Home News मलेसियामा कार्यरत एक नेपालीले फेसबुकमा लाईभ गरे लगतै ,गरे झु’ न्डिएर आत्म’...

मलेसियामा कार्यरत एक नेपालीले फेसबुकमा लाईभ गरे लगतै ,गरे झु’ न्डिएर आत्म’ हत्या ।

271
0

बिगत लामो समययता मलेसियामा कार्यरत एक नेपालीले फेसबुकमा लाईभ गरे पस्चात झुन्डिएर आत्महत्या गरेका छ्न।

मलेसियाको सेरेम्बानमा अवस्थित ( ysk fressmart ) वाइएसके फ्रेस मार्ट कम्पनीमा बिगत लामाे समय देखि कार्यरत रहेको नेपाल खोटाङ जिल्ला घर भएका तर पछिल्लो समय उदयपुर बेलटारमा बसोबास गर्दै आएका होम बहादुर बिष्ट( हेम )ले झुन्डिएर आत्महत्या गरेका हुन।

हिजो अगस्ट १ तारिख शनिबार राती फेसबुक लाईभ भिडियोमा आएर भोलि आइतबार मेरो जन्म दिन हाे, म ५१ बर्ष मा प्रवेश गर्न लागेको छु बिष्ट आफैले लाईभमा बताएका थिए । आफुलाई बाच्ने इच्छा मरिसकेको , जिन्दगीमा सार्है दु:ख गरियो , अहिले मलाई केहि कुराको चिन्ता छैन र पारिवारिक स्थिती नि राम्रो छ, तर आफू अब बाच्न नसक्ने लगायतका कुराहरू गर्दै गरेको र केहि घन्टापछि राती करिब ०२:०० बजेतिर आफ्नै रुमको झ्यालबाट बाहिर निस्किएर झुन्डिएर आत्महत्या गरेको अवस्थामा बिहान फेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली ले बताए।

जानकारका अनुसार मृतक बिष्ट आज भन्दा २१ बर्ष पहिले नेपाल बाट भारत पुगेर समुन्द्रको बाटो यात्रा तयगरि थाइल्यान्ड हुँदै मलेसिया प्रवेश गरेर काम गर्दै आएको खुल्नमा आएको छ। अन्दाजी ५१ बर्षे मृतक बिष्टको घरमा श्रमति र दुई जना छोरा रहेको बताएकाछ्न। एकजना छोरा नेपाल प्रहरीमा कार्यरत रहेको र अर्को छोरा इन्जिनियर रहेको बुझिएको छ। बिष्टले आत्महत्या किन गरे ? भन्ने बारे कारण खुल्न अझै बाँकी छ । मृतक बिष्टको शव पोस्टमार्टम को लागी स्थानीय अस्पतालमा लगिएको छ।

उता मलेसियाको जोहोरबारुमा पनि हिजो शनिबारको दिननै अर्का एक नेपाली कामदारको मृत्यु भएको अपुष्ट खबर सहितको जानकारी प्राप्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here