Home News कमाला घिमिरे जन्मदिनमा अमृत सापकोटा सँग गाउदा गाउदै भक्कानियर रुदा सबैका आँखा...

कमाला घिमिरे जन्मदिनमा अमृत सापकोटा सँग गाउदा गाउदै भक्कानियर रुदा सबैका आँखा रसाए (भिडियो हेर्नुहोस्)

326
0

कमाला घिमिरे जन्मदिनमा अमृत सापकोटा सँग गाउदा गाउदै भक्कानियर रुदा सबैका आँखा रसाए (भिडियो हेर्नुहोस्)



याे समचार पनि पढ्नुहोस्

किसान ऋण लिन इच्छुक हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न पनि छ । सम्भवतः ऋणको कहर बुझेका किसानहरू जग्गा धितोमा राखेर ऋण लिन त्यति इच्छुक हुँदैनथे र जग्गाबाहेक उनीहरूसँग अर्को सम्पत्ति पनि हुन्नथ्यो । चर्का सुदखोरले गर्दा नै किसान गह्रुँगो ऋणको भारी बोक्दै विदेश पसेका हुन्थे । भीमबहादुर पाँडे र महेशचन्द्र रेग्मीको ग्रामीण साहुकारहरूप्रतिको लेखाइ हेरौं । पाँडेको ‘त्यस बखतको नेपाल’ मा ग्रामीण साहुकार र सुदखोरहरूप्रति रोष छ । रेग्मी भने सबैभन्दा गल्ती केन्द्रीय सरकार र त्यहाँ बसेर तिर्जा तथा पोत तोक्ने व्यक्तिको देख्छन् । जति नै चर्को ब्याज तिर्नुपरे पनि गाउँको साहुकार गाउँलेको सुखदुःखमा सँगै हुन्थ्यो, पर्दा बैंकको भूमिका निर्वाह गर्थ्यो । काठमाडौंका काजी वा अन्य जागिरे त किसानका निम्ति ऋण माग्न जाने ठाउँ पनि थिएनन् ।

आज पनि ग्रामीण जनतालाई पासोमा पार्ने सुदखोरहरूको चर्चा पत्रिकाहरूमा हुन्छ तर स्थिति सम्भवतः पहिलेजस्तो छैन । यदि वित्तीय संस्थाहरूलाई ऋण दिने जिम्मेवार निकायका रूपमा प्रयोग गरियो भने किसानलाई सुदखोरहरूको पन्जामा पर्नबाट जोगाउन सकिन्छ भने, ग्रामीण सुदखोरहरूलाई पनि औपचारिक माध्यममा बचत गरेर जिम्मेवार लगानीकर्ता बन्न प्रोत्साहन गर्न सकिन्छ ।

तर सरकारको ध्येय कसरी किसानलाई साधारण लिने व्यक्तिबाट उद्यमी बनाउने भन्नेमा पनि जानुपर्छ । यो भनेको किसानलाई प्रविधिमैत्री बनाउने अनि बजारसँग र कृषिमा आधारित उद्योगहरूसँग जोड्ने कार्य नै हो । उद्यमीहरूसँग उखु किसानहरूको सम्बन्ध बिग्रनु त्यसैले खराब खबर हो । कृषिमा आधारित उद्योगका उद्यमीका समस्या बुझ्ने र तिनलाई जिम्मेवार बन्न प्रेरित गर्ने जिम्मेवारी सरकारको पनि हो । यहाँ उद्यमीहरूलाई खलनायकका रूपमा हेर्नुपर्ने बातावरण बन्न सकेसम्म दिनु हुन्नथ्यो ।

उद्यमीहरूसँगको उखु किसानहरूको विवादलाई दुई कारणले गम्भीर रूपमा हेर्नुपर्छ । एक त, यदि उद्योगहरूले चिनी बेचेर आएको पैसा जानीजानी अर्कातिर लगेका छन् भने किसानको उत्थानका लागि कृषिमा आधारित उद्योगको उत्थान हुनुपर्छ भन्ने सोचाइलाई यसले कमजोर बनाउँछ । उद्यमीहरू मुलुकलाई सामन्तवादबाट पुँजीवादतिर लैजाने औजार हुन्, तिनलाई नयाँ सामन्त बनेर किसानको पसिना खाने छुट छैन । अर्को, किसानको प्रगतिका लागि हामी अरू धेरै व्यक्तिले कृषिमा आधारित उद्योग खोलून् भन्ने चाहन्छौं । यो निरन्तरको विवादले कृषिमा आधारित उद्योगको भविष्य छैन भन्ने देखाउँछ जुन राम्रो कुरा हैन ।

उद्योग सञ्चालकका रूपमा सरकारकै पनि राम्रो रेकर्ड छैन । सरकारले सुरु गरेको वीरगन्ज चिनी कारखाना बन्द छ र लुम्बिनी चिनी कारखाना घाटामा गएकाले दुई वर्षदेखि उखु क्रसिङ नगरेको भन्ने सरकारी रेकर्डले जनाउँछ । सरकारी सुविधासहित चलेका उद्योग त बन्द छन् भने, निजी उद्योग चल्न सक्छन् ? के निजी उद्योगहरूका साँच्चै समस्या छन् जसलाई सरकारले समाधान गर्नुपर्ने भए पनि गरेको छैन ? यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।

अबको नेपालले किसानहरूका लागि लिने नीति सर्वांगीण हुनुपर्छ । वित्त, बजार र उद्यमसँग किसानलाई जोड्ने कुरा माथि उल्लेख गरिसकियो । त्यसबाहेक किसानका घरहरू पनि अब आधुनिकीकरण गरिनुपर्छ । सम्भवतः यसका लागि भारत र चीनको गएको केही दशकको अनुभव अति उपयोगी हुन्छ । गतिलो चर्पी भयो भने रोगव्याधि कम हुन्छ, गतिलो भान्साघरले महिलाहरूलाई घरभित्रको धूवाँले ल्याउने रोगबाट बचाउँछ र तिनले छोराछोरीका स्याहारसुसारमा समय बिताउन पाउँछन् । यसरी भविष्यका नेपाली बलिया पाखुरा र दिमाग भएका निस्कनेछन् ।

विसं २०४० को दशकमा गरिएको एउटा नीतिगत परीक्षण सम्झनायोग्य छ । ग्रामीण ऊर्जाको समस्या समाधान गर्न र कतिपय स्वास्थ्य समस्यालाई सम्बोधन गर्न चीन लगायतमा सफल भएको गोबर ग्यास नेपाली गाउँलेले प्रयोग गर्न सकून् भनेर त्यसमा अनुदान दिइएको थियो । यसले नेपाली किसानहरूका भान्साको प्रकृति नै फेरिएको थियो । बिजुली तथा धूवाँरहित चुलोहरू धेरै किसानकहाँ पुगेका थिए ।

आज पनि किसानहरूका घरघरमा कपडा धुने मेसिन र फ्रिज होऊन्, कृषिमा प्रयोग गरिने बीउ र मलका लागि पैसाको कमी नहोस्, सकेसम्म मेसिनमा आधारित कृषिको विकास होस् भनी चाहने हो भने ‘गोबर ग्यास’ मोडलको उपयोगिता देखिन्छ । कृषि विकास बैंकबाट दिइएको गोबर ग्यास ऋणले किसानका घरहरूको संरचना परिवर्तन गरेको थियो । अब किसानलाई घरघरमै गएर वा सामुदायिक तहमा गएर पशु बिमा, खेती बिमा गर्न सिकाउने र प्रोत्साहित गर्ने, कपडा धुने मेसिन र फ्रिजहरू किन्न सहयोग गर्ने डेडिकेटेड बैंक तथा वित्तीय संस्थाहरू चाहिएका छन् ।

कृषि विकास बैंक स्थापना भएको केही वर्षमै संसारमा पेट्रोलियम संकट भएको थियो र अन्नको भाउ बढेको थियो । नेपालले त्यस बेला अन्न बेचेर पनि विदेशी मुद्रा कमाउन सकिन्छ र यस्ता संकट थाम्न केही सजिलो हुन्छ भन्ने थाहा पायो । किसानमा ऋण लैजाऔं भन्ने जोसले सुरुमा कृषि विकास बैंकले राम्रै नतिजा देखायो । उदाहरणका लागि, कृषि विकास बैंकले प्रवाह गरेको ऋण विसं २०३१ मा ७ करोड ६५ लाख थियो भने २०३२ सालमा १८ करोड रुपैयाँ । आज कृषि विकास बैंक गैरकृषि ऋणमा गएको कुराको आलोचना भएको छ, जुन सही हो । हामीलाई कृषिमा डेडिकेटेड भएर नै लाग्ने थुप्रै निकाय चाहिएका छन्, जसले सानातिना ऋणहरू हाम्रा जनतालाई दिऊन् र साथसाथै तिनलाई उत्पादनशील पनि बनाऊन् । यो नै भविष्यको बाटो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here