Home News मेमोरी किङ ४ बर्षकि खुशी बिष्टको अ’द्भुत क्षम’ता हेर्नुहोस् , जती प्रश्न...

मेमोरी किङ ४ बर्षकि खुशी बिष्टको अ’द्भुत क्षम’ता हेर्नुहोस् , जती प्रश्न सोधेपनि सहि उत्तर दिन्छिन

274
0

मेमोरी किङ ४ बर्षकि खुशी बिष्टको अ’द्भुत क्षम’ता हेर्नुहोस् , जती प्रश्न सोधेपनि सहि उत्तर दिन्छिन



याे समचार पनि पढ्नुहोस्

२०६३ को मंसिर ५ मा भएको १२ बुँदे समझदारीले तत्कालीन माओवादीलाई युद्धबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने सेतुको काम गर्‍यो । त्यो समझदारी ड्राफ्ट गर्दा पनि दाहाल र नेपाल सँगै थिए अनि ओली र बाबुराम भट्टराई पनि । माओवादी शान्ति प्रक्रियामा आएर संविधानसभाको पहिलो चुनाव भएपछि अन्तरिम संविधानअनुसार गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति छान्ने प्रक्रिया सुरु भयो । हुन त दाहाललाई गणतान्त्रिक मुलुकको पहिलो राष्ट्रपति घोषणा गरेर तत्कालीन माओवादीका नेताहरूले धेरै पटक भाषण गरेका थिए । दाहाललाई राष्ट्रपतिका रूपमा घोषणा गरिएका त्यतिखेरका भित्तेलेखन यदाकदा अहिले पनि भेटिन्छन् तर अन्तरिम संविधानले मुलुक चलिरहेका बेला राष्ट्रपतिको भूमिका दाहालको पार्टीले भनेझैं कार्यकारी रहेन । २०६४ को चुनावमा दाहाल नेतृत्वको माओवादी पहिलो दल भयो, नेपाल पराजित भए । दाहालको नेतृत्वमा एमालेको समर्थनमा सरकार बन्यो । एमाले र माओवादीबीच दाहाललाई एमालेले प्रधानमन्त्री र नेपाललाई माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता भइसकेको थियो तर दाहाल सहमतिबाट पछि हटे । रामराजाप्रसाद सिंह राष्ट्रपतिको पहिलो उम्मेदवार भए । राष्ट्रपति कांग्रेसका सहमहामन्त्री रामवरण यादवको पोल्टामा गयो । यसपछि दाहाल र नेपालको सम्बन्ध चिसियो ।

उता युद्धकालीन जोससहित बनेको दाहाल सरकारले प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउन खोज्दा सेना त हल्लिएन तर दाहाल नेतृत्वको सरकार ढल्यो । त्यतिखेर गृहमन्त्रीसमेत रहेका वामदेव गौतमले दाहाललाई अन्तिमसम्म साथ दिएको भए पनि नेपाल र उनको पार्टी एमालेले सरकारको समर्थन फिर्ता लियो । पराजित भए पनि दाहालकै प्रस्तावमा संविधानसभामा आएका नेपालले दाहाललाई सरकारबाट हटाएपछि २०६६ जेठ ११ गते मुलुकको ३४ औं प्रधानमन्त्रीका रूपमा शपथ लिए । त्यसपछि नेपालविरुद्ध सबैभन्दा खरो रूपमा उत्रियो तत्कालीन माओवादी ।

त्यो बेला जनआन्दोलनकै झल्को दिने गरी माओवादीले राजधानीमा प्रदर्शन गर्‍यो । भद्रकालीमा भएको प्रदर्शनमा दाहालले नागरिक सर्वोच्चता भन्ने शब्द क्वाइन गरे, त्यतिखेर उनले भाषण गर्दा ‘अरूले नाचेको र नानीका बाले खुट्टा उचालेको’ भन्ने वाक्यांश पछिसम्म चर्चित भइरह्यो । दाहाललाई एकथरीले नानीका बा भनेर ट्रोल गर्न थाले । त्यो बेला माओवादीले आन्दोलन र सरकारसँगको वार्ता सँगसँगै अघि बढाएको थियो ।

२०६६ कै असारमा ललितपुरको गोदावरीमा सरकारका तर्फबाट माधवकुमार नेपाल, झलनाथ खनाल र भीम आचार्य तथा माओवादीका तर्फबाट दाहालसहित मोहन वैद्य र बाबुराम भट्टराईको सहभागितामा वार्ता भयो । त्यो बेला दाहालले कटवाललाई प्रधानसेनापतिबाट हटाएर आफ्नो इज्जत जोगाइदिन तत्कालीन प्रधानमन्त्री नेपालसँग आग्रह गरेका थिए तर उनले मानेनन्, अनि दाहाल र नेपालबीचको सम्बन्ध फेरि चिसो भयो । दाहाल नेतृत्वको माओवादी सडक मोर्चामै केन्द्रित भयो ।

कतिसम्म भने माओवादीले बजेट भाषण गर्न गएका नेपाल सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस नै खोसिदियो, उनीमाथि हातपात गर्‍यो र संसद्मा हंगामा मच्चायो ।

२०६६ को पुसमा माओवादीले फेरि सडक ततायो । पुस ८ गते बानेश्वर चोकको कोणसभालाई सम्बोधन गर्दै दाहालले नेपाल सरकारलाई भारतीय कठपुतली भनिदिए । उनले दाससँग कुरै नगर्ने भन्दै सिधै मालिकसँग वार्ता गर्ने उद्घोष गरे । दाहालले संकेत गरेको मालिक भारत थियो । आफैंले संविधानसभा सदस्य बनाएका नेपालले आफैंलाई धोका दिएकामा रिसाएका दाहालले कल्पवृक्ष ठानेर विषवृक्ष रोपिएछ भनिदिए र त्यही साँझ नेपाललाई भेट्न मण्डिखाटारस्थित एक व्यापारीको घरमा पुगे ।

दाहालको चस्मा त्यहीं छुटेछ । भोलिपल्टै संसद्को बैठकमा नेपालले सेतो कागजमा बेरेर दाहालको चस्मा फिर्ता गरिदिए । त्यो दिन मण्डिखाटारमा यी नेताद्वयबीचको खानपिनको फोटो बाहिरिएपछि नेपाल र दाहालबीचको लभ–हेटको सम्बन्धबारे पटाक्षेप भएको थियो । त्यसपछिको संसद्को सम्बोधनमा नेपालले भनेका थिए, ‘न म विषवृक्ष हुँ न कल्पवृक्ष तर म एउटा त्यस्तो वृक्ष बन्न चाहन्छु जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिने प्रयत्न गर्छ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ ।’ नेपालको सरकार पनि १३ महिना मात्र चल्यो । थप ७ महिना नेपाल कामचलाउ प्रधानमन्त्री भए ।

तत्कालीन एमालेको नवौं महाधिवेशनमा नेपाल केपी ओलीसँग पराजित भएपछि दाहालको सम्बन्ध स्वाभाविक रूपमा ओलीसित धेरै हुन थाल्यो । दोस्रो संविधानसभाका एजेन्डामा नेपालभन्दा ओली धेरै हावी हुन थाले । दाहालकै समर्थनमा २०७२ मा ओली सरकार बन्यो तर एक–एक कार्यकाल बाँड्ने सहमति पालना नगरेपछि दाहाल शेरबहादुर देउवालाई चुनावी सरकारको नेतृत्व सुम्पिन तयार भए । त्यतिखेर ओलीले दाहाललाई धोका दिएको नेपालको भनाइ छ । एमालेकै आन्तरिक जीवनमा नेपाल किनारा लाग्दै थिए । ४० वर्षको संघर्षपछि नेतृत्वमा पुगेका ओली बलशाली बन्दै गर्दा दाहालको हिमचिम ओलीसँग हुनु स्वाभाविक नै थियो ।

त्यही कारण नेपाल न ओली र दाहालका बीचमा भएको चुनावी तालमेलको वार्तामा सहभागी हुन पाए न त पार्टी एकताअघिको दुई अध्यक्षबीचको सम्झौतामा । पार्टी एकताको वर्ष दिनसम्म ओलीले पूर्वएमालेमा एकलौटी निर्णय गर्दै गए, दाहालले ओलीलाई आँखा चिम्लेर समर्थन गरिरहे, नेपालले नोट अफ डिसेन्ट लेख्दै आए । ओलीले विस्तारै नेपाललाई मात्रै होइन, दाहालको भूमिकालाई पनि नजरअन्दाज गर्न थाले । त्यसपछि दाहाल र नेपालबीच ओलीविरुद्ध मोर्चाबन्दी भयो तर दाहालकै कारण उनीहरूको सम्बन्ध जुट्दै र टुट्दै गर्न थाल्यो ।

दाहाल बीचबीचमा ओलीतिर हुँदै, आफूतिर फर्किंदै गरेपछि गत असारमा नेपालले कान्तिपुरसँग भनेका थिए, ‘प्रचण्डजीमाथि अझै पनि भरोसा गर्ने वातावरण बनिसकेको छैन, उहाँले कतिखेर के निर्णय गर्नुहुन्छ, पत्तै हुँदैन ।’ केही योजना बनाएर परिपक्व नहुँदै प्वाक्क बोलिदिने दाहालको स्वभावबाट नेपाल आजित थिए । उनले बारम्बार दुई अध्यक्षका बीचमा हुने चोचोमोचोबाट निस्किने परिणाम आफूले नमान्ने चेतावनी दिँदै आएका थिए । यद्यपि पछिल्लो समय ओलीले दुवै जनालाई पेल्दैपेल्दै किनारामा पुर्‍याएका कारण यिनीहरूबीचको कार्यगत एकता रहरभन्दा धेरै आवश्यकताजस्तै बनेको थियो । नेताद्वयले केही अघि पेरिसडाँडामा प्रदेश १ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले नै हेपेका कारण दुई जना एकैठाउँमा आएको बताए ।

उसो त दाहालले आफूहरूबीच रणनीतिकभन्दा पनि कार्यनीतिक हिसाबले सम्बन्ध बन्ने र भत्किने गरेकाले त्यसलाई स्वाभाविकै मान्नुपर्ने प्रतिक्रिया दिएका छन् तर ओलीबाट मिचिएपछि मात्रै झन् आत्मीय भएका यी दुई नेताका बीचमा फेरि कार्यगत फाटो नआउला भन्न सकिन्न । यसै पनि दाहाल–नेपालले सम्बन्धको निरन्तरतालाई गडगडाउँदो नदीको संज्ञा दिएका छन्, जसले बारम्बार धार फेरिरहन्छ । दाहालको माओवादीकालीन धङधङी र नेपालको मनको कुनै कुनामा रहेको जबजको माया भोलि उनीहरूबीचको तिक्तता ल्याउने आधार नहोला भन्न सकिन्न ।

दाहालको व्यक्तिवाद र कतिपय विषयमा नेपालको संकुचन कुनै पनि बेला प्रकट हुने खतरा छँदै छ । यसले यी दुई नेताबीच पनि फाटो नआउला भन्न सकिन्न । किनभने एउटै मञ्चमा उही वरीयतामा उभिने क्रममा दाहालले ५० वर्ष पुरानो सम्बन्ध भएका बादललाई गुमाउँदा नेपालले पचासै वर्ष पुरानो ओलीसँगको सम्बन्धलाई विच्छेद गरिदिएका छन्, उसै पनि नेपाली कम्युनिस्ट चरित्रलाई कर्कलाको पातमा अडिएको पानीसँग तुलना गरिँदै आएको छ ।

पञ्चायतविरोधी आन्दोलनमा दाहाल र नेपालबीच सम्बन्ध अघि बढिरहेका बेला ओली ‘गोलघर’ मा थिए । त्यसको ३५ वर्षपछि दाहाल र नेपाल एउटै पार्टीको समान हैसियतधारी अध्यक्षका रूपमा प्रकट हुँदा ओली बालुवाटारमा छन् र दाहाल–नेपाल ओलीका विरुद्धमा । ७० वर्षीय नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक एकता भनिएको जेठ ३ को उपलब्धि गुमिरहेका बेला संघर्षका यी सारथिद्वयले माइतीघरको चिसो भुइँमा बसेर भन्नुपरेको छ, ‘हामी यहाँ छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here