Home News मलेसिया सरकारले नेपाली भाषामा मोवाइल एप सुरु गर्दै, रोजगारदाता विरु’द्ध उजु’री गर्न...

मलेसिया सरकारले नेपाली भाषामा मोवाइल एप सुरु गर्दै, रोजगारदाता विरु’द्ध उजु’री गर्न सकिने। (जानकारीका लागि सेयर गराै)

502
0

मलेसिया सरकारले नेपाली भाषामा मोवाइल एप सुरु गर्दै, रोजगारदाता विरुद्ध उजुरी गर्न सकिने।



मलेसियामा कार्यरत नेपालीसंगै विदेशी श्रमिकले आफूलाई कुनै दुव्र्यवहार भएमा त्यसका बारेमा गुप्त रुपमा सम्वन्धित सरकारी निकायमा मोवाइल एप मार्फत उजुरी दिन सक्ने गरी मलेशियामा आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा आउन लागेको छ ।

सो मोवाइल एप यहाँको सरकारले नै बनाउन लागेको हो ।
मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले विभिन्न देशको भाषामा उपलव्ध हुने सो मोवाइल एपले विदेशी श्रमिकको अधिकार र कामको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । सो एप नेपाली, बंगाली , इन्डोनेसिया , फिलिपिन्स , म्यानमार लगायतका भाषामा हुनेछ ।

मन्त्री शरभनानले हालसम्म विदेशी श्रमिक सरकारसँग सिधा नजोडिएको भन्दै सोका कारण आफूलाई दुव्र्यवहार हुँदा पनि उनीहरुले उजुरी गर्न नसकिरहेको बताए । यसका कारण दुव्र्यवहार गर्ने रोजगारदातालाई सहजता भएको उनको भनाई छ । उनले नयाँ आउने मोवाइल एपमा दोहोरो सञ्चार गर्न सकिने प्रवन्ध हुने जानकारी दिएका छन् । श्रमिकको उजुरीका आधारमा श्रम विभागले अनुगमन गर्ने जनाइएको छ ।

मलेशियामा विशेषगरी आप्रवासी श्रमिकमाथि शोषण हुने गरेको छ । भनिएअनुसारको काम तथा तलव नदिइने, उचित बसोवासको प्रवन्ध नहुने तथा अतिरिक्त कामको अतिरिक्त पारिश्रमिक नपाउने मुख्य समस्या हुन् । यसैगरी रोजगारदाताले मानशिक तथा शारिरीक दुव्र्यवहार गर्दै काम गर्न बाध्य पार्ने गरेको घटना समय समयमा सार्वजनिक हुने गरेका छन् ।

मलेशियामा आप्रवासी श्रमिकलाई बाध्यकारी श्रमको अवस्थामा पारेको भन्दै पश्चिमा मिडियाहरुले लगातार प्रश्न उठाएपछि पछिल्लो समय यहाँको श्रम बजार सुधारका लागि चर्को दवाव परेको छ ।

अर्को समचार पनि पढ्नुहोस्
मलेशियामा कोरोना भाइरस (कोभिड-१९) को समस्याका समयमा सामाजिक दुरी कायम नगरेको तस्वीर अन्यलाई पठाएको अभियोगमा कामबाट निकालिएका एक नेपालीलाई कामबाट निकाल्ने निर्णयटबाट टप ग्लोव्स कम्पनी पछि हटेको छ।

कम्पनीको सुचना चुहाएको अभियोगमा यसघि निकालिएको भनिएका २७ बर्षिय युवराज खड्काले कुनै कारवाहीको भागिदार हुनु नपर्ने र कम्पनीमा श्रमिकका गुनासो सुन्नका लागि तीनवटा हेल्पलाइन सुरु गरिएको टप ग्लोव्सले जनाएको हो।

बेलायती सञ्चार माध्यम रोयटर्सका अनुसार खड्काले गत मे महिनामा श्रमिकको भिडभाड झल्किने दुईवटा तस्वीर खिचेका थिए र अधिकारकर्मीलाई पठाएका थिए । कम्पनीले सुरुमा खड्कालाई रोजगारीबाट निकाल्ने निर्णय गरेपनि अन्तराष्ट्रिय मञ्चहरुमा सो विषयमा पुनः विवाद सुरु हुन सक्ने र यसले कम्पनीलाई क्षति पुग्ने निश्कर्ष सहित कारवाही फिर्ता लिएको अनुमान गरिएको छ।

टप ग्लोव्सका एक व्यवस्थापकले एक रेडियो अन्तर्वार्तामा आफूहरुले यस विषयमा कम्पनीका सल्लाहकारहरुसँग छलफल गरेको र सोका आधारमा पछिल्लो निर्णय गरिएको बताएका हुन्।

सो घटनापश्चात टप ग्लोव्सले तीनवटा हेल्पलाइन सुरु गरेको छ । एउटा श्रमिकको गुनासो सुन्न कम्पनीले नै सञ्चालन गर्नेछ भनें एउटा कम्पनीको सल्लाहकार तथा अर्को अडिट गर्ने कम्पनीले व्यवस्थापन गर्नेछ । ति व्यवस्थापकले खड्काले कम्पनीलाई कुनैै सुझाव नदिएको तर समस्यामा सुधार गरिसकिएको बताएका छन्।

टप ग्लोव्स मलेशियामा कोरोना भाइरसका संक्रमित धेरै फेला परेको कार्यस्थल हो जहाँ यहि महिना ५ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए । अन्य ग्लोव्स कम्पनीहरुमा पनि ठूलै संख्यामा श्रमिक कोरोनाको संक्रमणमा परेको समाचार सार्वजनिक भएका छन् । गत हप्ता टप ग्लोव्स कम्पनीमा कार्यरत एक नेपालीले कोभिड-१९ को संक्रमणका कारण नै ज्यान गुमाएका छन्। Malaya khabar बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here