Home News अनिता झनै बिरामि भएपछि अन्जु पन्त रुदै पुगिन भेट्न अस्पताल,उपचार गर्ने पैसा...

अनिता झनै बिरामि भएपछि अन्जु पन्त रुदै पुगिन भेट्न अस्पताल,उपचार गर्ने पैसा नभएपछि बिनोद काममा गए (सहयोग स्वरुप सेयर गराै)

226
0

अनिता झनै बिरामि भएपछि अन्जु पन्त रु’दै पुगिन भेट्न अस्पताल,उपचार गर्ने पैसा नभएपछि बिनोद काममा गए



याे समचार पनि पढ्नुहोस्

हामीकहाँ पनि लोकतान्त्रिक संविधानले राज्यका अंगहरूबीच सन्तुलन र नियन्त्रणको सीमा कोरेको छ । यस्तै अभ्यासहरूमार्फत आफैंलाई माझ्दै उत्कृष्टतातर्फ लिएर जाने परिकल्पना त्यसमा गरिएको हुन्छ । लोकतन्त्रलाई संविधानले स्वरूप दिएको हुन्छ, जुन मुलुक र जनतालाई राज्यले निर्धारण गरेको गन्तव्य वा लक्ष्यमा पुर्‍याउने भरपर्दो र हानिरहित माध्यम बनेको हुन्छ । माध्यम पनि भएका कारण नै लोकतन्त्र आफैं परिचालित हुनेभन्दा पनि जनता वा तिनका प्रतिनिधिहरूले जनताको अधिकतम हितका लागि सञ्चालन गर्ने पद्धतिका रूपमा यो स्थापित छ । हाम्रो सन्दर्भमा सबैका आआफ्नै अनुभव र शैलीले गर्दा संविधान कुन रूपमा अभिव्यक्त हुन्छ, यो राष्ट्रिय चिन्ता हो । हामीकहाँ संसद्, सरकार, अदालतको आआफ्नै प्रकृति र परम्परा छ । यतिखेर कतिपय संस्था उग्रता र आतंकको सन्देश प्रवाहित गर्न तत्पर छन् । अहिलेको चिन्ता लोकतन्त्रको भविष्यसँग जोडिएको छ ।

बालुवाटारको छलछाम

विकसित नेपाली मानसले कुनै पनि अधिनायकवादलाई स्वीकार गर्दैन । परम्परागत अधिनायकवादलाई लामो समयसम्म भोगेर जनताले त्योसँग सम्बन्ध चुँडालिसकेका छन् । त्यसैले कुनै पनि प्रकारको अधिनायकवाद अहिलेको संवैधानिक यात्राको विकल्प बन्ने अवस्थामा छैन । तर अहिले कार्यकारीको स्वेच्छाचारी अभ्यासलाई नियमन गर्ने, साम्य पार्ने र सन्तुलित यात्राका लागि नैतिक दबाब दिने काम भएन । अहिले राज्यका अंगहरूले तयार पार्न चाहेको नवकथ्यले चालु संविधानलाई केकति सुबिस्ता, समुन्नति र स्वतन्त्रता दिन सक्छ, सर्वत्र चासो छ । सर्वोच्च अदालतले लोकतन्त्रको उज्ज्वल भविष्यलाई दह्रो टेवा दिन सक्छ कि ? आम प्रतीक्षा छ । हाम्रा सम्पूर्ण प्रयासहरूको सार्थकता र लोकतान्त्रिक नेपालको भविष्य सुरक्षित रहने दुई बाटा छन् । पहिलो, सर्वोच्च अदालतले एउटा मार्गचित्र कोरिदिन सक्छ । दोस्रो, सडकले मार्गनिर्देश गरिदिन सक्छ । मुलुक यतिखेर चौबाटामा छ ।

संविधान स्वयंले पनि मुलुक र लोकतन्त्रको व्यक्तित्व निर्माण गर्छ । संविधान कसरी बन्यो ? त्यतिखेर कुन पात्र र प्रवृत्ति निर्णायक रहे ? यसले सबै खाले विभेदलाई अन्त्य गर्दै सामाजिक न्यायको ढोका खोल्यो त ? विभिन्न सीमान्तकृत समुदायहरूका तर्फबाट उठाइएका स्वरहरूको समायोजन कत्तिको भयो ? केन्द्रीकृत सामन्ती राज्य व्यवस्था –जो इतिहासको बोझ थियो– को भारीलाई कत्तिको बिसाउन सक्यो ? नेपाली जनतालाई नागरिक बन्न र आफ्नो भाग्यको फैसला आफैं गर्न दिने बाटोलाई संविधान निर्माण प्रक्रियाले कसरी छेकबार लगायो ? संविधानमा आफ्नो हिस्सा खोज्दा कसरी थारू–मधेसीहरूलाई राजनीतिक रंगमञ्चको नेपथ्यमा धकेलियो ? यी प्रश्नको जवाफ खोज्ने इमानदार यत्न नभएसम्म नेपाली समाजले ऐतिहासिक संक्रमणलाई छिचोल्न सक्दैन ।

संविधान बनाउने शक्तिहरूले कुन नैतिक बल, कस्तो रणनीति र कस्तो सैद्धान्तिक–वैचारिक क्रियाकलापका आधारमा भावी चुनौतीको सामना गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिएनन् । यस्तै, शताब्दियौंदेखि सामन्तवादी एकाधिकारका कारण गुमेका मानवीय पहिचान (लैंगिक, जात/जातीय, वर्गीय, धार्मिक) तथा क्षेत्रीय विविधतालाई समेट्नुपर्ने आवश्यकता महसुस गरेनन् । नेपाली समाजमा संविधानको उपस्थिति र भूमिका केकति छ भन्नेतिर हाम्रो ध्यान खासै गएको देखिँदैन । यसतर्फ संवेदनशील भएको भए थारू विद्रोहको उर्वर भूमि टीकापुरको राजनीतिक घटनाप्रति उदासीनता देखिन्नथ्यो । संविधानले आफ्नो भूमिका तथा हैसियतको विकासका लागि आफ्ना अंगहरूबाट जुन बल पाउनुपर्थ्यो, त्यो कार्यकारीको हस्तक्षेपका कारण सम्भव भएन । टीकापुर फैसलाका लागि भएको बालुवाटारको छलछाम कसैबाट लुकेको छैन ।

अंकगणितको अहंकार

संविधान निर्माण हुँदा प्रक्रियाको तहमा यसभित्र थुप्रै उथलपुथल तीव्रतर रूपमा भइरहेका थिए जसमा संविधानसभाको अंकगणितले चुकुल लगाइदियो । यसरी चुकुल लगाउनमा मुख्य अभियन्ता खड्गप्रसाद शर्मा ओली थिए, जो तत्पश्चात्को शासन सञ्चालनको हरप्रहरमा खड्ग लिएर लोकतन्त्रमाथि जाई लागे, दल र संसद्भित्रको अंकगणितको बलमा । संविधान निर्माण जसरी अंकगणितीय बलमिच्याइँमा गरियो, त्यसले परिवर्तनकारी नूतन मान्यता र संस्कृतिको संस्थागतका लागि आधारभूत काम नै गरेन । संविधान निर्माणको प्रक्रियामा चलेको अंकगणितीय खेलले त्यसका निमित्त पात्र खड्गप्रसादलाई अग्रासनमा पुर्‍यायो । यस अर्थमा उनी अंकगणितीय बलमिच्याइँ प्रवृत्तिका नायक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here