Home News संसद् विघटनपछि पूर्वराजाको चेता”वनी: अब जनताले बाँकी राख्ने छैनन् ! विप्लव रि’सले...

संसद् विघटनपछि पूर्वराजाको चेता”वनी: अब जनताले बाँकी राख्ने छैनन् ! विप्लव रि’सले आगो, कसैलाई नछो’ड्ने (जनचेतनाका लागि सेयर गराै)

1640
0

संसद् विघटनपछि पूर्वराजाको चेता”वनी: अब जनताले बाँकी राख्ने छैनन् ! विप्लव रि’सले आगो, कसैलाई नछो’ड्ने



याे समचार पनि पढ्नुहोस् र सेयर गराै

नेकपाका ओली र दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन निर्णयको पक्ष र विरोधमा आफ्नो शक्ति संगठित गर्न सोमबार आफूनिकटहरूको छुट्टाछुट्टै भेला गरेका छन् । ओलीले बालुवाटारमा र दाहाल–नेपाल समूहले नयाँ बानेश्वरको संसद् भवनमा भेला गरेका हुन् ।

नेकपाका १ सय ७४ सांसदमध्ये आइतबार बानेश्वरको संसद् भवनमा ९० जना उपस्थित भएर पार्टी नेतृत्वले लिएको कदममा साथ दिन भन्दै हस्ताक्षर गरेका थिए । संसदीय दलको बैठक नाम दिइएको भेलामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए । उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमको खुलेर विरोध गरे । भेलाले संसद् विघटनको प्रतिवाद गर्ने प्रस्तावसमेत पारित गरेको छ । मंगलबार केन्द्रीय कमिटी र बुधबार संसदीय दलको बैठक हुने भएकाले विघटित संसद्का सांसदहरूलाई उपत्यका नछाड्न उनीहरूले निर्देशन दिएका छन् ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको छ । भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरू उपस्थित थिए । विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद् भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएकाले सांसद पद जीवित रहेको बताए । ‘जनताका प्रतिनिधिबाट बनाइएको संविधानमा हुँदै नभएको प्रावधानबाट हामी प्रतिनिधिसभाका सांसदहरूलाई बलि चढाउने काम गरियो,’ उनले भने, ‘हाम्रो अधिकार अपहरण गरिएको छ । जुन अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छैन । हामीलाई मारियो भनिएको छ तर संविधानले हामीलाई जीवितै राखेको छ ।’

प्रधानमन्त्री र राष्ट्रपतिले संसद् विघटन गरेर मारेको घोषणा गर्नु असंवैधानिक भएको दाहालले बताए । ‘हामी मर्‍यौं कि जीवित छौं भन्ने प्रश्न उठेको छ । मलाई पनि हामी मर्‍यौं कि भनेजस्तो फिल हुन्छ तर लोकतान्त्रिक मान्यता र संविधानअनुसार हामी जीवित छौं,’ भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘अब जीवित छौं भनेर प्रमाणित गर्न जुलुस लगाएर हिँड्नुपर्ने भयो । हामी जीवित छौं भन्ने बुझ्न पहिला सर्वोच्च अदालत जानुपर्‍यो ।’

सांसद पद रहेको बुझाउन उनले भारतको लखनउको घटनासमेत बैठकमा सुनाएका थिए । लखनउमा जिउँदै मानिसले आफैं जीवित रहेको जुलुस निकालेजस्तै आफूहरू पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘लखनउमा सम्पत्तिका लागि आफन्तले मरेको प्रमाणित गरेर सम्पत्ति हडपेका हुँदा रहेछन्, नमरेको मान्छेलाई मरेको भनेपछि सम्बन्धित कार्यालयमा जाँदा तँ मरिस् भनिँदो रहेछ । त्यसपछि पीडितहरू एकजुट भएर हामी जिउँदै छौं भनेर जुलुस लगाएको देखेको थिएँ । हामी पनि जीवित छौं भनेर सर्वोच्च जानुपर्ने भयो । सर्वोच्च अदालतलाई भन्नुपर्‍यो, हामी जिउँदै छौं ।’

कांग्रेस, जनता समाजवादी र अरू पार्टीका सांसदसमेतको साथ लिएर सरकारले चालेको कदमविरुद्ध न्यायालय जाने जानकारी उनले भेलामा गराए । ‘आज मात्रै १ सय १४ जना हामी संघीय सांसदले हस्ताक्षर गरेर हामी जिउँदै छौं भन्नुपर्‍यो । केही–केही साथीहरू हामी मर्‍यौं भनेर बसिरहनुभएको छ, उहाँहरूलाई के भन्नुपर्‍यो भने तपाईंहरू कहाँ मर्नुभएको छ र ? जिउँदै हुनहुन्छ,’ ओली पक्षका सांसदलाई इंगित गर्दै दाहालले भने, ‘हामी जिउँदोतिर आउनुस् भन्नुपर्‍यो । हाम्रो दुई वर्षको कार्यकाल जिउँदै छ । ती साथीहरूलाई तिमीहरू मर्‍यौ भन्नुभएको प्रधानमन्त्री र राष्ट्रपतिले हो । हामी मरेकै छैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here