Home News केही नभएको दुबई कसरी धनी भयो अनि सबै थोक भएको नेपाल किन...

केही नभएको दुबई कसरी धनी भयो अनि सबै थोक भएको नेपाल किन गरिब? यस्तो छ रह*स्य

144
0

केही नभएको दुबई कसरी धनी भयो अनि सबै थोक भएको नेपाल किन गरिब? यस्तो छ रहस्य



याे समचार पनि पढ्नुहोस्

सन् १९५२ मा सुरु गरिएको पहिलो पञ्चवर्षीय योजना र त्यसपछिको ‘महान् फड्को’ दुवैले कृषिमा अपेक्षित परिणाम ल्याउन सकेनन् । कृषिमा रूपान्तरणको प्रयास गरिए पनि ठूलो कृषि जनसंख्या, भू–उपयोग र सामूहिक कृषि प्रणालीलाई सरकारलाई उचित व्यवस्थापन गर्न हम्मे पर्‍यो । सन् १९५० र ६० दशकको चिनियाँ भोकमरी विश्वमै कुख्यात मानिन्छ । सन् १९६० को उत्तरार्द्धमा कृषि उत्पादनमा केही वृद्धिको संकेत देखा परे पनि त्यो त्यति टिकाउ प्रकृतिको भएन, जसले गर्दा सांस्कृतिक क्रान्तिको समयमा पनि चिनियाँ कृषिले कुनै गुणात्मक फड्को मार्न सकेन । सन् १९५२ देखि १९७८ सम्म चीनको वार्षिक कृषि उत्पादन वृद्धिदर २ प्रतिशत र ग्रामीण जनसंख्याको प्रतिव्यक्ति आय केवल १.७५ प्रतिशत रह्यो । त्यसपछि भने चिनियाँ कृषि निरन्तर सुधारको बाटामा आइरहेको छ ।

सुधारका कार्यक्रमअघिका केही वर्षमा कृषि उत्पादनमा वार्षिक वृद्धिदर ३ प्रतिशतभन्दा कम थियो भने देङ स्याओपिङले कृषिको रूपान्तरण कार्यक्रम लागू गरेपछि यो ८ प्रतिशतभन्दा माथि पुग्यो । जनसंख्याको भन्दा कृषि उत्पादनको वृद्धिदर दोब्बरभन्दा बढी भएपछि कृषिउपजहरूको मूल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आयो ।

कृषि क्षेत्र भने विस्तारको बाटामा गएकाले किसानहरूको आयमा निरन्तर वृद्धि हुँदै गयो, जसमा मूल्यभन्दा परिमाणले ठोस भूमिका खेल्यो । देङ स्याओपिङले ‘परिवार जिम्मेवारी पद्धति’ नामको अभियान चलाए, जुन सन् १९७९ मा सुरु गरिए पनि १९८२ देखि बृहत् रूपमा लागू गरियो । यसअनुसार, किसान परिवारले राज्यबाट पाएको जग्गाको लाभ–हानि उनीहरूले नै पाउने भए । सानो परिमाणमा भए पनि उनीहरूले सामूहिक कृषि प्रणालीका टोलीहरूलाई आफ्नो खेतबारीमा सहयोगका लागि ल्याउन पाउने भए । टोलीलाई तिर्नुपर्ने रकम र सरकारलाई तोकिएको न्यून कर बुझाएपछि अरू सबै कृषि आम्दानी किसान परिवारकै हुने भयो । यसले किसान परिवारहरूमा आशाको सञ्चार गरायो । कृषि आम्दानीलाई करयोग्य बनाइए पनि किसानहरूमा कर तिर्न सक्ने क्षमताको विकास भयो । किसानहरूको आम्दानी मात्र बढेन, मुलुकबाट भोकमरी पनि हरायो ।

कृषिको आधुनिकीकरण र बेरोजगारी समस्याको सम्बोधन

सुधारपूर्व धान र अन्य अन्न उत्पादनमा सीमित रहेको चिनियाँ कृषिमा तरकारी र नगदेबालीहरूलाई असीको दशकको सुरुआतसँगै प्रोत्साहित गर्न थालियो । सबै बाँझो जमिन उपयोगमा आइसकेपछि व्यावसायिक कृषि प्रणालीको अवलम्बनसँगै कृषि कर्मबाट जनशक्ति उद्योग र सेवा क्षेत्रमा सर्दै गयो । कृषि क्षेत्रमा निरन्तरको उत्पादकत्व वृद्धिले कृषिमा आश्रित जनसंख्याको चाप घट्दै गयो । उद्योग र सेवा क्षेत्रमा श्रमिकहरू स्थानान्तरण हुँदै गएपछि अर्थतन्त्रमा करिब ४० प्रतिशत रहेको कृषि क्षेत्रको हिस्सा एक दशकभित्रै १६ प्रतिशतमा झर्‍यो । यो परिवर्तनसँगै आन्तरिक र बाह्य कृषि बजारलाई उदारीकरण गर्दै लगियो । नब्बेको दशकको मध्यतिर आइपुग्दा नपुग्दै चीन कृषि उत्पादन निर्यातक राष्ट्र बन्न पुग्यो ।

यसबीच कृषि उत्पादनभित्र केही संरचनागत परिवर्तनहरू पनि हुँदै गएका छन् । अन्न उत्पादनमा केन्द्रित रहेको चिनियाँ कृषिले अस्सीको दशकको उत्तरार्द्धमा नगदेबाली, फलफूल, तरकारी र पशुपालनतर्फ परिमाणात्मक र गुणात्मक वृद्धि हासिल गर्दै गयो । सन् २००० आइपुग्दा नपुग्दै पशुपालन र डेरी उत्पादनहरूले चिनियाँ कृषिमा ४० प्रतिशत स्थान ओगट्न थाले ।

त्यसै गरी तरकारी, फलफूल र नगदेबालीहरूले करिब एकतिहाइ योगदान गर्न थाले । यी उत्पादनहरूको विश्वबजारमा पहुँच विस्तार गरियो । चिनियाँ तयारी पोसाकले कब्जा जमाएको अन्तर्राष्ट्रिय बजारमा सन् २००१ मा चीनले विश्व व्यापार संगठनको सदस्यता लिएपछि खाद्य पदार्थहरूका मामिलामा पनि वर्चस्व हुँदै गयो । पशुपालन व्यवसाय अन्न उत्पादनका तुलनामा श्रममूलक भएकाले बढ्दो श्रमशक्तिलाई यसले उल्लेख्य रूपमा खपत गर्दै गयो । तर कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणसँगै पुँजीप्रधान क्रियाकलापले रोजगारी संकुचनमा जाने भएकाले सन् १९९० को उत्तरार्द्धदेखि नै ग्रामीण समुदायमा गैरकृषि गतिविधिहरूलाई बढावा दिइयो ।

सम्पूर्ण विश्वको केवल ५ प्रतिशत पानीका मुहानहरू र ८ प्रतिशत खेतीयोग्य जमिन रहेको चीनमा विश्वको २० प्रतिशत जनसंख्या बसोबास गर्छ । तर सन् १९७८ देखि २०१८ सम्म चार दशकको चिनियाँ कृषिको रूपान्तरणले कृषि उत्पादन र उत्पादकत्वमा ल्याएको वृद्धि विश्व अर्थव्यवस्थामै एक युगान्तकारी परिवर्तन बनेको छ । यस अवधिमा चिनियाँ जनसंख्या वार्षिक १ प्रतिशतले बढ्यो भने कृषि उत्पादन ४.५ प्रतिशतले ।

चिनियाँ जनसंख्याको प्रतिव्यक्ति आय भने यसबीच झन्डै चार गुणाले वृद्धि भएको छ । सन् १९८० दशकको उत्तरार्द्धदेखि चिनियाँ औद्योगिक विकासलाई सुरुमा कृषिमा आधारित बनाइयो । कच्चा पदार्थको मूल्यमै कमी गराइदिएपछि अन्तिम उत्पादनको मूल्य त्यसै पनि सस्तो हुने भयो । कच्चा पदार्थमा दिइएको व्यापक अनुदानले चिनियाँ कृषि उत्पादन र कृषिजन्य औद्योगिक उत्पादनहरू सस्ता भए । यसको प्रभाव चीनमा मात्र नभई विश्वबजारमै पर्‍यो । सस्ता चिनियाँ उत्पादनहरूले बिस्तारै विश्वबजार भरिँदै गयो ।

चिनियाँ कृषि उत्पादन र कृषिमा आधारित औद्योगिक उत्पादनहरूले विश्वबजारमा कब्जा जमाएपछि युरोपेली समुदाय र अमेरिकाद्वारा चीनले आफनो मुद्रा रेन्मिन्बीको विनिमय दरलाई अवमूल्यन गराई प्रमुख व्यापारिक साझेदार मुलुकहरूका मुद्राहरूका तुलनामा बलजफ्ती सस्तो बनाएको आरोपहरू लगाउँदै आएका छन् । तर विनिमय दरभन्दा पनि आधारभूत आर्थिक क्रियाकलापहरूका लागि प्रयोग हुने कच्चा पदार्थ र सेवाहरूमै व्यापक अनुदानले यसमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

हाल चिनियाँ कृषि व्यवसायमा विभिन्न प्रकृतिका छत्तीस वटा अनुदान छन् । सन् २०१५ मा चिनियाँ कृषि गतिविधिहरूमा २ खर्ब ४८ अर्ब अमेरिकी डलर बराबरको अनुदान दिइएको थियो, जुन चिनियाँ कृषि गार्हस्थ्य उत्पादनको झन्डै एकतिहाइ हो । यसले कृषि उत्पादनमा व्यापक बढोत्तरी गराएको छ । सन् २०१६ देखि चीनको मकै उत्पादनले चिनियाँ र अन्तर्राष्ट्रिय बजारको माग उछिनिसकेकाले त्यसपछि मकैमा दिने गरिएको अनुदानलाई कृषिको व्यापक यान्त्रीकरणमा लगाइएको छ । यसले भूमि र किसानहरूको उत्पादकत्वमा भारी मात्रामा सुधार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here