Home News अब को को नेता जाँदैछन् जेल ? अति भएपछी लहनुले खोलिदिए एकएक...

अब को को नेता जाँदैछन् जेल ? अति भएपछी लहनुले खोलिदिए एकएक नेताको पोल

229
0

अब को को नेता जाँदैछन् जेल ? अति भएपछी लहनुले खोलिदिए एकएक नेताको पोल



याे समचार पनि पढ्नुहोस्
वैदिक कालदेखि नै महिलाले गरगहना लगाउने, शृंगार गर्ने चलन थियो । हामीमध्ये अधिकांश यिनै संस्कृतिभित्र रहेर कतिपय शृंगार व्यवस्थामा रमाउँदै आइरहेकै छौं । महिलाले पहिरिने यी शृंगारका साधनबारे वैज्ञानिक तत्त्व पनि मिसिएको छ भन्ने एक लेख (टाइम्स अफ इन्डिया, सन् २०१६) मा शृंगारको वैज्ञानिक पाटोलाई अकुप्रेसरसँग दाँजिएको छ । तर यी पक्षको साँच्चै वैज्ञानिक पाटोबारे चाहिँ पूर्ण रूपमा विश्वस्त हुन सकिँदैन । किनकि पुरुषहरू यी चीजको उपयोग नगरे पनि उत्तिकै स्वस्थ भएर बाँचिरहेकै छन् ।

बिन्दी (टीका) महिलाले निधारमा दुई आँखीभौंबीच लगाउँछन्, जुन ठाउँलाई तेस्रो नेत्र पनि भनिन्छ । दुइटा आँखालाई चन्द्र र सूर्यका रूपमा लिइन्छ जसले विगत र वर्तमानलाई बुझाउँछ । तेस्रो आँखाले भने भविष्यलाई जनाउँछ । अर्थात्, भविष्यप्रति वफादार, सञ्चयी, दूरदर्शी । फुली लाउन नाक छेडेका महिलालाई प्रसव व्यथा कम हुन्छ, दिमागलाई नियन्त्रण गर्न सक्छन् भन्ने चलन छ । हातका बालाहरूले रक्त सञ्चालन नियमित गर्न सहयोग पुर्‍याउँछन्, खुट्टाका औंलामा लगाइने बिच्छीले महिनावारी चक्रमा नियमितता ल्याउँछ तथा प्रजनन अंगलाई ‘रिभाइटलाइज’ गर्छ अनि कान्छी औंलाको औंठीले दिमागको स्नायुकोषलाई ‘एक्टिभेट’ गर्छ रे ! नेकलेस वा मंगलसूत्रले ब्लडप्रेसर नियन्त्रण गर्ने, वेस्टबेन्डले त झन् महिलाको फिगर मेन्टेन गर्ने उल्लेख पनि पाइन्छ ।

धातुका गरगहना लाउने महिलाको समग्र स्वास्थ्य राम्रो हुने, जीवन आत्मविश्वास तथा सहजताका साथ अगाडि बढ्ने हुन्छ रे । शृंगारका साधनहरूले महिलालाई स्वस्थ राख्न सघाउ पुर्‍याइरहेका छन् भने पुरुषहरूले चाहिँ किन यी चीजको उपयोग नगरेका होलान् ? पुरुषहरूले सुन–चाँदीका बाला, सिक्री, औंठीजस्ता गहना लगाउँदै आए पनि तिनले महिलालाई जसरी सोह्र शृंगार, शुभ–अशुभजस्ता मान्यतामा किन जेलिनु नपर्ने ?

महिलाका शृंगार र पहिरनलाई शक्तिको प्रतीक मान्ने अनि जब विवाहित महिला कारणवश आफ्ना लोग्नेबाट बिछोडिन पुग्छिन्, ती शक्तिका स्रोत सबै फुकाल्न लगाएर उनलाई उजाड बनाइदिने मान्यता चरम पितृसत्तात्मक छ । विरहका गीतहरूमा यिनै चुरा–पोते–तिलहरी खोसिएको, जीवन उजाड भएको आदि–इत्यादि हुने गर्छन् । अझ सिन्दूर पुछिएको वेदनाले महिलालाई बाँचुन्जेल रुवाइरहेको हुन्छ । यी पक्षहरूले पुरुषहरूलाई भने त्यही बिछोडपछि खासै बन्धनमा पनि राख्दैनन् र शुभ–अशुभको कुनै संकेत लिएर हिँडिरहनु पनि पर्दैन ।

हालै एक महिलाले आफ्ना पतिको मृत्युपश्चात् टीका र पोते फुकाल्न नमानेको समाचार व्यापक भयो । र, यसलाई महिलाको पक्षमा क्रान्तिकारी कदमजस्तो पनि ठानियो । जीवित हुँदा पति–पत्नी एकअर्कालाई प्रेम गर्थे । विडम्बना, दुईमध्ये एकको मृत्यु भइदिन्छ । हिन्दु समाजमा पतिको मृत्युसँग महिलाका लागि उनको साथको मात्र मृत्यु हुँदैन, चुरा, टीका, सिन्दूर, पोते, शुभ मानिने राता परिधान पनि छुट्छन् ।

पतिको देहान्तपछि, पत्नीले विवाहित देखिन प्रयोग गरेका गरगहना, सिन्दूर, पोते आदि सम्पूर्ण रूपमा परित्याग गर्नुपर्ने हुन्छ । एकातिर पतिवियोगको पीडा, त्यसमाथि परिधान त्यागेर विरही देखिनैपर्ने बाध्यता । यस्तो संस्कार हाम्रो मनमस्तिष्कमा जड बनेर बसिसकेको छ । महिलाहरूले आफूलाई यस्ता संस्कारमा ढालिसकेकैले पुरुषहरूमा पनि उनीहरूको खुसी आफ्ना नाममा लगाएका सिन्दूर–पोते नै हो भन्ने छाप परेको हुन सक्छ । सान्त्वना दिने क्रममा कोही पुरुषले आफ्नी श्रीमतीलाई उनको खुसी सिन्दूर, चुरा, पोते पनि हुन् भन्ठानेर ती चीज लगाइराख्न भनेका पनि हुन सक्लान् । तर समाजलाई पच्दैन ।

पतिको मृत्युपछि पनि महिलाले आफूलाई सिँगार्ने या नसिँगार्ने, नितान्त व्यक्तिगत रुचिको विषय हुनुपर्थ्यो, यदि समाजमा मानवीय मूल्यमान्यता, छनोटको स्वतन्त्रतालाई पनि महत्त्व दिने गरिएको भए । मृत्यु भइसकेका त भई नै हाले तर बिछोडिएकाहरू, विशेष गरी महिलालाई उनको जीवन पुनः अघि बढाउन, उज्यालोतिर लैजान, भरपूर बाँच्न समाज र परिवारले सहस्र माया र प्रेम दिनुपर्छ । पतिबाट छुट्टिएर एकल जीवन बिताइरहेका, बालबच्चा आफूसँग राखेर जीवन डोर्‍याइरहेका महिलाका हकमा पनि यस्तै व्यवहार गर्नुपर्छ । तर परिवार र समाज एकल महिलामैत्री बन्न अझै कैयौं वर्ष लाग्ने देखिन्छ ।

यस्ता विभेदित सामाजिक–सांस्कृतिक मूल्यमान्यतासँग निडर हुँदै सकारात्मक र स्वतन्त्र रूपले बाँच्ने साहस पनि एकल महिलाले गर्नैपर्ने हुन्छ । मृत्युशोकपछिका संस्कार पनि पुरानै छन्, एक्कासि महिलाका परिधानमै उजाडता ल्याउनुपर्छ भन्ने खालका । महिलाले दोस्रो बिहे गर्ने निर्णय गर्दा या पतिको मृत्युपश्चात्, पतिका नाममा लगाइएका शृंगार उनको सम्झनामा लगाइराख्छु भन्दा पनि क्रान्ति मानिने अवस्था छ ।

हजारौं वर्षदेखिको पितृसत्तात्मक समाज व्यवस्थाका हाँगाबिँगाहरू नै महिला अविकासका प्रमुख कारक हुन् । समाज विकासका क्रममा जब महिलाहरू पनि सचेत हुन थाले, तब आफू पुरुषभन्दा तल्लो स्तरका रूपमा परिभाषित हुँदै आएको वास्तविकता महसुस गर्न थाले अनि शक्ति र सामर्थ्यको लेखाजोखा पनि गर्न थाले । सीमित नै सही, महिलाले पनि पुरुषसरह कमाउन, उस्तै पेसामा पनि सफलता हासिल गर्न थाले । आफू र पुरुषमा केही शारीरिक भिन्नता मात्रै रहेछ, अरू सब त समाजले बनाइदिएको भिन्नता पो रहेछ भनेर महिलालाई बोध भयो । महिलाहरू बच्चा जन्माउने र हुर्काउने जिम्मेवारीले पछि पारिएका हुन् भन्ने मान्यता स्थापित भएकाले कतिपय महिला घरजम नै नगर्न तयार हुँदै गए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here