Home News १ बर्ष देखि अस्पतालमा श्रीमती अनिताको उपचार गर्दै आएका बिनोदलाई भिख मागेर...

१ बर्ष देखि अस्पतालमा श्रीमती अनिताको उपचार गर्दै आएका बिनोदलाई भिख मागेर उपचार गर्ने भन्ने आ’रोप लागेपछि परिवारमै रुवा’बासी

463
0

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ ।



टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ ।

अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ ।

अस्पतालमै भाइटिका लगाउँदाको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । उनको भिडियो देखेकी नायीका तथा कलाकार एलिजा गौतम पनि अस्पतालमा सहयोग लिएर पुगेकी छन् । भिडियो निकै भाइरल भएपनि उनीहरुलाई सहयोग भने धेरै नआएको अस्पतालमा पुगेपछि थाहा पाएको एलिजाले बताएकी छन् । उनीहरुलाई सानो सहयोग लिएर एलिजा पुग्दा भाउजुको स्याहार गर्न बसेका नन्दहरु पनि निकै रोएका थिए ।

याे समचार पनि पढ्नुहोस्

बलिउड अभिनेता सलमान खानकोे डिसेम्बर २७ मा आफ्नो ं जन्मदिन मनाए । अघिल्ला वर्षहरुमा निकै धुमधामका साथ जन्मदिन मनाउने सलमानले यो पटक भने साधारण तरिकाले मनाएका छन् । कोरोनाको जोखिम कायम रहेका कारण उनले आफ्नो भवन अगाडी नआउन समर्थकलाई सूचना जारी गरेका थिए । उनको जन्मदिनमा फ्यानहरु सलमानको भवन अगाडी जम्मा हुन्थे ।

सलमानको जन्मदिनको असर नेपालमा पनि परेको छ । सलमानको जन्मदिनको अवसर पारेर नेपालका केहि कलाकारहरुले केक काटेर जन्मदिन मनाएका छन् ।

‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसी र अध्यक्ष राजु थापाको आयोजना नेपाली बिङ ह्युम्यान टिमले सलमानको जन्मदीन किङ्स लन्जमा मनाइएको हो ।

बिङ ह्युम्यान सलमानको अफिसियल ब्रान्ड भएका कारण पनि जन्मदिनमा कार्यक्रम गरिएको हो , उक्त ब्रान्डको चेन नेपालमा पनि लामो समय देखी रहदै आएको छ । आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो । सोही प्रोग्राममा नेपालका चर्चित कलाकारहरुको पनि उपस्थिती रहेको थियो ।

अभिनेता भुवन केसी , सुश्मा कार्की ,प्रशान्त ताम्राकार, ऋषि धमला लगायत कलाकारहरुको उपस्थितीमा बिङ ह्युम्यानले केक काटेर जन्मदीन मनाएको हो िसलमानको ठूलो प्रशंसक बताउने अभिनेत्री सुष्मा बर्थ९डे केट काट्ने क्रममा निकै रमाएकी थिइन् । सो अवसरमा उनले सलमानसँग लण्डनमा भेट हुँदाको क्षण पनि स्मरण गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here