Home News बुहारी लिन जान्छु भनेर हिनेको भाई घर नफर्के पछि दिदिको चल्यो रुवा*बासी

बुहारी लिन जान्छु भनेर हिनेको भाई घर नफर्के पछि दिदिको चल्यो रुवा*बासी

285
0

बुहारी लिन जान्छु भनेर हिनेको भाई घर नफर्के पछि दिदिको चल्यो रुवा*बासी ! Baglung News




याे समचार पनि पढ्नुहोस्

अर्थात् ‘१० रूपैयाँमा जम्मा दुई थान च्यासिङ कपडा मिल्छ । तेल, घिउ नभएर प्रजाहरू जोगी जस्तै धुस्रे भएका छन् । मान्छेहरू नुनको तलतल मेट्न इँटामा मुख लगाएर चाटिरहेका छन् । भोटिया बाज आउँदा चराहरू रोइकराइ गरे जस्तो घरघरै रोइकराइ छ ।’

अर्ज्यालका अनुसार २५० वर्षअघि आर्थिक नाकाबन्दी हुँदा काठमाडौं यस्तो थियो !

पुराना जमानाको म्याक्रोइकोनोमिक तथ्याङ्कहरूको अध्ययनमा प्राध्यापक एङ्गस म्याडिसनको निकै योगदान छ । उनका अनुसार संसारको अर्थतन्त्र समग्रमा सन् १००० देखि सन् २००० सम्म ३०० गुणा बढ्यो । मुख्यगरी यो वृद्धि सन् १८२० पछि भएको थियो । औसतमा एक विश्ववासीको कमाइ सन् १००० मा रू. १०० थियो भने सन् १८२० मा जम्मा १५० । हाम्रा पुर्खाहरूको कमाइ यो गतिमा पनि वृद्धि नभएको हुँदो हो । किनकि यो वृद्धि पनि धेरैजसो प्रमुख एसियाली र युरोपेली मुलुकमा भएको थियो । सन् १८२० तिरको अरु कुरा जान्न हाम्रो मुलुकमा अर्थशास्त्रका तथ्याङ्कहरू सङ्कलन गर्ने प्रचलन थिएन । नेपालमा त अझ राजाको सम्पत्ति गन्न हुँदैन भन्ने प्रचलन थियो ।

सन् १८२० सम्म आइपुग्दा युरोपमा प्रिन्टिङ प्रेसको निकै विकास भइसकेको थियो । जर्मनीको मेन्ज सहरमा गुटेन्बर्गले बनाएको प्रिन्टिङ प्रेसको प्रमुख उद्देश्य धार्मिक किताब छाप्ने थियो । अमेरिकी अर्थशास्त्री ब्राड डेलोङका अनुसार जर्मनीमा त्यो बेला एउटा किताबको मूल्य एउटा बिएमडब्लू कारको जस्तो पथ्र्यो (जर्मन श्रमको मूल्यको हिसाब गरेर अहिले हेर्दा) । नयाँ प्रेस सुरूमा भगवान्, त्यसपछि ऐतिहासिक कथाका नायक, त्यसपछि अलौकिक र तिलस्मी चरित्रहरू छाप्नमा केन्द्रित भयो । सामाजिक यथार्थवादी धाराका साहित्यिक पुस्तक पछि आए । डिकेन्सले लन्डनको श्रमबजार र शोषणको यथार्थवादी चित्रणका कथा लेख्नु, जेन अस्टेनले प्राइड एन्ड प्रेजुडिस र एमिली ब्रोन्टीले वुदरिङ हाइट्समार्फत बेलायती गाउँका विषमताका कथा लेख्नुअघि नै रबिन्सन क्रुसो र गुलिभर ट्रावल्सले प्रिन्टिङ प्रेसको उपभोग सुरू गरेका थिए ।

यसका पछाडि जनसाधारणका कथा छापाका अक्षरमा लेखिन योग्य छैनन् वा हुँदैनन् भन्ने विचार हुँदो हो । त्यसबाहेक लेखकहरू प्राय: पुरूष हुने भएकाले महिलाका कुराहरू लेखिएनन् । लेखे पनि महिलाको मनोविश्लेषण त्यसरी नै गरियो, जसरी पुरूषमनले महिलाले सोच्छन् भन्ने सोच्थ्यो । लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् ।

नेपालीमा सुरूमा लेखिएका पुस्तक महाभारत वा रामायण आदि मुलुकमा लोकप्रिय धार्मिक ग्रन्थका नेपाली अनुवाद थिए । मूल महाभारत वा रामायणको कथा लेखन उत्कृष्ट छ । महाभारतमा धेरै उपकथा छन् । शान्तिपर्वमा शासन कसरी गर्ने भन्नेबारे लामो चर्चा छ । धेरैजसो प्रश्न कथाहरूको उदाहरण दिएर अविस्मरणीय बनाई उत्तर दिइएका छन् । र पनि हरेक कथा या त राजाका छन्, या ऋषिका । हरेक कथामा राजा, ऋषि वा अन्य कुनै अलौकिक पात्र हुन्छन् । साधारण मान्छे मात्र भएका कथा छैनन् भन्दा पनि हुन्छ । महाभारत र रामायणको प्रभाव भएको हाम्रो मुलुकमा यही शैलीको प्रभाव लामो समय रहिरह्यो ।

अर्थशास्त्रीहरूका लागि औसत जनताका दु:खकष्टको वर्णन राजामहाराजाको जत्तिकै महत्त्वपूर्ण हो । तर पुरानो साहित्यमा यो सजिलैसँग पाइँदैन । यसको असर गोर्खा राज्य विस्तारकालको मुलुकको जनजीवन बुझ्न सक्ने हाम्रो क्षमतामा परेको छ । हामीलाई थाहा छ, धेरै कारणले लडाइँ सजिलो थिएन । दामोदर पाँडेको पालामा विसं १८५८ मा एक मुरी बिजनको खेतको कर रू. १ थियो भने अङ्ग्रेजसँग युद्ध गर्ने बेला त्यसको १३ वर्षपछि विसं १८७१ मा रू. ५ । लडाइँ बढ्दै जाँदा धेरै नेपालीहरू यस्तै बढ्दो करको मारमा परेका थिए । घरका छोराहरू लडाइँमा घिसारेर लगिए । कैयौं बुहारी सती पठाइए ।

पुराना नेपाली कवि वा लेखकले विसं १८७३ सम्मको राष्ट्र विस्तारका क्रममा बढ्दो पोत तिर्नुपरेका रैकर जग्गामा बसेका रैतीहरू, कुत बढाबढ गरेर जग्गाको उत्पादन बचत खेती गर्नेको हातबाट खेती नगर्नेको हातमा पुर्‍याउँदा दु:खी भएका किसानहरू, झारामा काम गर्नुपरेका व्यक्ति, धोक्रोमा पैसा बोकेर तिर्जा किन्न आउने धोक्रे र तिनीहरूबाट सताइएका किसानको कथा पनि लेखिदिएको भए हामीलाई वसन्तपुर दरबारमा कसले कसलाई काट्यो भन्ने इतिहास भनेर पढाइने कर्कश व्याख्यानबाट केही राहत मिल्थ्यो ।

एकीकरणका बेला र त्यसपछि पनि लड्न घरबाट उठाएर लगिएका जवानहरू, युद्धले उठीबास लगाएका व्यक्तिहरू, रणमा घाइते भएर उपचार नपाई बिस्तारै बितेका योद्धाहरू, धुकचुक भएर छोरा फर्कने दिन कुरेका आमाहरू, उत्ताउलो भएर लड्न आफैं सुरिएर हिँड्ने अल्लारे युवाहरू, वीर सेनापतिहरूले बूढो उमेरमा उठाएर लगेका कलिला महिलाहरू, वीरहरूको मृत्युपछि जबर्जस्ती सती पठाइएका महिलाहरू, युद्ध सकिएपछि पैसाको आशामा लाहोर जाने युवाहरू, पन्जाबको पतनपछि लाहोरको साटो मुग्लानमा गएर ब्रिटिस सेनामा भर्ना हुने नेपाली ठिटाहरूको धेरै कथा हाम्रो साहित्यको त्यसबेलाको अल्पविकासले छुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here