारमा जाने पानीको मात्रा घटाउँछन् ।

२. लोपोन्मुख प्राचीन पोखरीहरू : हाम्रा पूर्वजहरूले पहाडका विभिन्न रणनीतिक ठाउँमा पोखरीहरू निर्माण गरेका थिए । ती पोखरीले भूमिगत जलभण्डारको पुनर्भरणमा धेरै ठूलो योगदान गर्थे । विभिन्न कारणले गर्दा परम्परागत रूपमा बनाइएका पोखरीहरू नाश हुँदै गएका प्रशस्त उदाहरण हामीसामु छन् । विनाश भएका पोखरीका कारण पनि भूमिगत जलभण्डारमा पानीको कमी भई मुहानहरू सुक्छन् । रामेछापको ढुंग्रे जलाधार क्षेत्रमा भएका अन्दाजी १०० पोखरीमध्ये अहिले औंलामा गन्न सकिने संख्यामा मात्र बाँकी छन् । पानी सुकेकाले केही परिवार हिउँदको समय तल्लो क्षेत्रमा बसाइँ सर्ने गरेका छन् । गाउँमा मात्र नभएर सहरी क्षेत्रका पोखरीहरू पनि सम्पूर्ण रूपमा नाश हुँदै गइरहेको प्रत्यक्ष देख्न सकिन्छ ।

३. भूमिगत जलको बढ्दो उपयोग : काभ्रेपलान्चोक जिल्लासहित अरू विभिन्न पहाडी बस्तीमा लेकदेखि बेंसीसम्म इनार खन्ने वा डिप बोरिङ गर्ने प्रचलन बढ्दै छ । इनार वा बोरिङबाट मोटरले पानी तान्ने अभ्यास बढ्नाले मुहानहरूमा प्रत्यक्ष असर पर्न गई ती सुकेका उदाहरणहरू छन् । काभ्रेपलान्चोकमा समुद्र सतहबाट करिब १६०० मिटर उचाइमा पनि इनार खनेको पाइयो । केही कम गहिरो इनार र डिप बोरिङ पनि सुकेर अझै गहिरो इनार र बोरिङ खन्नुपरेको अवस्था पनि भेटियो । यसरी इनारको पानी मोटर लगाएर तान्दा भूमिगत जलस्तर घट्ने नै भयो ।

४. वर्षामा परिवर्तन : नेपालमा जेठ–असारदेखि असोजसम्म कुल वार्षिक वर्षाको करिब ७०–८० प्रतिशतसम्म पानी पर्छ । जलवायु परिवर्तन वा अन्य कारणले गर्दा पहिलाजस्तो अहिले पानी नपरेको जनसमुदायको अनुभव छ । पहिला तीन–चार दिन लगातार झरी पर्ने गर्थ्यो तर अहिले छोटो समयमा धेरै पानी पर्ने गरेको छ । लामो समयसम्म झरी पर्दा जमिन बिस्तारै भिजेर पानी जमिनभित्र पस्ने गर्थ्यो । अहिले छोटो समयमा धेरै पानी पर्दा जमिनभित्र गइसक्नुअघि नै सतहबाट बगेर खोलानालामा पुग्छ । पानीले जमिन भिजाएर बिस्तारै भित्र पुग्ने प्रक्रिया पूरा नहुँदा भूमिगत जलभण्डारमा पानी थपिँदैन । फलतः मुहानहरूमा पानी कम हुँदै जान्छ र कालान्तरमा ती सुक्छन् ।

५. भूकम्पको असर : नेपालमा सानाठूला भूकम्पहरू बारम्बार गइरहन्छन् । भूकम्पका बेला जमिन र जमिनमुनिका संरचना (जियोलजिक फर्मेसन) चलायमान हुन्छ । यस बेला कतै चट्टानहरू खुम्चिन्छन् भने कतै फुक्छन् । यस्तो अवस्थामा भूकम्पपश्चात् कति मूलबाट बढी पानी निस्कने, कतै कम निस्कने वा सुक्ने र कति ठाउँमा नयाँ मूल निस्कने पनि हुन्छ । कुनै मुहानमा जमिनमुनिबाट पानी आउने बाटोमा अवरोध पुग्न गए पानी भित्रभित्रै जम्मा भएर बस्छ । भूकम्पपछि रित्तो भएको जलभण्डार भूकम्पभन्दा पहिलाको अवस्थामा आउन समय लाग्छ किनकि वर्षाको पानी जमिनमुनि जम्मा भई जलस्तर माथि उठ्नुपर्ने हुन्छ । यदि भूकम्पपछि जमिनमुनि बग्ने पानीको बाटो परिवर्तन भएको छ भने अन्यत्रै मूल फुटेको देखिन्छ । २०७२ सालको भूकम्पपश्चात् सिन्धुपाल्चोक, काभ्रेपलान्चोकसहित धेरै जिल्लामा यस्तो अवस्था बनेको हामीले देखेका थियौं ।

मुहान कसरी सुधार्ने ?

अहिलेसम्म मुहानवरिपरि वा मूल निस्कने स्थानमा पानी जम्मा गर्न स्थायी संरचना बनाउने र सरसफाइ गर्ने काम त हुँदै आएको छ, तर पुनर्भरण क्षेत्रमा वर्षाको पानी संकलन गर्ने वा जमिनको सतहबाटै बगेर खेर गइरहेको पानीलाई जमिनमुनि भण्डारण गर्नेजस्ता भूमिगत जलभण्डारमा पानीको मात्रा बढाउने कार्य खासै भएको पाइँदैन । मूल सुधार्ने केही तरिका तल उल्लेख गरिएका छन् ।

१. पुराना पोखरीहरूको संरक्षण र पुनरुत्थान : पोखरी मूलको एउटा स्रोत हुन सक्छ । विभिन्न कारणले पुरिएका प्राचीन पोखरीहरूलाई मर्मत–सम्भार गरेर क्षमता बढाएमा मूलमा पानीको मात्रा बढ्न सक्छ । केही वर्षअघि काभ्रेपलान्चोक जिल्लाको डराउने पोखरी क्षेत्रमा मासिएका केही पुराना पोखरीहरूको पुनरुत्थान गर्दा मूलमा पानी बढेको पाइएको थियो ।

२. पुनर्भरण क्षेत्र पहिचान र पुनर्भरण संरचनाहरूको निर्माण : यदि मूल सुधार्ने हो भने पुनर्भरण क्षेत्रमा वर्षाको पानी संकलन गरी भूमिगत जल भण्डारमा पानीको मात्रा बढाउने कार्य गर्नुपर्छ । पुनर्भरण क्षेत्र मूलको नजिक वा टाढा र जुनसुकै दिशातर्फ पनि हुन सक्छ । त्यसकारण पुनर्भरण क्षेत्र पहिचान गर्नु आवश्यक हुन्छ । पुनर्भरण क्षेत्रको पहिचान भौगर्भिक अध्ययन र अवलोकनबाट गर्न सकिन्छ । मुहानको वरपर अवस्थित चट्टानहरू कस्तो प्रकारका छन्, कस्ता चट्टानमा पानी भण्डारण हुन्छ र कुनमा हुँदैन, चट्टानहरू कुन दिशातिर ढल्केका छन् आदि तथ्यको अवलोकन गर्नुपर्छ । त्यसबाट भूमिगत पानी कुन दिशातिर बग्छ भन्ने जानकारी लिन मद्दत पुग्छ ।

स्थानीय समुदायको परम्परागत ज्ञान पनि पुनर्भरण क्षेत्र पहिचानमा महत्त्वपूर्ण हुन्छ । वर्षाबाट उपलब्ध पानीलाई जमिनभित्र भण्डारण गर्न सतहमा बगिरहेको भलको गतिलाई कम गरी वा रोकी बिस्तारै जमिनभित्र सोसिन दिनुपर्छ । भलको गति कम गर्ने वा रोक्ने अवरोधक संरचनाहरूमा पुनर्भरण पोखरी, कुलेसो, खाल्डाखुल्डी, ससाना पर्खाल, आली, घाँसेघेरो, वृक्षरोपण, गरा सुधार, चेक ड्याम आदि पर्छन् । पुनर्भरण क्षेत्रमा वनजंगल छ भने वनभित्र रहेका खाली ठाउँ हेरी उपलब्ध ठाउँमा पोखरी, ट्रेन्च, कुलेसा र खाल्डाखुल्डी बनाउन सकिन्छ । सामान्यतया यी संरचनाहरूको आकारप्रकार उपलब्ध जमिनको क्षेत्रफल अनुसार निर्धारण गरिन्छ । पुनर्भरण क्षेत्रमा चरन छ भने कम गहिरा र चौपायामैत्री पोखरी र ट्रेन्च बनाउनुपर्छ । पुनर्भरण क्षेत्रमा खेतीपाती लगाइएको छ भने गरा सुधार गरी भिरालो बारीलाई समतल बनाउनुपर्छ । चरन क्षेत्र, बारी, जंगल अथवा क्षतिग्रस्त जमिनमा ससाना गल्छी छन् भने चेक ड्याम बनाई बगेको पानी जम्मा गर्न सकिन्छ ।

मूलको निरन्तर बहाव सुनिश्चित गर्नमा जमिन सतहका बोटबिरुवाको पनि ठूलो महत्त्व हुन्छ । सल्लो प्रजातिका रूखहरूले जमिनमुनि जाने पानीको मात्रा र वाष्पीकरणबाट माटोमा सिञ्चित पानीको परिमाण घटाउँछन् । पहाडी जिल्लाका धेरै ठाउँमा सल्ला प्रजातिको जंगल बढेपछि मूलको पानीमा कमी आएको पाइएको छ । त्यसैले सल्लो प्रजातिका रूखको सट्टा वाष्पीकरण घटाउने र अहिलेभन्दा धेरै पानी जमिनमुनि छिर्न मद्दत गर्ने रैथाने प्रजातिका अरू रूख लगाउनुपर्छ । यस्ता उपायले भूमिगत जलभण्डारको स्तर बढाई मुहानहरूमा सुधार ल्याउन सघाउँछन् । दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पादुकास्थानका केही मूलको बहाव उपर्युक्त विधिहरू अपनाएको दुई–तीन वर्षमै बढेको पाइयो । नयाँ संरचनाका साथै प्राचीन पोखरीको संरक्षणमा पनि ध्यान पुग्नु जरुरी हुन्छ ।

भूमिगत जलभण्डार पुनर्भरण संरचनाहरूको निर्माण एकल प्रयासबाट सम्भव हुँदैन । संस्थागत संरचना निर्माण, प्रभावकारी शासन व्यवस्था, स्थानीय निकायसँग सहकार्य र महिला तथा सीमान्तकृत समुदाय आदिसहितको बृहत् जनसहभागिता आवश्यक हुन्छ । भूमिगत जलभण्डार पुनर्भरणका कार्यक्रम पालिकाहरूको प्राथमिकतामा पार्न सके दिगो जलस्रोत व्यवस्थापनमा धेरै मद्दत पुग्छ । स्थानीय जलस्रोत संरक्षणप्रति लक्षित कार्यहरूमा स्थानीय निकायको सहयोग तथा स्थानीय ज्ञान र सीपलाई प्रयोग गर्न सके यसमा ठूलो टेवा मिल्छ । प्रायः सुक्खा मौसम वा खडेरीको समयमा मात्रै मूल संरक्षण गर्नेबारे विषय उठाउने तर वर्षातको समयमा त्यसबारे चर्चा नगर्ने प्रचलन छ । पहाडी जीवनको मुख्य आधारशिला मानिएको मूल तथा पोखरीको संरक्षणलाई वर्षभरि नै प्राथमिकतामा राख्न सके पानीसँग सम्बन्धित समस्याहरू समाधान हुने तथा जीविकोपार्जनमा पनि सकारात्मक योगदान पुग्ने देखिन्छ ।जलाधार व्यवस्थापनका अनुसन्धानकर्ता ढकाल र जलवायु तथा जलविज्ञान समूहका टोली नेता नेपाल दुवै इसिमोडसँग आबद्ध छन् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here