Home News १४० KG कि श्रीमती ४५ KG का श्री’ मान्,रु’दा’रुदै स’कियो अन्तरवार्ता, हेर्नैपर्ने...

१४० KG कि श्रीमती ४५ KG का श्री’ मान्,रु’दा’रुदै स’कियो अन्तरवार्ता, हेर्नैपर्ने भिडियो (सके सहयोग नसके सेयर गरिदिनुहोस्)

422
0

१४० KG कि श्रीमती ४५ KG का श्रीमान्,रु’दारुदै सकियो अन्तरवार्ता, हेर्नैपर्ने भिडियो (सके सहयोग नसके सेयर गरिदिनुहोस्)





याे समचार पनि पढ्नुहोस्

ई वीरगन्ज ह ! क्रान्तिको नगरी ! आर्थिक राजधानी ! राष्ट्रिय अर्थतन्त्रको ब्यारोमिटर ! पुसको चिसो बिहान, वीरगन्जलाई कुहिरोले ढपक्कै छोपेको छ । मिर्मिरेमा जीवन खोज्दै सडकमा उत्रिएकाहरूले घण्टाघरलाई घुम्टोमा बेरिएको देखे । कोरोना कहरले गति हराएको यो सहरको चेहरा एकताका यसैगरी संकटको कुहिरोमा छोपिएको थियो । सहरवासीको मृत्यु फगत एक आँकडा भएको थियो । सहर कतै गहिरो र भयानक भुमरीमा फस्ने त होइन भन्ने चिन्ता व्याप्त थियो ।

‘ल हेर घण्टाघरमा घाम लाग्यो’, सखारै सडकमा पगध्वनि गुन्जिन थालेको छ । घण्टाघरको शिर नियालिरेका वीरगन्जवासीका अनुहार चम्किन थालेका छन् । कोही पढ्न जाँदै छन्, कोही प्रातः भ्रमण सकेर चिया–गफमा जुटेका छन्, सडकमा कतै तरकारी र दूध बेच्नेको पदचाप छ । कोरोनाले आहत भएको वीरगन्ज आफ्नो आर्थिक–सामाजिक लय फर्काउने कोसिस गर्दै छ । सुखद खबर छ– सहरभित्रको जीजिविषाले यति छोटो समयमा मिठो सुर समात्न थालेको छ ।

विगतमा वीरगन्जले नेपालको प्रवेशद्वार सहरको पगडी पायो । त्यसैले आज पनि यस सहरको मुहार चम्किलो छ । भोजपुरीको हृदय–प्रदेश, एउटा सिंगो समासिक सहर । काठमान्डूबाहिर कैयौँ उपलब्धिमा नाम आर्जेको सहर । इतिहासका कैयौँ धड्कन सुरक्षित छन् यहाँ । वीरगन्ज– एक गुलजार सीमावर्ती सहर ।

वीरगन्जबारे भनिन्छ– यो सहर सुत्दैन । महानगरको यो अद्भुत माया हो कि प्रत्येक मान्छे आफ्नै दुनियाँमा व्यस्त रहन्छ । दिन– रातको भागदौडका बाबजुद यहाँ प्रत्येकको आँखामा सपना टल्किरहेको हुन्छ । यहाँ उम्मिद र सपनाको दुनियाँ छरपस्टिएको हुन्छ । वीरगन्जको विशेषता यो हो कि जति नजरले यसलाई नियाल्छन्, त्यतिकै छवि उसको मानसमा तर्न थाल्छ ।

‘वीरगन्ज’ नामले हाम्रो आँखासामुन्ने एउटा सपना जुर्मॅराउँछ, जहाँ जोकोही पनि आफ्नो जीवनलाई अझ राम्रो बनाउने आशा लिएर आउँछ र तबसम्म लागिपर्छ, जबसम्म उसले त्यसलाई पाइहाल्दैन । साँचो त के हो भने वीरगन्जले कहिल्यै पनि कसैलाई निराश पारेको छैन । जो जेका लागि लायक हुन्छन्, उसले त्यो पाउँछ । कहिलेकाहीं ढिलो हन सक्छ तर पाउँछन् सबैले । सस्तोमा गुजारा हुने सहर हो यो । अरू छाड्नुस्, ह्विलचेयर गुडाउँदै सीमा वारि–पारिको कारोबार गरेर गुजारा चलाउँछ वीरगन्ज ।

वीरगन्ज केवल एक सहर होइन, हजारौं वर्षदेखिको संस्कृतिको नाम हो । नयाँ जमानाले पुराना सम्झना, पुराना तौर–तरिकालाई भलै बिर्सिसकेको होस्, तर केही चीज जो विरासतले छाडेको हुन्छ । त्यो कुनै कुनामा, कुनै सन्दुकमा जोगिएको हुन्छ । भिसवा डाँडाँ, गहवा मन्दिर, अलखिया मठ, पिपरा मठलगायत पुरातात्त्विक–ऐतिहासिक सम्पदाले यस क्षेत्रका बसोबासको प्राचीनतालाई स्थापित गर्छ । हो कतिपय इतिहासकारले राणा प्रधानमन्त्री वीरशमशेरको कालमा सम्वत् १९५३ सालपूर्व नै यस सहरले ‘वीरगन्ज’ नाम पाइसकेको जनाएका छन् । तर, यो नाम पाउनुभन्दा पहिले पनि यस क्षेत्रमा पुराना बस्ती थिए, जो अहिले महानगरपालिकाको भूगोलभित्र छ । ‘अलौ’ गाउँ नै साविकको प्रशासनिक केन्द्र थियो । राणा प्रधानमन्त्री एवं अन्य रोलवाला राणाहरूको यसतर्फ भ्रमण हुँदा ‘गहवा’ गाउँमै मुकाम रहेको पाइनुले ‘गहवा’ त्यसबेला तराई क्षेत्रमा अरूभन्दा निकै विकसित बस्ती बनिसकेको पत्तो लाग्छ । खासमा वीरगन्ज यस ऐतिहासिक क्षेत्रको आधुनिक पहिचान हो ।

यस सहरको आफ्नो इतिहास र भूगोल मात्रै छैन । यसको आफ्नै संस्मरण र यात्रा छ । यो सहर आफ्नो स्थानीयता र पहिचान बचाइराख्न आफैंसँग जुध्दै छ । सहरमा हुँदै गरेको बाहिरी बदलाव त झल्किन्छ, तर आन्तरिक बदलाव त्यसैगरी कहाँ छचल्किन्छ, त्यसलाई अनुभव पो गर्ने हो । समय बदलिँदै गएको छ । हो त्यसैले यो पुरानो सहरमा अबका ‘लभ स्टोरी’ फेरिँदै गए । सहरको परिवर्तित हुँदै गरेको तस्बिरले मान्छेको नियति मात्र फेरिएको छैन, प्यारको तरिका पनि फेरिएको छ ।

पुरानो वीरगन्जसँग कुनै ऐतिहासिक धरोहर वा उपयोगी सामानको नाम जातिवाचक संज्ञाको जस्तै अनिवार्य रूपमा जोडिएको हुन्थ्यो, तर आजको तरुण हुँदै गरेको वीरगन्जले आफ्ना लागि नयाँ किसिमको विशेषण निर्माण गर्दै गएको छ । यो बजारहरूको सहर हो, जहाँ पुराना बजार (मीनाबजार, बिर्ता, छपकैया, मुर्ली) का हाटहरूको निरन्तरतासँगै नयाँ–नयाँ चल्तीका बजारहरूले सहरको आधुनिकतालाई जीवन्त बनाएको छ । सम्मेलनको सहर, परिणय–संगम (वैवाहिक कार्यक्रम आयोजन), प्रतियोगिताको नगर (खुला र बन्द खेलका पूर्वाधार) अनेक पहिचान छन् वीरगन्जका । कुनै बखत प्रमुख औद्योगिक–व्यापारिक यो सहर ‘जुलुसको सहर’ नामले समेत चिनियो । सुक्खा बन्दरगाह पहिला यहीँ बने । यहीँ प्रमुख दक्षिणी नाकाको भन्सार सेवामा एकीकृत प्रबन्धलाई मूर्तरूप दिइयो ।Ekantipur बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here