Home News सेतीको पुलमुनि भेटीयो यस्तो अब* स्थामा श *व ! क्रिसमसकै दीनमा के...

सेतीको पुलमुनि भेटीयो यस्तो अब* स्थामा श *व ! क्रिसमसकै दीनमा के भ’यो यस्तो, यसरी निकाल्यो प्रह* रीले

393
0

सेतीको पुलमुनि भेटीयो यस्तो अब* स्थामा श *व ! क्रिसमसकै दीनमा के भ’यो यस्तो, यसरी निकाल्यो प्रह* रीले




याे समचार पनि पढ्नुहोस्

सत्तारुढ दल नेकपा विभाजन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा ८ मध्ये आफूलाई साथ दिने ५ जना पूर्वमाओवादी नेताहरुलाई समेटेका छन् ।

संसद् विघटनपछि नेकपा विभाजनमा ओलीलाई साथ दिएका रामबहादुर थापा पहिला नै गृहमन्त्री छन् । यसबाहेक अन्तिम समयमा साथ दिएका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन् । रायमाझी उर्जा, थापा खानेपानी, साह सहरी विकास, चौधरी श्रम र लामा खेलकुदमन्त्री भएका हुन् ।
यसबाहेक विस्तारित मन्त्रिपरिषद्मा एउटा गजबको संयोग पनि देखिएको छ । त्यो संयोग हो पूर्वमाओवादीभित्र पनि रायमाझी, साह र थापा तत्कालीन अवस्थामा बाबुराम भट्टराई समूहका नेता मानिन्थे । उनीहरु सबै तत्कालीन माओवादीमा पातलो मसालका रुपमा चिनिन्थे । भट्टराईले पार्टी छाडेपछि केही नेता उनीसँगै तत्कालीन नयाँ शक्तिमा गए भने बाँकी रहेका नेताहरु तत्कालीन माओवादीभित्र भिन्दै संगठित भएका थिएनन् ।

नेकपा विभाजनमा ती नेताले अहिले ओलीलाई साथ दिएका छन् । माओवादीभित्रको अन्तरसंघर्षको राजनीतिक इतिहासमा रायमाझीले सधै भट्टराईलाई साथ दिँदै आएका थिए । तर, संविधान जारी भएपछि ०७२ असोजमा भट्टराईले माओवादी छाडेर नयाँ राजनीतिक यात्रा सुरु गर्दा भने रायमाझीले साथ दिएका थिएनन् ।

तर, माओवादीमा पुष्पकमल दाहाल र उनी निकट नेताहरुले रायमाझीलाई सधैंजसो भट्टराई निकट नेताको रुपमा चित्रण गर्दथे । यतिसम्म कि रायमाझी माओवादीभित्र भट्टराईको समूहबाट पटक-पटक मन्त्री बनेका थिए । रायमाझी ओलीको पहिलो कार्यकालमा पनि मन्त्री थिए ।

यसैगरी सहरी विकास मन्त्री बनेका साह पनि माओवादी आन्दोलनको इतिहासमा भट्टराई निकट नेताकै रुपमा चिनिन्छन् । नेकपा विभाजनपछि दाहाल र नेपालले अगाडि बढाएको पार्टीमा दुई अध्यक्ष भएकोमा लिखित असन्तुष्टि राखेका साह पनि तत्कालीन माओवादीमा भट्टराई समूहबाट विभिन्न जिम्मेवारी लिँदै आएका थिए ।

रायमाझीले जस्तै साहले पनि भट्टराईले माओवादी छाड्दा निर्णायक अवस्थामा साथ दिएका थिएनन् । मधेसमा दाहालले मात्रिका यादवलाई र भट्टराईले साहलाई अगाडि बढाउँदै आएका थिए । यतिसम्म कि एउटा हत्या अभियोगमा साहलाई भट्टराईले प्रधानमन्त्री हुँदा जोगाएको समेत आरोप लाग्दै आएको छ ।

यसबाहेक शुक्रबार खानेपानी मन्त्री बनेका थापा पनि कुनै कालखण्डमा भट्टराई निकट थिए । यद्यपि उनले जनयुद्ध चलेकै बेला २०६२ मा तत्कालीन माओवादी त्याग गरेर भिन्दै राजनीति सुरु गरेका थिए । तर, २०७३ मा उनी पुन: माओवादीमा फर्केका थिए । माओवादीमा फर्के पनि दाहालले उचित जिम्मेवारी नदिएको र सधैं केही सीमित मान्छेलाई सांसद र मन्त्री बनाएको भन्दै थापा असन्तुष्ट थिए । यहीकारण थापाले पछिल्लो पटक ओलीसँग निकटता बढाएका थिए । शुक्रबार मन्त्री बनेका रायमाझी र थापाबीच पनि राम्रो सम्बन्ध छ ।

बिहीबारको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका लामाले शुक्रबार युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका छन् । लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेशसभा उम्मेदवारमा पराजित भएका थिए । लामा तत्कालीन माओवादीमा रामबहादुर थापा निकट मानिन्थे ।

यस्तै, तत्कालीन माओवादीमा दाहाल निकट मानिएका चौधरीले श्रम मन्त्रालयको जिम्मेवारी लिएका छन् । चौधरी यसअघि कृषिमन्त्री पनि भएका थिए । भट्टराई निकट मानिएका नेता देवेन्द्र पौडेलले भने दाहाल नेपाल समूहलाई साथ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here