Home News भर्खरै बालुवाटारमा सन’सनी, यि ७ मन्त्रीले दिए सामूहिक राजीनामा PM Kp oli...

भर्खरै बालुवाटारमा सन’सनी, यि ७ मन्त्रीले दिए सामूहिक राजीनामा PM Kp oli cabinet

371
0

भर्खरै बालुवाटारमा सन’सनी, यि ७ मन्त्रीले दिए सामूहिक राजीनामा PM Kp oli cabinet



याे समचार पनि पढ्नुहोस्

हितोपदेशमा उल्लिखित यी सूक्तिको अर्थ हुन्छ, ‘विद्याले विनम्रता प्रदान गर्छ, विनम्रताले पात्रता प्रदान गर्छ (अर्थात् चरित्रवान् र लायकदार बनाउँछ), पात्रताले धन सिर्जना गर्छ र धनले सत्कर्ममार्फत खुसी र सन्तोष प्रदान गर्छ।’ सूक्तिमा भनिएको विद्या कुनै विषयमा प्राप्त गरिने ज्ञान हो, विषयको विशिष्टता वा दक्षता हो। सामान्यरूपमा सिक्नु र सिकाउनुलाई शिक्षा भन्न सकिन्छ। शिक्षा ज्ञान प्राप्त गर्ने तरिका हो, माध्यम हो।

त्यसैले विद्याको मुहान शिक्षा हो। अर्थात् खुसी, सन्तोष, सत्कर्म, धन, सुचरित्र र विनम्रताको प्रमुख कारक शिक्षा हो। भौतिकवादी चिन्तन राख्नेले यी वाक्यमा विमति राख्न सक्छन् तर शिक्षाबिना मानव मुक्तिको कल्पना गर्न सकिने वैज्ञानिक आधारहरू छैनन्।

शिक्षालाई शत्रु ठान्ने पत्रुलाई रुचाउने विवश जनता पनि विश्वमा छन्। मुक्तिनाथ अधिकारीको हत्यालाई विद्वान् नेता डा. बाबुराम भट्टराईले क्रान्ति भनेका थिए। उनी प्रधानमन्त्रीको बने र उनको आन्दोलनको समापन भयो। मोरङका एकजना शिक्षक राजेन्द्र श्रेष्ठलाई क्रान्तिका नाममा फेरि बलि चढाइयो। शिक्षणजस्तो संसारकै सबभन्दा सम्मानित तर न्यून बेतनीय पेसामा संलग्न एउटा गरिब नागरिकको घाँटी रेटियो। नागरिकले वक्तव्य निकालेर आफ्नो कर्तव्य निर्वाह गरे।

व्यक्ति हिंसा नगर्न अनुरोध गरियो। कसैले दोषीलाई कारबाही गर्नुपर्ने वक्तव्य निकाले। छापाले सम्पादकीय लेखे। इलेक्ट्रोनिक मिडियामा बौद्धिकहरूले आआफ्नै झीनामसिना तर्कहरू प्रस्तुत गरे। अर्को एकजनाको घाँटी नरेटिएसम्मका लागि मुद्दा यसै सेलायो। यो समान अधिकारयुक्त लोकतान्त्रिक नेपालको एउटा परिदृश्य हो।

कुनै देश विकसित वा अविकसित हुनुका कारण के हुन् ? पंक्तिकारको भनाइ अलिकति अपाच्य र अपमानजनक हुन सक्छ, तर नागरिक अविकसित भएको देश अविकसित हुन्छ। नागरिकलाई उसको क्षमताको पहिचान गराएर उसलाई विकसित बनाउने माध्यम विद्या हो। नागरिक विद्याद्वारा सुसूचित भएको देश अविकसित रहँदैन। विश्वको महाशक्ति राष्ट्र अमेरिकाको आर्थिक र सामरिक टक्कर पहिले कम्युनिस्ट राष्ट्र रूससँग थियो। अहिले त्यो कम्युनिस्ट राष्ट्र चीनसँग छ। अहिले चीनको भन्दा ठूला र खुँखार माओवादीहरू नेपालमा छन्।

झन् नेपालमा त लेनिनवादी, किमवादी र मदुरोवादीको समेत उल्लेख्य उपस्थिति छ। अमेरिकाको आर्थिक प्रतिद्वन्द्वी नेपाल किन बन्न सकेन ? ३३ करोड जनसंख्या भएको अमेरिका १३३ करोड जनसंख्या भएको भारतभन्दा शक्तिशाली र धनी हुनुका कारण के हुन् ? भारतमा त झन् धर्मवादी, धर्मनिरपेक्षतावादी, माओवादी, लेनिनवादी, जातिवादी आदि अनेक खालका स्वयंघोषित लोककल्याणकारी दलहरू छन्। चीनले बेलायतभन्दा पहिले नै ठूलो जहाज बनाइसकेको थियो तर समुद्रमा राज गरेर बेलायतले विश्वमा साम्राज्य स्थापित गर्‍यो। कसरी ? यी प्रश्नका अनेक जबाफ होलान्, तर यी सबैसँग शिक्षा जोडिएको छ। जसले शिक्षाको महŒव बुझ्यो र ज्ञान आर्जनमा लगानी गर्‍यो, उसले समृद्धि आर्जन गर्‍यो।

चीनको अहिलेको उन्नति र भारतको दुर्गतिसँग त्यहाँका शिक्षा प्रणालीको गहिरो साइनो छ। त्यसैले समाजको रूपान्तरण, उत्थान र सशक्तीकरणका लागि एउटा अनिवार्य वस्तु शिक्षा हो। शिक्षा र शिक्षकलाई शत्रु मान्ने समाजकै शत्रु हुन्। ती मानवताविरोधी हुन्। दुर्भाग्यले यस्ता कुपात्रलाई नेपालमा अझै केही बौद्धिक समर्थन प्राप्त छ। यो नेपालको शिक्षा प्रणालीको असफलताको मापक हो। समृद्धि र सुशासनको बाधक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here