Home News सुस्मिताको आमा–बुवा चितवनमा, ‘ज्वाई नप’ क्रीई सुस्मिताले न्याय पाउँदिन’, आमाले यत्ति पैसा...

सुस्मिताको आमा–बुवा चितवनमा, ‘ज्वाई नप’ क्रीई सुस्मिताले न्याय पाउँदिन’, आमाले यत्ति पैसा दान गरिन्

100
0

कुपण्डोलको वाग्मती पुल नजिकै घर भएका सानुकान्छा गुवाजु आजभोलि मर्निङवाकमा निस्कँदैनन् । उमेरले ६५ कटेका गुवाजुलाई घर बाहिरको सडकको अवस्था सम्झेरै दिक्क लाग्छ ।

दिउँसो किनमेलका लागि बजार निस्कँदा पानी परेपछि उनी पान्इट माथि सारेर कहिले वल्लो त कहिले पल्लो छेउ ढुन्मुनाइरहेका थिए । ‘टेक्ने ठाउँ नै भेटिन्न, सडक बनाउनु त कता हो, झन मेसिन लगाएर माटोको थुपो बनाएर छाडिदिए,’ उनले भने,’जरुरी परेर सडकमा निस्कँदा पनि सुख छैन ।’

काठमाडौंका करिडोर सडकको हालत बिग्रँदा स्थानीयलाई मात्रै हैन, सडकलाई आधार बनाएर गरिखाने वर्गलाई पनि सताएको छ गुहेश्वरीकी रमा बिकले केही दिनदेखि मकै पोल्न पएकी छैनन् । उनले मकै पोलेर बेच्ने गरेको सडकमा अहिले पैदल हिँड्ने मान्छे छिटपुट मात्रै छन् सडकको छेउमा मकै पोलेर बस्न सक्ने अवस्था छैन, गाडीले कतिबेला हिलो छ्यापेर हुँइकिन्छ पत्तो हुन्न ।

दिउँसो आफ्नो ठेला राख्ने ठाउँ हेर्न आएकी उनलाई सडक देखेपछि विरक्त लाग्यो । ‘घाम लाग्यो भने धुलोले कुहिरीमण्डल हुन्छ, सास फेर्न पनि मुस्किल पर्छ, पानी पर्‍यो भने हिलोले मान्छेहरु बाटोमा हिँड्नै सक्दैनन्,’ उनले भनिन्,’अहिले ठेला ल्यायो भने बाटैमा गाडिन्छ ।’ करिडोर सडकहरुको हालत जति खराब भए पनि स्थानीयहरु निरीह छन् । कोरिडोर सडकलाई सरकारले बेवास्ता गरिरहेको अनुभव भए पनि उनीहरु कहाँ गएर समस्या समाधान गर्ने भन्नेमा अन्योलमा छन् ।

च्यासलको मनोहरा करिडोरको हालत हेरेर स्थानीय रुपेश बज्राचार्यलाई रिस उठ्छ । तर, रिस को माथि देखाउने ? उनलाई पत्तो छैन । कहिले ढल हाल्ने नाममा सडक खनिन्छ र त कहिले सडकमा माटो ल्याएर थुपारिन्छ । वडाध्यक्षलाई गुनासो गर्दा उनी ‘आफैं पीडित छु’ भनेर तर्किन्छन् । अब सडक कालोपत्रे कहिले हुन्छ भन्ने पत्तो छैन । झमझम पानी परिरहँदा यो मनोहराको करिडोर सडक किनारमा केही कामदारहरु पेटीमा टायल बिछ्याइरहेका छन् ।

‘सडक कालोपत्रे हुने बेलासम्म पेटी नै भत्किन्छ होला’ बज्राचार्य भन्छन्,’त्यसमाथि ठाउँ-ठाउँमा सडकको भाग नदीले काट्न थालिसक्यो ।’काठमाडौंका खोला तथा नदी करिडोर सडकमा सास्ती भोग्नेमा स्थानीयवासी र व्यापारी मात्रै छैनन्, यात्राका लागि दैनिकरुपमा करिडोर सडक प्रयोग गर्नेहरु पनि आजित छन् ।

सानेपाबाट टेकुस्थित आफ्नो कार्यालय आउन वाग्मती कोरिडोर प्रयोग गर्ने सरोज बस्ती धेरैपटक सडकमा पछारिइसके । उनको भनइमा दुई वर्षअघि किनेको मोटरसाइकल ‘खटारो’ भइसक्यो । ‘कति एउटै कथा ब्यथा भन्नु, हिलो र हिलोसँग त मेरो दोस्ती भइसक्यो,’ उनी भन्छन्,’करिडोर सडक भनेको यस्तै हुन्छ भनेर चित्त बुझाउनु पर्ने रहेछ ।’

काठमाडौंभित्र बग्ने नदी तथा खोला किनारमा करिडोर सडक बनाउने सरकारी नीति छ, नीति मात्रै छैन, वर्षैसाल ती करिडोरमा अतिक्रमण हटाउन, ढल बिछ्याउन, पेटी तथा पुल बनाउन, पिच तथा मर्मत गर्न भन्दै करोडौं रुपैयाँ खर्च पनि हुन्छ । तर, त्यसको प्रभावकारिता कति छ भन्ने जाँच्न प्राविधिक लिएर जानै पर्दैन । कोरिडोर सडकमा एक चक्कर लगाउने जो कसैले पनि भन्छ,’यस्तो पनि कँही सडक हुन्छ ?’
‘मन्त्रीज्यूलाई यता ल्याउन पाए…’

करिडोर सडकको अवस्था जस्तो भएपनि काठमाडौंका मूल सडकहरुको अवस्था गत वर्षको भन्दा यो वर्ष सुध्रिएको भनिँदैछ । सडकमा धुलो कम भएपछि लकडाउनका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको सामाजिक सञ्जालमा चर्चा पनि खुबै भयो । तर, आफूले नै नेतृत्व गरिरहेको सहरी विकास मन्त्रालयले हेर्न करिडोर सडकको अवस्था कस्तो छ भन्ने मन्त्री नेम्वाङलाई थाहा नभएको हैन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ करिडोर र भित्री सहरी सडकको अवस्था राम्रो हुन नसकेको स्वीकार्छन् । यस्ता समस्या भएका सडकबारे आफू जानकार भएको भन्दै नेम्वाङले भने,’स्थानीय तह र सम्बद्ध निकायलाईसँगै राखेर समन्वय गर्दै सडकको अवस्था सुधार्न प्रयास गर्छु ।’

काठमाडौंका करिडोर सडकहरुलाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाउने र मर्मत गर्ने जिम्मा पाएका छन् । यी दुवै निकाय सहरी विकास मन्त्रालय अन्तरगतका विकासे अड्डा हुन् । गुहेश्वरीका राजेश्वर त्रिपाठी करिडोर सडकको अवस्थाबारे मन्त्री नेम्वाङलाई पटक-पटक जानकारी गराएको बताउँछन् ।

‘अब एकपटक मन्त्रीज्युलाई नै यो बाटोमा यात्रा गराउन पाए हुन्थ्यो होला,’ उनी भन्छन्,’भीआईपी सवारी गुड्ने सडकमा पो उहाँको चर्चा छ त, गरिब जनताको बस्ती छिर्ने सडकले उहाँलाई नै गिज्याइरहेको छ ।’ ८ वर्षदेखि हालत उस्तै

काठमाडौंमा करिडोर सडक सुधार्न योजना बनाएरै काम थालेको ८ वर्ष भयो । तर अहिलेसम्म कुनै पनि करिडोरको निर्माण सकिएको छैन । वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइलाई मान्ने हो भने गोकर्ण दोभानदेखि बल्खुसम्मको १७ किमी लामो यो करिडोर बन्न अझै कति वर्ष लाग्छ भन्ने टुंगो छैन ।

तर, रकम अभावले काम अडि्कएको भने होइन । सरकारले दिएको बजेट खर्च नभएर फि्रज हुँदै आएको छ । यसै वर्ष पनि समितिलाई ४ अर्ब ८९ करोड बजेट दिइएको थियो, तर ३ अर्ब मात्रै खर्च भयो । विगतमा पनि यसैगरी दिएको बजेट पनि खर्च नहुने अवस्था छँदै थियो । काममा भएको ढिलाइ तथा लापरवाही र सुकुमबासीको उल्झन लगायतका कारण करिडोर सडकहरुको अवस्था सुध्रन नसकेको समितिका अधिकारीहरु बताउँछन् ।

अहिले गोकर्ण दोभानदेखि बल्खुसम्म वाग्मतीका दुवै किनारमा करिडोर सडक बन्दैछ । दुवै किनारको जोड्ने हो भने करिडोर ३४ किमी लामो हुन्छ । तर, अहिलेसम्म एउटा साइडको पनि पुरा निर्माण हुन सकेको छैन । केही खण्ड चिल्ला भएपनि वर्ष लाग्नासाथै खाल्डा पर्न थालिसकेको छन् ।

वाग्मती करिडोर निर्माणमा देखिएको सबैभन्दा ठूलो समस्या भिमसेनगोलादेखि मिनभवनसम्म २ किलोमिटर क्षेत्रमा फैलिएको सुकुम्बासी बस्ती हो । वाग्मती किनारको २० मिटर जग्गा समितिको हो ।

तर, सुकुम्बासीले त्यहीँ घर टहरा बनाएका छन् । यो क्षेत्रमा समितिले ७ मिटरको करिडोर खोलेको छ तर, यो करिडोरको ट्रयाकहैन, सुकुम्बासीको साँघुरो आँगन बनेको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले राजनीतिक दबावकै कारण बस्तीमा डोजर चलाउन सकेको छैन । थापाथलीको सुकम्बासी बस्ती हटाएर

ग्रिनरीसहित पार्क बनाउने योजना त छ, तर पूरा होला भन्नेमा समितिका अधिकारी नै विश्वस्त छैनन् । बल्खुमा पनि सुकुम्बासीकै समस्या छ । सानेपा साइडमा सडक निर्माण भइसके पनि बल्खु साइडमा भने सुकुम्बासी बस्तीकै कारण समितिले सडकको अहिलेसम्म पूरा ट्रयाक नै खुल्न सकेको छैन ।

विष्णुमति करिडोरको हालत उस्तै छ । टेकु दोभानदेखि बालाजु हुँदै महादेवखोला दोभानसम्म दुवै किनारमा करिडोर सडक बन्नुपर्छ । तर, अहिले टेकु दोभान, ढल्कु हुँदै गोंगबु बसपार्कसम्म ट्रयाक खुलेको छ । तर, कति भागमा कालोपत्रे भएको छैन । ढल बिच्छ्याउने काम सुरु भएको वर्षौं बितिसके पनि पूरा भएको छैन ।

गोंगबु बसपार्कबाट महादेवखोलासम्म एकतर्फी ट्रयाक खुलेको छ । माछापोखरीतर्फको भागमा भने अझैसम्म ट्रयाक खुल्न सकेको छैन । यहाँ पनि समस्या सुकुमबासी बस्ती नै समस्याका रुपमा छ ।

लामो समयसम्म यो करिडोरमा कसले काम गर्ने भन्ने अन्योल थियो । अहिले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नै काम गर्न थालेको छ ।
के भन्छ समिति ?

यो समितिले वाग्मती र विष्णुमती मात्रै हैन, मनोहरा, हनुमन्ते, कर्मनासा, इच्छामती, नख्खुलगायतका करिडोर सकड पनि पनि हेर्छ । नदी नियन्त्रण्का लागि पर्खाल लगाउने, नदीको संरक्षण गर्न तारबार गर्ने, ढल बिछ्याउने र सडक बनाउन तथा ममर्त गर्ने काम समितिकै हो ।

समितिका कार्यकारी निर्देशक लीलाप्रसाद ढकाल एक सय मिटर करिडोर सडक तयार गर्न ७० लाखदेखि एक करोड खर्च हुने गरेको बताउँछन् । उनका अनुसार यसअनुसार पर्याप्त बजेट पनि नपाएको उनको गुनासो छ । सुकुम्बासी बस्तीहरुका कारण पनि करिडोर सडकमा काम गर्न असहज भएको भन्दै उनले क्रमैसँग बाधा अड्चन फुकाउँदै काम गरिरहेको बताए ।

‘अब करिडोर सडकको मर्मत सडक विभागलाई नै दिनेबारे कुराकानी भइरहेको छ,’ उनी भन्छन्, ‘सीमित स्रोतले करिडोरमा ढल बिछ्याउन र नदी नियन्त्रण गर्ने र सडक बनाउने सम्मका काम गर्न सहज छैन ।’

इच्छामती लगायतका खोलामा पनि करिडोर निर्माण गर्न समितिले प्रयास सुरु गरेको भन्दै ढकालले स्थानीयको सहयोग पनि महत्वपूर्ण हुने बताए । ‘समस्या भएका सडक मर्मत गर्दैछौं, नयाँ सडकमा पनि पिच गर्दैछौं,’ उनी भन्छन्, ‘यो वर्ष पनि १३ किलोमिटर सडक बनायौं, वर्षामा अली बढी समस्या देखिनु स्वभाविक हो ।’

ढकालले सन् २०१४ देखि २०१९ सम्मको लागि तयार भएको कारिडोर सडकको गुरुयोजना पुनरावलोकन गर्न लागिएको जानकारी दिए । समस्या भएका खण्डहरुमा छिट्टै समाधानको प्रयास हुने उनी बताउँछन् सबै नदी करिडोरहरुको काम सक्न अब करिब १९ अर्ब बजेट आवश्यक पर्ने समितिको अनुमान छ ।

सुस्मिताको आमा–बुवा चितवनमा, ‘ज्वाई नप’ क्रीई सुस्मिताले न्याय पाउँदिन’, आमाले यत्ति पैसा दान गरिन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here