Home News अन्त :त भाइ’रल हुने सपना भयो समाप्त, टिकटक बनाउने क्रममा लडेका युवाको...

अन्त :त भाइ’रल हुने सपना भयो समाप्त, टिकटक बनाउने क्रममा लडेका युवाको गयो ज्या’न ramesh thapa dang (भिडियो हेर्नुहोस्)

529
0

अन्त :त भाइ’रल हुने सपना भयो समाप्त, टिकटक बनाउने क्रममा लडेका युवाको गयो ज्या’न ramesh thapa dang (भिडियो हेर्नुहोस्)



याे समचार पनि पढ्नुहोस्
आइतबारको ‘मेनु’ मा तीनवटा कुरा परेका छन् : संविधान मिचेर प्रतिनिधिसभाको विघटन । त्यसलाई आँखा चिम्लेर राष्ट्रपतिद्वारा अनुमोदन । पुरानो मिति राखेर, फिर्ता लिन्छु भनेको अध्यादेश देखाउँदै संवैधानिक अंगहरूमा असंवैधानिक नियुक्ति ।

भलै यो नयाँ अनिश्चितताको आरम्भ मात्र हो, जुन क्रम निर्धारित गन्तव्यमा पुगेपछि मात्र सायद ओली झसंग हुनेछन्, आफू निमित्त नायक बनेको पत्तो पाउनेछन् । राजनीतिमा यस्तो भइरहन्छ । खास गरी सत्ता–अहंकार बढेपछि निमित्त नायक बनेको थाहै नहुँदो रहेछ । राजा महेन्द्रले २०१७ सालमा गरेको संसद् विघटनलाई ‘कू’ भनेर अलग ठान्ने हो भने पनि पछिल्लो समयका तीनवटा नजिर हाम्रासामु ताजै छन् : २०५१, २०५९ र २०६९ सालका ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अहिलेकै जस्तो सत्ता–अहंकारको सिकार भएका थिए । त्यस बेला उनले संसद् विघटनको आत्मघात रोजेर हुँदा–खाँदाको बहुमत गुमाए, मुलुकले भने अस्थिरताको नयाँ चक्र भोग्नुपर्‍यो । अन्ततः त्यो माओवादी युद्ध फस्टाउने प्रस्थानविन्दु बन्न पुग्यो ।

२०५९ सालमा अर्का प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेजस्तै पार्टीसँगको झ्वाँकै–झ्वाँकमा गरेको संसद् विघटनले २०४७ सालको संविधान नै खायो । आफू शाही डिजाइनमा परेको उनले ज्ञानेन्द्र राजाको ‘कू’ पछि मात्र पत्तो पाए । २०६९ जेठ १४ को मध्यरात शीतलनिवास जाँदै गर्दा प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि लागेको हुँदो हो— संविधानसभा आफैं भंग गर्दै छु । तर परिणामले त्यो देखाएन, न त उनले तोकेको मितिमा चुनाव हुन सक्यो ।

ओलीले कोइराला, देउवा वा भट्टराई कसको बाटो लिने हुन्, वा महेन्द्रकै पदचाप पछ्याउने महत्त्वाकांक्षा पालेका हुन्, एकाध दिनमा प्रस्ट भइहाल्छ । आइतबारे कसरत हेर्दाचाहिँ उनी सके वैशाखमा, नत्र ‘अलि पछि अनुकूलतामा’ चुनाव गरेर एकलौटी शासन चलाउने आत्मरञ्जनामा देखिन्छन् । निकटवर्तीलाई उनले ‘सुरक्षा अंग, अदालत र भारतलाई म्यानेज गरिसकेको’ सन्देश प्रवाह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मत र मनसाय के हो, त्यो नागरिक तहमा समेत छर्लंग भइसकेको छ ।

यस दृष्टिबाट हेर्दा प्रधानमन्त्री ओली ‘म नै राज्य हुँ’ भन्ने लुई–शैलीको अहम्मा मुग्ध छन्, तर यथार्थमा उनी कामचलाउ प्रधानमन्त्री मात्र होइन, कामचलाउ राजनीतिक पात्र बन्नेतर्फ अग्रसर छन् । त्यो किनभने, उनको शक्तिको स्रोत संसद् र संसदीय दल थियो । उनलाई जनबल त्यसैबाट प्राप्त थियो । त्यसलाई नै रसातलमा पुर्‍याएपछि तत्क्षण त सबै शक्ति आफूमा केन्द्रित रहेको भ्रम उनमा पलाएको होला, केही शक्ति–अभ्यास गर्न पनि खोज्लान् । आफ्ना राजनीतिक विरोधीलाई तह लगाउन अख्तियारको अस्त्र सम्भवतः उनले लोकमान शैलीमा ब्युँताउने कोसिससमेत गर्लान् । तर ती सबै क्षणिक हुनेछन् ।

खासमा सत्ता–शक्ति आइतबारदेखि नै सिंहदरबार अघिल्तिरका अनिर्वाचित अंगहरूतर्फ सर्न थालेको छ । त्यसै पनि कुनै शक्ति रिक्ततामा रहँदैन, त्यो कतै न कतै स्थानान्तरित भइहाल्छ । पुस ५ को बिहानसम्मका शक्तिशाली ओलीसँग अब टेक्ने–समात्ने वैधानिक निर्वाचित आधार केही पनि बाँकी छैन, उनी न्यायालयको मुख ताक्नुपर्ने र जंगी अड्डाको टेको खोज्नुपर्ने अवस्थामा पुगेका छन् । सम्भवतः अब उनको नियति–निर्धारकको भूमिकामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा देखा पर्नेछन् । यो प्रसंगको व्याख्या अलि तल गरौंला । अहिलेलाई भने ओली–कदमले ल्याउने तत्कालका परिणाम के होलान् भन्नेतर्फ हेरौं ।

झट्ट हेर्दा आइतबारे दुर्घटनाको लक्ष्य संसद् विघटन देखिए पनि यसको पहिलो तारोचाहिँ सत्तारूढ नेकपाको विभाजन हो । विघटन त ब्युँतिन पनि सक्छ, तर विभाजन रोकिने सम्भावना अब एकदम कम छ । जब प्रधानमन्त्री ओली आफैं आफ्नो पार्टी टुक्र्याउन तयार भए, वा भनौं यही बाटोलाई मात्र उनले हालको समस्या समाधानको एकल सूत्रजस्तो ठान्न थाले, नेकपा विभाजनका निम्ति लालायित पक्षले खासै कसरत गर्नैपरेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here