Home News भर्खरै नेपाली सेनालाई यस्तो नि’र्देशन, ५ घण्टापछि बाहिरियो ओलीले अकल्प’निय कदम चाल्नुको...

भर्खरै नेपाली सेनालाई यस्तो नि’र्देशन, ५ घण्टापछि बाहिरियो ओलीले अकल्प’निय कदम चाल्नुको कारण PM Oli

444
0

भर्खरै नेपाली सेनालाई यस्तो नि’र्देशन, ५ घण्टापछि बाहिरियो ओलीले अकल्प’निय कदम चाल्नुको कारण PM Oli



याे समचार पनि पढ्नुहोस्

यतिखेर यस्ता परिवर्तनहरू नेपालका खर्कहरूमा मात्रै होइन, विश्वभरकै उच्च उचाइका घाँसे मैदानहरूमा देख्न सकिन्छ । नेपालमा देखिएजस्तै झाडी प्रजातिका वनस्पतिको अतिक्रमण, मरुभूमीकरण, माटाको क्षयीकरण र जैविक विविधता, विशेष गरी बहुवर्षीय घाँसे वनस्पतिको नाश रेन्जल्यान्ड क्षेत्रको विश्वव्यापी साझा समस्या हो । कतिपय ठाउँमा त बढ्दो सहरीकरण, खनिज उत्खनन र खर्कको वैयक्तीकरण पनि तीव्र भइरहेका छन्, जसले गर्दा खर्कहरू विश्वव्यापी रूपमै खस्कँदै छन् ।

विनाशको मूल कारक

अन्य प्राकृतिक स्रोतहरूजस्तै खर्क विनाश हुँदै जानुको मुख्य कारक बढ्दो आर्थिक, सामाजिक, प्राविधिक र सांस्कृतिक परिवर्तन नै हो, जसले गर्दा खर्क अनि त्यसमा आधारित जैविक प्रणाली एवं त्यसको सदुपयोग र व्यवस्थापन गर्ने मानवीय संस्थानहरूमा द्रुत फेरबदल भएका छन् । पशुपालनको आम्दानीले परिवार धान्न मुस्किल भएपछि खर्कमा गरिने पशुपालनका क्रियाकलापहरू अनाकर्षक बन्न पुगेका छन् ।

बचपनमा प्रशस्त दूध, घिउ खान पाइने भनेर भेडीगोठ जान रमाउने पुस्ता यतिखेर युवा भएको छ, जसका लागि हिमाली भेगमा भेडीगोठ सार्ने परम्परा एउटा कष्टकर उद्यम बनेको छ । काम कष्टकर, मुनाफा कम हुने गरेका कारण नयाँ पुस्ता ‘गोठाला’ बन्न अनिच्छुक देखिन्छ । त्यसकारण मनाङ, गोरखा, रसुवा लगायतका थुप्रै हिमाली जिल्लाका भेडीगोठहरू यतिखेर निर्जन बनेका छन् । त्यसको असरस्वरूप, चरीचरनका कारण सन्तुलनमा रहने घाँसे मैदान झाडीमय बन्न पुगेको छ । वैज्ञानिक अनुसन्धानहरू भन्छन्– घाँसे मैदानको स्वास्थ्यका लागि मध्यमस्तरको चरीचरन अनिवार्य हुन्छ ।

जलवायु परिवर्तन, विशेषतः हिउँदमा धेरै हिउँ पर्ने र गर्मी महिनामा लामो समयसम्म सुक्खा भइदिनाले पाकिस्तानका उच्च हिमाली भेगका खर्कहरूका प्रजातिगत जैविक संयोजन (स्पेसिज कम्पोजिसन) मा फेरबदल भएको र मंगोलियाका खर्कहरू विनाशउन्मुख हुँदै गरेको अध्ययनहरूले देखाएका छन् । तर हामीकहाँ उच्च हिमाली भेगका खर्कहरूमा जलवायु परिर्वतनले पारेको असरका बारेमा गम्भीर अनुसन्धान (उचित प्रयोगात्मक रचना गरिएको र लामो समयको तथ्यांक लिइने) नै हुन सकेको छैन ।

केही अनुसन्धान भएका छन् जुन छोटो समयको अवलोकनमा आधारित भएकाले परिवर्तनको प्रमाण दिन असमर्थ छन् । जलवायु परिवर्तनका बारेमा नेपालभित्र र बाहिर हामीले यति धेरै हल्लीखल्ली गर्दा त्यसले प्रभाव पार्न सक्ने हाम्रो हिमाली पर्यावरणको ठूलो हिस्सा बोकेको खर्कको अनुसन्धानमा ध्यान नदिनु उदेकलाग्दो छ । जलवायु परिवर्तनले खर्कमा पारेको प्रभावको मात्रै होइन, समग्रमा खर्कसम्बन्धी अनुसन्धान नै न्यून छ । उदाहरणका लागि, अनुसन्धानात्मक लेखको डेटाबेस वेभ अफ साइन्समा पंक्तिकारले ‘रेन्जल्यान्ड, नेपाल’ खोज्दा ३५ लेख देखिए, ‘फरेस्ट नेपाल’ खोज्दा ११३५ लेख । यसले वनको तुलनामा रेन्जल्यान्डसम्बन्धी अनुसन्धानको अवस्था ज्यादै निम्छरो भएको देखाउँछ ।

जलवायु परिवर्तनका अलावा पछिल्लो समयमा खर्कको अवस्था खस्कनुमा यार्सागुम्बाको संकलनलाई पनि लिन सकिन्छ । यार्सागुम्बा संकलनका लागि हजारौं मानिस उच्च हिमाली भेगका पाटनहरूमा महिनौंसम्म बस्ने चलनले गर्दा खर्कको स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको सहजै अनुमान गर्न सकिन्छ, यद्यपि यससम्बन्धी पनि अनुसन्धान हुन सकेको छैन ।

व्यवस्थापनका चुनौती

केही पहिल्यैदेखि विद्यमान अनि केही नयाँ चाप (प्रेसर) र चालक (ड्राइभर) हरूले खर्कको अवस्थामा परिवर्तन ल्याएपछि त्यसको प्रत्यक्ष असर यसमा आधारित जीविकामा परेको छ । खर्कहरूमा स्रोत कम हुँदै गएपछि कतिपय त्यससम्बन्धी पेसालाई चाहेर पनि अँगाल्न नसक्ने अवस्थामा पुगेका छन् भने कतिपय गाउँहरूबीच संरक्षित क्षेत्र र स्थानीयबीच चरनका रूपमा खर्क प्रयोग गर्ने बेला द्वन्द्वसमेत हुने गरेका छन् । जस्तै– दार्चुला जिल्लामा नेपाली सौका र गैरसौका समुदायबीच खर्क र त्यसको स्रोत उपयोगसम्बन्धी द्वन्द्व छ । त्यस्तै द्वन्द्व मनाङमा गर्मी र जाडोयाममा गरिने खर्क प्रयोगसम्बन्धी देखिन्छ । खर्क उपयोगको द्वन्द्व नेपाली गाउँलेहरूबीच मात्रै सीमित छैन, नेपालसँग सिमाना जोडिएका तिब्बतका गाउँ र भारतका गाउँसँग समेत हुने गरेको बेलाबखतमा समाचारमा पढ्न पाइन्छ ।

खर्कको खस्कँदो अवस्था सुधार्न र समग्र खर्कको व्यवस्थापनका लागि स्थानीयस्तरमा केही पहल हुन थालेका छन् । उदाहरणका लागि, हिमाली भेगका केही पालिकाहरू (हेलम्बु, सिन्धुपाल्चोक) ले पशुपालनमा कृषकहरूलाई आकर्षित गर्न चौंरीहरूको बिमा कार्यक्रम गरेर पशुपालनका लागि प्रोत्साहन दिन थालेका छन् । केहीले खर्क सुधार कार्यक्रमहरू पनि सञ्चालन गर्न थालेका छन् । तर त्यी प्रयासहरू खर्कको खस्कँदो गतिका तुलनामा अपर्याप्त छन् । त्यसका लागि राष्ट्रियस्तरमै संस्थागत प्रयास जरुरी छ ।

खर्क व्यवस्थापनको अभियानका लागि नीतिगत अस्पष्टता र खर्क व्यवस्थापन गर्ने निकायबीचको अन्योल पनि जिम्मेबार छ । उदाहरणका लागि, खर्कसम्बन्धी कार्यक्रमहरू कृषि मन्त्रालय अन्तर्गतको पशु उत्पादन निर्देशनालय मातहतका कार्यालयहरूले गर्छन् । तर खर्कबाट संकलित जडीबुटीको राजस्वको व्यवस्थापन वन मन्त्रालय अन्तर्गतका कार्यालयले गर्छन् । खर्क नीतिले ‘जडीबुटी एवं गैरकाष्ठ वन पैदावारको उपलब्धता अध्ययन गरी कुनै खास खर्क क्षेत्रलाई जडीबुटी क्षेत्र तोक्ने र जडीबुटीको विकास र व्यवस्थापन अनि संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने’ लक्ष्य राखेको छ ।

वन नीतिले पनि ‘जडीबुटी र अन्य गैरकाष्ठ वनपैदावारको संरक्षण र उत्पादन र प्रशोधन’ लाई नै जोड दिन्छ । दुवै नीतिमा उस्तै कुरा तर कार्यान्वयन गर्ने निकाय फरक हुँदा व्यवस्थापनमा अन्योल थपेको सरकारी प्रतिवेदनहरूमै उल्लेख छ । त्यसै गरी हिमाली भेगमा यार्सागुम्बा संकलन गरिने पाटनहरूमध्ये कतिपयलाई सामुदायिक वनका रूपमा सरकारले स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ, जहाँ चरीचरन निर्बाध ढंगले चल्छ तर पछिल्लो वन ऐनमा सामुदायिक वनभित्र चरीचरनलाई निषेध गर्ने प्रावधान विद्यमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here