Home News कुवेतको कोमामै अस्ताइन् २७ वर्षकी श्रम सहचारी विपना

कुवेतको कोमामै अस्ताइन् २७ वर्षकी श्रम सहचारी विपना

177
0

काठमाडौंको कलंकीकी विपना ज्ञवाली गत साउनमा खाडी मुलुक कुवेतका लागि नेपालको श्रम सहचारी बनेकी थिइन्। पाँच वर्षअघि शाखा अधिकृत बनेकी ज्ञवालीले प्रतिष्पर्धाबाट कुवेत जाने मौका पाएकी थिइन् । श्रम सहचारीका रूपमा कुवेत उनको पहिलो पोष्टिङ थियो ।

वैदेशिक रोजगारीका लागि धेरै नेपाली पुगेको कुवेतमा समस्या पनि धेरै हुने नै भए । विपना श्रमिकका तिनै समस्या समाधान गर्दै काम गरिरहेकी थिइन् । १५-२० दिनअघि उनी बिरामी परिन् । ‘जचाउँदा उहाँलाई ब्लड क्यान्सर देखियो, त्यो पनि अन्तिम अवस्थाको रैछ,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव भरतमणि पाण्डेले भने,’रिपोर्ट सुनेर उहाँ सिरियस हुनुभएछ। पछि त कोमामै जानुभयो।’

कोमामा उपचार भइरहेकी विपनाको गत बिहीबार अस्पतालमै निधन भयो। विपना २७ वर्षकी मात्र थिइन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विपनाको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्मं गलबार ट्वीट गर्दै मन्त्री ज्ञवालीले भनेका छन्- कुवेतमा श्रम सहचारीका रूपमा कार्यरत विपना ज्ञवालीको २७ वर्षको अल्पायूमा भएको दु:खद निधनले नि:शब्द, स्तब्ध र मर्माहत भएको छु। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । अलविदा विपना !

उनको पार्थिव शरिरलाई काठमाडौं ल्याएर आइतबार परिवारले अन्तिम संस्कार गरेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

याे समचार पनि पढ्नुहोस्

प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समूहमा दाङबाट घनश्याम पाण्डेसहित १८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेसहित रेवतिरमण शर्मा, अम्मर डाँगी, सरस्वती गौतम, कोमल वली, बिष्णु पौडेल, टोपेन्द्र केसी, छबिलाल वली, टिकाराम खड्का, शोभाराम बस्नेत, जितेन्द्र नेपाली, मेनका पोखरेल, गिरिराज केसी, शारदा स्वर्णकार, राममणि नेपाली, ध्रुब आचार्य, मिलन चौधरी, तुलसा केसी लगायतलाई मनोनित गर्ने निर्णय गरेको हो ।

ओली समूह बैठकले पछि १९७ थप गर्ने गरी साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय विस्तार गरेको छ ।

बैठकले २०७८ मंसीर २ मा महाधिवेशन गर्ने निर्णय गरेको छ भने पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय समेत ओली समुहले गरेको छ । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि पाटी संकटमा परेको छ ।

आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधब कुमार नेपाल पक्षका समुहले पनि केन्द्रिय कमिटिको बैठक बोलाएका छन् ।

postpati बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here