Home News विवाह गरेको तीन दिनमै श्रीम’तीलाई दाईले लगे, जंगलमा भेटियो श’व (यस्तो पापि...

विवाह गरेको तीन दिनमै श्रीम’तीलाई दाईले लगे, जंगलमा भेटियो श’व (यस्तो पापि लाई के सजाय उपयुक्त हाेला ? )

543
0

आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङ साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईले संसार छोड्नु परेको छ ।



पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको ज्यान लिएको खुलासा भएको हो ।

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट जङ्गलमा लगेका थिए । सकुन्तलाको शव फेला परेको हो ।

घटना हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक ध म्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेको श्रीमानले श्रीमान् दिनेशले बताए । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुभयो”, उनले भने, “घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जङ्गलमा शव फेला पर्यो ।”

भिनाजुको घरबाट हिँडेको करीब एक घण्टामै दिदी मृ त फेला परेको सकुन्तलाका भाइ समीर राईले बताए ।
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइरकटाइ पेशा गर्दै आएकी थिइन् ।

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि उनका दाजुलाई कडा कारवाही गर्न माग गरेका छन् ।

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

अर्को समचार पनि पढ्नुहोस्

जीवनसाथीका लागि धेरै नै भाग्यशाली हुन्छन् यी राशि हुनेहरु

हाम्रो आसपास केहि यस्ता व्यक्ति पनि हुन्छन् , जसले आफ्नो जीवनको मुस्किल भन्दा मुस्किल परिस्थिति पनि हल गर्छन् | यिनीहरुलाई देखेर मनमा यो कुरा आउन सक्छ कि यिनीहरुमा त्यस्तो के गुण छ त ? ज्योतिषशास्त्रका अनुसार केहि राशिका व्यक्तिहरु हुन्छन् जसको भाग्य निकै बलियो हुन्छ | यतिमात्र होइन यिनीहरुको भाग्यको असर उनीहरुको जीवनसाथीमा पनि पर्छ |

वृष राशि

शुक्र ग्र’ह यस राशिको स्वामी हो, जसका कारण अरु राशिका व्यक्तिहरु यस राशिका व्यक्तिसँग सजिलै आकर्षित हुन्छन्। यो मानिन्छ कि यस राशि का मानिस निकै भाग्यमानी हुन्छन्। यो विश्वास छ कि यो राशिका मानिसहरुलाई सम्मान र धनको कहिल्यै अभाव हुँदैन।

कर्कट राशि

चन्द्रमा कर्कट राशिको स्वामी हो। यो राशिका मानिस धेरै मेहनती हुन्छन्। यस राशिका व्यक्तिहरूले आफ्नो जीवनमा आफैँ परिश्रम गरेर सफलता पाउँछन्। यिनीहरुलाई भाग्यले पनि सधैं साथ दिन्छ। यिनीहरु जुनसुकै काममा पनि सजिलैसँग सफल हुन्छन्।

सिंह राशि

सूर्य सिंह राशिको स्वामी हो। सूर्यलाई ज्योतिषशास्त्रमा सौभाग्य र उर्जाको प्रतीक मानिन्छ। यो राशिका व्यक्तिहरूले आफ्नो उर्जाको कारण सौभाग्य प्राप्त गर्छन्। यस राशिका मानिसहरु आफ्नो सामर्थ्यशाली व्यक्तित्वको साथ समाजमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल हुन्छन्।

वृश्चिक राशि

मंगल ग्रह वृश्चिक राशिको स्वामी हो। यस कारणले गर्दा, यी मानिसहरू बुद्धिमान हुन्छन्। यी व्यक्तिहरू आफ्नो बुद्धि र विवेकको कारण विश्वलाई जित्न सक्ने सामर्थ्य राख्छन्। साथै, भाग्य पनि सँधै यिनीहरुको साथ हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here