Home News दोहोरी गाउन भन्दै हजुर ‘बा’ लाई बोकेर काठमान्डौ आइन नातिनी ! मन...

दोहोरी गाउन भन्दै हजुर ‘बा’ लाई बोकेर काठमान्डौ आइन नातिनी ! मन परेन यहाँका मान्छे

282
0

दोहोरी गाउन भन्दै हजुर ‘बा’ लाई बोकेर काठमान्डौ आइन नातिनी ! मन परेन यहाँका मान्छे



याे समचार पनि पढ्नुहोस्

क) पानी पार्ने खालका बादलले आकासको धेरै भाग ढाकेका र मलिन सूर्य बास बस्ने बेलामा पुग्न लागेको। काठमाडौंमा हवाईजहाजलाई राति ओह्राल्ने कुनै व्यवस्था नभएको। क्याप्टेन रन्धवाले हवाईजहाज लान सकिँदैन भनिदिए हुन्थ्यो भन्ने सबैको विचार थियो। जवाफमा क्याप्टेनले ‘सरकारबाट जे हुकुम हुन्छ त्यही गर्ने’ भनिदिए। ‘सरकार’ बाट हाँस्दै ‘जाने’ भन्ने हुकुम भयो। आपद् परेको बेला तीव्र गतिले सुपारी चपाउने बानी रहेका उपप्रधानमन्त्री सुवर्णजी जहाजभित्र तीव्र गतिले सुपारी चपाउँदै हुनुहुन्थ्यो। सबैको अनुहारको परिवर्तन हेर्न लायक थियो। राजा महेन्द्र भने उस्तै शान्त थिए, केही नभएजस्तो (थापा, विश्ववन्धु – महेन्द्र स्मृति ग्रन्थ, पृ २७५)।

ख) दुई-तीन कविको मात्र कविता बाँकी थियो होला, श्री ५ महेन्द्र विनापूर्वसूचना, अप्रत्यासित रूपमा सम्मेलनको हलभित्र सवारी भएको हामीले देख्यौं। कविता सुन्न आएको हुकुम भएर त्यही साधारण मेचमा राज भयो (तिवारी, भीमनिधि –महेन्द्र स्मृति ग्रन्थ, पृ १२९)।

बाहिर शान्त देखिएर अरूलाई जानकारी नदिई आफ्नै मर्जीमा चल्ने र जस्तोसुकै जोखिम उठाउने चरित्र महेन्द्रमा भरपूर थियो। आफ्नो मर्जी र आकांक्षाको यात्रा सुखमय बनाउन उनी जस्तोसुकै मेचमा बस्न लजाउँदैनथे। नभन्दै २०१७ पुस १ गते जननिर्वाचित सरकार बर्खास्त गरी महेन्द्रले सम्मानित राजाको सिंहासनबाट झरेर प्रधानमन्त्रीको मेचसमेत आफैंसँग राखे। जनताले छानेका प्रतिनिधि बस्ने त्यो मेच जुन दिन महेन्द्रले आफैं हडपे, त्यही दिनदेखि नेपाली जनताको एउटा हिस्सासँग राजतन्त्रको प्रत्यक्ष संघर्ष आरम्भ भयो।

त्यसअघि सिंगो नेपाली समाज राजालाई प्रश्नभन्दा माथिको अलौकिक अवतारका रूपमा शिरमा बोकेर बाँच्थ्यो। लामो राणाकालीन तजबिजको बन्धक बनेर आएका राजा जनताका लागि दैवीअंश थिए। उसै पनि ती खोपीमा राखिएका थिए, मन्दिरमा पत्थरको मूर्ति जसरी। ती सबैका लागि पुजनीय पनि थिए, त्यही पत्थरको मूर्ति जसरी नै।

मानिसहरू राजालाई मूर्ति मान्थे र राणालाई पुजारी। त्यसैले प्रश्न पनि पुजारीलाई गर्थे, मूर्तिलाई होइन।

जब महेन्द्रले खोपीमा बसेको राजतन्त्रलाई सक्रियताको दोबाटोमा ल्याए, मानिसहरूले फूल-अक्षता मात्रै फालेनन्, यो त कुनै अज्ञेय देवता होइन, यतैबाट टिपेर प्रतिस्थापन गरिएको पत्थर रहेछ भनेर प्रश्न उठाउन थाले। आलोचना र विकल्पबारे विमर्श गर्न थाले।

महेन्द्रले जनताबाट हठात् खोसेर लगेको त्यो मेच राजासँगै रहने कि जनताकोमा फिर्ता ल्याउने भन्ने प्रश्नमा देशको मत विभाजनको शिलान्यास महेन्द्रले नै गरे। सिंहासन हुँदाहुँदै मेच हडप्न राजा नै ओर्लिएपछि जनतालाई पनि सिंहासन मिल्काएर सबै मेचको प्रतिस्पर्धामा लागौं भन्ने आधार महेन्द्रले नै तयार गरे।

त्यसैले महेन्द्र चाहन्थे– बिपी प्रधानमन्त्री नबनून्। तर, कांग्रेसले उनैलाई संसदीय दलको नेता छान्यो। आफ्नो भगिरथ चलखेलले पनि रोक्न नसकेपछि बिपीलाई प्रधानमन्त्रीका रूपमा स्वीकार्न बाध्य भए महेन्द्र। त्यसपछि बिपी र महेन्द्रको टकराव बढ्दै गएर दुवै एकअर्काप्रति सार्वजनिक तवरले आलोचनाको निशाना साँध्न थाले। यो अनिवार्य नै थियो। किनभने, महेन्द्र र बिपीले प्रतिनिधित्व गर्ने आर्थिक–सामाजिक वर्गस्रोत परस्पर भिन्न थिए।

नेपाल भर्खरै सामन्तवादी व्यवस्थाबाट निस्केर अर्धसामन्ती व्यवस्थाको यात्रामा लाग्दै थियो। सामन्तवादी व्यवस्थाका सक्रिय खम्बाहरू आफ्नो पुरानो नेतृत्वको अवसानसँगै नयाँ सक्रिय नेतृत्वको खोजीमा भौंतारिएका थिए। राणाहरूको नेतृत्वमा एकत्रित उक्त तत्व राणा शासनको अवसानपछि राजतन्त्र वरिपरि केन्द्रीकृत हुँदै थियो।

राजतन्त्र परम्परागत सामन्तहरूको नेतृत्व गरेर सक्रिय भूमिकामा पनि प्रकट हुन नसक्ने र सामन्तवाद अन्त्य गरेर पुँजीवादी संक्रमणमा जान पनि नसक्ने दोधारे बाटोमा घिस्रिरहेको थियो। सामन्ती वर्गले परिवर्तित लोकतान्त्रिक व्यवस्था स्वीकार गरेको थिएन। सामन्ती भूस्वामित्व कजाएर बसेको उक्त वर्ग सक्रिय नेतृत्वमा आफ्नै वर्गस्रोत स्थापित गर्न चाहन्थ्यो।

बिपी कोइराला नेतृत्वको सरकारले त्यही सामन्ती भूस्वामित्वको घोडा चढेर बाँकी समाजलाई कजाएर बसेको सामन्तवादी उत्पादन प्रणालीका उपजमाथि नै हमला छेडिदियो, राजारजौटाको खारेजी र भूमिसुधारका कार्ययोजना अघि सारेर। त्यसको मार बज्रिएपछि सामन्तहरू तिल्मिलाए र देशभर अनेक शीर्षकमा बिपी सरकारविरुद्ध हुलदंगा खडा गरे।

गोरखा, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत, रामेछाप लगायत स्थानमा राष्ट्रियतालाई सिरानी हालेर भूसामन्तहरू प्रदर्शनमा ओर्लिए। राज्यसत्ताको प्रमुख शक्ति सामन्तहरूकै नेतृत्वमा सक्रियतापूर्वक अघि बढ्ने कि समाजलाई सामन्तवादी उत्पादन प्रणालीबाट निकालेर अर्धसामन्ती-पुँजीवादीको नेतृत्वमा लैजाने भन्ने सवाल प्रमुख भएर आमनेसामने टकराउन थालेको थियो।

बिपीको राजनीतिको वर्गस्रोत दोस्रो वर्गको भए पनि त्यसको विशाल आधारको एउटा हिस्सा सामन्ती उत्पादन प्रणालीको पक्षधरसमेत थियो। सुवर्णशमशेरदेखि तुलसी गिरी लगायतले त्यो वर्गको प्रतिनिधित्व गर्थे। वर्ग स्वार्थ टकरावको यात्रा तेज बनाएपछि गिरीहरूले आफ्नै वर्गसँग घाँटी जोड्न थालेका थिए।

कालान्तरमा गिरीले कांग्रेस त्यागेर सामन्ती व्यवस्थाको पक्षमा सक्रिय सहभागिता जनाउन पुगे भने सुवर्णशमशेर सामन्तवर्गलाई देशभित्र सक्रिय नेतृत्व निम्ति मैदान खाली गरेर कलकत्ता लागे। सामन्ती भूस्वामित्वको जमिनदारी वर्गस्रोत कायमै राखेर कम्युनिस्ट पार्टीको नेतृत्वमा आएका केशरजंग रायमाझी पनि कालान्तरमा आफ्नै वर्गको पक्षमा उभिए। उनी कम्युनिस्ट पार्टीको हिस्सा नै लिएर सामन्तवाद रक्षा वाहिनीमा भर्ती भए।

देशभर सामन्तहरू जुर्मुराउन थालेपछि त्यसलाई पृष्ठभागमा बसेर धन, बलको सहायता थप्न महेन्द्रले कुनै कसर बाँकी राखेका थिएनन्। गोर्खा र धादिङमा उठेको विद्रोहका लागि त महेन्द्रले राजदरबारबाट नगद र आफू निकटवर्तीहरूसमेत परिचालन गरेका थिए।

विसं २०१६ भदौ-असोजमा योगी नरहरिनाथ गोर्खाका विभिन्न गाउँहरूको यात्रा तीव्र बनाउँदै थिए। उनले आफ्नो गोजीमा महेन्द्रको तस्बिर भएको लकेट बोकेका थिए। साथमा राजदरबारबाट उनको नाममा आर्थिक मद्दतसहित लेखिएको पत्र थियो। त्यसरी गोर्खाका गाउँहरूको भ्रमण क्रममा कैयन वर्षदेखि दोहोरो परिचयमा रहेको पंक्तिकारको परिवारमा समेत बास थामेका थिए उनले।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here