Home News बिहेपछि रमेश प्रसाईं र नन्दा पहिलो पटक मिडियामा, काठमाडौं आएर सिधैं आश्रम...

बिहेपछि रमेश प्रसाईं र नन्दा पहिलो पटक मिडियामा, काठमाडौं आएर सिधैं आश्रम पुग्दा भावुक बने, Ramesh

209
0

बिहेपछि रमेश प्रसाईं र नन्दा पहिलो पटक मिडियामा, काठमाडौं आएर सिधैं आश्रम पुग्दा भावुक बने, Ramesh



याे समचार पनि पढ्नुहोस्

५० को दशकदेखि नै अनेकखाले आन्दोलनको रापतापले भरिभराउ हुने सडक २०७४ को प्रतिनिधिसभा चुनावयता सुनसानजस्तै थियो । बेलाबखत सडकमा उत्रिने किसान र विभिन्न पेसाकर्मीको आन्दोलनको आकार ठीकठीकै हुन्थ्यो तर शुक्रबार नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालसहित नेता–कार्यकर्ता माइतीघरको चिसो भुइँमा टुसुक्क बसेर सडक संघर्षको सुरुवात गरेपछि आन्दोलनको माहोल विस्तारै गर्माउन थालेको छ ।

नागरिकको दैनन्दिन फेरि अप्ठ्यारोमा पर्ने निश्चितजस्तै छ । संघीयता र गणतन्त्रका लागि एउटै मोर्चामा बसेर संघर्ष गरेका नेकपाका नेता–कार्यकर्ता सरकार र सडकमा बाँडिएका छन् । करिब ३५ वर्ष लामो चिनजान र उतारचढावपूर्ण सम्बन्धलाई जबर्जस्त मित्रतामा बदलेर दाहाल र नेपाल आफ्नै सहकर्मीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आएर ‘हामी यहाँ छौं’ भनिरहेका छन् । सायद उनीहरूले पार्टी एकतापछि आफूहरू कहाँ छौं भन्ने भेउ पाउनै सकेका थिएनन् ।

२०४६ यता फरक–फरक पार्टीको एउटै अध्यक्षका रूपमा अविच्छिन्न नेतृत्व गरेका पुष्पकमल दाहालले पछिल्लो ३ वर्षमा सम्भवतः सबैभन्दा धेरै नेकपाका अध्यक्ष ओलीसँगै बातचित गरे । बितेका ४९ वर्ष ओलीको संगतमा रहेका नेपाल पार्टी एकतायता ओलीबाटै सबैभन्दा धेरै किनारामा पारिए । उनै ओलीको पेलानमा परेपछि दाहाल र नेपालबीचको आत्मीयता झन्–झन् मौलाउँदै गएको हो । उसो त १५ वर्षसम्म तत्कालीन एमालेको महासचिव हुँदा नेपालबाट ओली पक्ष छेउ लागेका उदाहरण पनि बग्रेल्ती छन् ।

अध्यक्षको समान हैसियतमा बसेर शुक्रबार पहिलो पटक पत्रकार सम्मेलनमा प्रकट भएका यी दुई नेताको अहम् गुनासो नेकपाकै अर्को समूह सम्हालेका ओलीप्रति थियो । दाहाल र नेपालले अहिले जसरी काँधमा काँध मिलाएर हिँडेका छन्, उनीहरूको सम्बन्ध पहिलेदेखि नै त्यस्तै थियो त ? अहँ थिएन । त्यसका लागि उनीहरूको पञ्चायतकालीन मित्रतादेखि गत प्रतिनिधिसभा चुनावसम्मका उतारचढावको सम्झना गरौं ।

कान्तिपुरसँग पोहोर मंसिरमा अन्तर्वार्ताका क्रममा दाहालले भनेअनुसार दाहाल र नेपालको भेट २०४०/४१ सालतिर भएको हो । त्यतिखेर पञ्चायतकै विरुद्ध भूमिगत भए पनि यी दुई नेताको आन्दोलन फरक थियो, लक्ष्य एउटै । त्यो बेला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गराउने बारम्बारको वार्ता भने असफल भयो । २०४६ सालपछि दाहाल जनमोर्चा र नेपाल एमालेको राजनीतिमा लागे । २०५२ मा दाहालले सशस्त्र संघर्ष सुरुवात गर्दा नेपाल तत्कालीन एमालेको महासचिव बनेको दुई वर्ष पुगिसकेको थियो । त्यतिखेर दाहालको माओवादीले नेपालले नेतृत्व गरेको एमालेलाई संशोधनवादीको संज्ञा दिएको थियो भने माओवादी संघर्षलाई एमालेले आतंकवाद भनेर परिभाषित गरेको थियो । त्यसैले तत्कालीन माओवादीले संघर्ष थालेको पाँच वर्षसम्म दाहाल र नेपालबीचको संवाद टुट्यो । नेपाल त्यतिखेरको संसदीय जोडघटाउमै तल्लीन हुँदा दाहाल विद्रोही सैन्य शक्तिलाई जंगलमा परेड खेलाउँदै थिए । ‘जनयुद्धको पाँच वर्षपछि बल्ल सबैमा नयाँ चेतना आयो,’ दाहालले भनेका छन्, ‘हामी प्रगतिशील आन्दोलनका सहयात्री हौं, जे भए पनि हामी वामपन्थी हौं, हामीले आपसमा झगडा गर्दा फाइदा अरूले उठाए भन्ने चेतना भयो र संवाद गर्न थाल्यौं ।’

भूमिगत रहेका दाहालसँग त्यसयता सबैभन्दा धेरै संवाद कसैले गर्‍यो भने नेपालले नै गरे । उनीहरूका बीचमा हुने लम्बेतान वार्ता पनि तत्कालीन माओवादीलाई सशस्त्र युद्ध छोडेर जनआन्दोलनमार्फत परिवर्तनका लागि सरिक गराउने कडी हो । दाहालसँग वार्ता गर्न नेपाल कहिले भारतको सिलिगुढी र लखनउ त कहिले रोल्पा ओहोरदोहोर गरिरहे । शुक्रबार राजधानीमा भएको पत्रकार सम्मेलनमा पनि दाहालले नेपालसँगको पुरानो सम्बन्ध र आत्मीयतालाई सम्झिए । नेपालले समर्थनमा टाउको हल्लाइरहे ।

‘मेरो टाउकोको मूल्य तोकिएका बेला पनि उहाँ र म लगातार भेट्ने, छलफल गर्ने र यो आन्दोलनलाई गणतन्त्रमा कसरी लैजाने भन्नेबारेमा लामो छलफल गर्थ्यौं, उहाँले वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाउनुभयो, रोल्पामा बसेर दुई पार्टीबीच पहिलो सम्झौता भयो । केपी ओलीले त्यो सम्झौता किन गरेको भनेर वामदेवलाई कारबाही गर्ने भन्नुभएछ । माधवजीले मैले पठाएको हो किन कारबाही गर्ने भन्नुभएछ,’ दाहालले भने, ‘हाम्रो बीचमा भएको कटुता रणनीतिक हैन, कार्यनीतिक थियो । सम्बन्धकै कुरा गर्नुहुन्छ भने त झन्डै पचास वर्षदेखि सहकार्य गरेको बादलको त्यो हालत छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here