Home News पुर्वराजा ज्ञानेन्द्रले ह’ल्लाए काठमाडौं, उर्लि*यो पुरा जनता, उड्यो सरकारको सा’तो, खतरा**नाक घोषण...

पुर्वराजा ज्ञानेन्द्रले ह’ल्लाए काठमाडौं, उर्लि*यो पुरा जनता, उड्यो सरकारको सा’तो, खतरा**नाक घोषण Raja

2818
0

पुर्वराजा ज्ञानेन्द्रले ह’ल्लाए काठमाडौं, उर्लि*यो पुरा जनता, उड्यो सरकारको सा’तो, खतरा**नाक घोषण Raja



याे समचार पनि पढ्नुहोस्

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्टको सफलतापछि नेपाल आयल निगमले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको कामलाई पनि तीव्रता दिएको छ । अन्तरदेशीय सिलिगुडी–झापा पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भेको काम सकिएको छ । नेपाल आयल निगम र भारतीय आयल निगम (आईओसी) को संयुक्त प्राविधिक टोलीले सर्भेको काम सकेको निगमले जनाएको छ ।

‘अन्तरदेशीय दोस्रो पाइपलाइनको डिटेल इन्जिनियरिङ सर्भेको काम सकिएको छ, अब छिट्टै फाइनल रिपोर्ट आउँछ,’ निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रमुख नकुलप्रसाद भण्डारीले भने, ‘त्यसपछि पाइपलाइनको डीपीआर र टेन्डर प्रक्रियामा जान्छौं ।’ इन्जिनियरिङ सर्भे गर्दा सिलिगुडी–झापा पाइपलाइनको लम्बाइ ५० किलोमिटर हुने देखिन्छ । यसमध्ये १५ किलोमिटर नेपालमा पर्छ । बाँकी ३५ किलोमिटर भारततर्फ पर्ने उनले जानकारी दिए । ‘निगमको चारआली दक्षिणतर्फ करिब २३ बिघा जग्गा छ । त्यहाँबाट ५० किमि पर्छ,’ भण्डारीले भने, ‘पाइपलाइन चारआलीदेखि सडकको छेउछेउ हुँदै मेची भन्सारको २ नम्बर गेट र खाली जग्गा अनि मेची बगर हुँदै भारततर्फ जान्छ ।’

निगमका अनुसार यसअघि पुल्चोक इन्जिनियरिङ क्याम्पसले गरेको प्रारम्भिक अध्ययनमा पाइपलाइन र भण्डारणसहित करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । यसबाट पेट्रोल, डिजेल, हवाई इन्धन, मट्टीतेल सबै आयात गर्न सकिने भण्डारीले बताए । आयातित इन्धन भण्डारण गर्न चारआलीमै १२ हजार ५० किलोलिटरको पेट्रोल, २८ हजार ५० किलोलिटरको डिजेल, चार सय किलोलिटरको मट्टीतेल र १ हजार २ सय ५० किलोलिटरको हवाई इन्धन ट्यांक पनि बनाइने जनाइएको छ । ‘यो पाइपलाइन मल्टिप्रडक्ट हो,’ भण्डारीले भने, ‘इन्जिनियरिङ सर्भेलगत्तै अब डीपीआरमा जान्छौं ।’

अमलेखगन्ज पेट्रोलियम पाइपलाइन पनि मल्टिप्रडक्ट हो । तर भण्डारण अभावका कारण एक वर्षसम्म डिजेल मात्रै आयात भयो । अब भने अमलेखगन्जबाट पेट्रोल पनि आयात गर्ने गृहकार्य भइरहेको उनले जानकारी दिए ।

सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको सर्भे सकिएकाले अब थप प्रक्रिया स्थानीय प्रशासन एवं तहको सहमतिमा काम अघि बढाइने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । भारततर्फ पाइपलाइनको खर्च आईओसी र नेपालतर्फको निगमले बेहोर्ने उनको भनाइ छ । ‘यही विषयमा विस्तृत छलफल गर्न आईओसीको टोली छिट्टै नेपाल आउँदै छ,’ उनले भने । निगमका अनुसार पाइपलाइनकै विषयमा प्रमुख जिल्ला अधिकारी, महानगर प्रमुख, प्रहरीलगायतका उच्च अधिकारीबीच पटकपटक छलफल भइरहेको छ । पुस ७ को बैठकले सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन नेपालतर्फ चारआलीदेखि मेची भन्सार, गैरीगाउँ, सुकुम्बासी बस्ती, सशस्त्र प्रहरी बलको नेपाल सीमा सुरक्षा पोस्ट हुँदै मेची नदीसम्म निर्माण गर्ने निर्णय गरेको छ । साथै पाइपलाइनको सर्भे गरिएका स्थानहरूमा कुनै प्रकारका संरचना निर्माण नगर्ने, नगराउने निर्णयसमेत भएको छ ।

यसैबीच पाइपलाइन निर्माणस्थलको अवस्थाबारे मंसिर दोस्रो साता संसद्को उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिले स्थलगत अवलोकन गरेको थियो । नेपाल–भारत पाइपलाइन जोइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले डीपीआरको प्रतिवेदन पनि छिट्टै बुझाइने जानकारी दिए । ‘डीपीआरमा लागिपरेको छु । आईओसीले पनि अध्ययन गर्दै छ,’ उनले भने, ‘प्रतिवेदन छिट्टै पेस हुन्छ । सायद यही महिनाभित्र आउँछ ।’ निगमले यही आर्थिक वर्षमा पाइप बिछ्याउने गरी काम भइरहेको जनाएको छ । ‘पाइपलाइन ३४ महिनाको प्रोजेक्ट हो । फागुनपछि पाइपलाइन बिछ्याउन सुरु गर्ने योजना छ,’ निगमका १ नम्बर प्रादेशिक कार्यालय प्रमुख भण्डारीले भने, ‘सबै अनुकूल भए समयमै काम सक्छौं ।’ निगमले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम १८ महिनामै सकेको थियो । पाइपलाइन परियोजना सन् २०२० मा सम्पन्न गर्ने सम्झौता थियो । तर आठ महिनाअगाडि नै काम सम्पन्न भएको थियो ।

पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न अनि चुहावट नियन्त्रणमा सघाएको र ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति पाइपलाइन प्रयोगबाट कम भएको निगमको दाबी छ । भन्सार नाकामा हुने सवारी जाम र हडतालको समस्या पनि कम भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here